Advertisement

शनिबार तमैल बजारमा अनुगमन, ७ हजार ५ सय रुपैयाँ बराबरका म्याद नाघेका सामान नष्ट

Advertisement

बझाङ । घरेलु तथा साना उद्योग कार्यालय बझाङले शनिबार जयपृथ्वी नगरपालिका अन्तर्गतको तमैल बजारमा बजार अनुगमन गरेको छ । कार्यालय प्रमुख मान बहादुर धामीको नेतृत्वमा सम्पन्न अनुगमनका क्रममा बजार क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न पसल तथा व्यवसायहरूको अवस्था निरीक्षण गरिएको हो ।
अनुगमनका क्रममा पेय पदार्थ, भुजाका प्याकेट, मसला, नमकिन, टाउकोमा लगाउने तेल, पाउडर लगायतका सामग्रीहरू म्याद नाघेको अवस्थामा फेला परेको कार्यालयले जनाएको छ । म्याद नाघेका ती सामग्रीहरूको बजार मूल्य करिब ७ हजार ५ सय रुपैयाँ बराबर रहेको र अनुगमन टोली घरेलु कार्यालयका कर्मचारी, जिल्ला प्रशासनका प्रतिनिधि, सुरक्षाकर्मी र पत्रकारको रोहबरमा ती सबै सामग्री जलाई नष्ट गरिएको छ ।
यसका साथै व्यवसाय दर्ता, नवीकरण, मूल्यसूची राखिएको अवस्था तथा उपभोक्ता हितसँग सम्बन्धित कानुनी मापदण्डको पालना भए–नभएको विषयमा पनि जाँच गरिएको थियो । केही व्यवसायीहरूलाई आवश्यक कागजात अद्यावधिक गर्न तथा नियमअनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख मान बहादुर धामीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले म्याद नाघेका खाद्य तथा उपभोग्य सामग्री बिक्री नगर्न व्यवसायीहरूलाई कडा चेतावनी दिँदै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज