Advertisement

समाचार

स्वर्गिय मञ्जु रावलका बालबालिकालाई उच्च शिक्षा अध्ययनको लागी लम्किचुहाले गर्यो आर्थिक सहयोग

स्वर्गिय मञ्जु रावलका बालबालिकालाई उच्च शिक्षा अध्ययनको लागी लम्किचुहाले गर्यो आर्थिक सहयोग

कैलाली, मुख्य समाचार, समाचार
सम्पत्तिका लागि विभत्स हत्या गरिएकी लम्कीचुहा नगरपालिका वडा नम्बर ०४ कि स्वर्गीय मन्जु रावलका बालबालिकालाई उच्च शिक्षा अध्ययन लागि लम्कीचुहा नगरपालिका की नगर प्रमुख सुशिला शाहीले आज १ लाख ५० हजारको चेक हस्तान्तरण गर्नु भएको हो। साथै उहाँले यो आर्थिक सहयाेगले बालबालिकाको शिक्षामा राहत पुर्याउने बताउनु भयो।...

कञ्चनपुरमा एक फरार प्रतिवादी पक्राउ 

समाचार
धनगढी - कञ्चनपुरमा एक फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-९ का धनबहादुर सुनारलाई शुक्रबार पक्राउ गरी कारागार चलान गरिएको हो । सुनारलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले बताए । सुनारलाई जिल्ला अदालत कञ्चनपुरले २०५० फागुन १५ गते कुटपिट मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो ।...

बैतडीमा खसी चोर्दै गर्दा युवक पक्राउ

समाचार
धनगढी - बैतडीमा खसी चोर्दै गर्दा एक युवक पक्राउ परेका छन्। डिलाशैनी गाउँपालिका वडा नम्बर ५ बिनाबस्तीका देवसिंह साउँदको गोठबाट खसी चोर्दै गर्दा सोही वडाको लेट्ठेकोठका २२ वर्षीय गोपाल नाथ पक्राउ परेका हुन्। बिहिवार राति ९ बजेतिर साउँदको गोठबाट खसी चोर्न लागेका नाथलाई स्थानीयहरूको सहयोगमा साउँदले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका नाथलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान थालिएको छ।...

रुपालको प्रसिद्ध ‘महादेव जाँत’ सम्पन्न [फोटोफिचर]

समाचार
डडेल्धुरा – रुपालको प्रसिद्ध 'महादेव जाँत' सम्पन्न भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका-१, रुपाल, बलकाँडेमा रहेको महादेव मन्दिरमा प्रत्येक वर्ष मनाइने महादेव जाँत हिजो(बिहीबार) सम्पन्न भएको हो । उक्त जाँतमा विशेषगरी भागेश्वर गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न स्थानबाट भक्तजनको उपस्थिति रहेको थियोे ।...
महिला तथा लैंगिक हिंसा बालविवाह छाउपडीप्रथा र जातिय छुवाछूत सम्वन्धि धार्मिक प्रवचन सम्पन्न

महिला तथा लैंगिक हिंसा बालविवाह छाउपडीप्रथा र जातिय छुवाछूत सम्वन्धि धार्मिक प्रवचन सम्पन्न

बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ जिल्लामा महिला तथा लैङ्गकि हिँसा बालविवाह छाउपडीप्रथा र जातिय छुवाछूत सम्वन्धि धार्मिक प्रवचन सम्पन्न भएको छ । जिल्लामा रहेको बुङगल नगरपालिकामा विभिन्न कार्यक्रम सहित धार्मिक प्रवचन कार्यक्रम गरिएको हाे । जिल्लामा रहेकाे दलित सहयाेग समिति बझाङकाे आयाेजनामा समान व्यावहार (EVE) परियोले महिला तथा लैङ्गकि हिँसा बालविवाह छाउपडीप्रथा र जातिय छुवाछूत सम्वन्धि धार्मिक प्रवचन कार्यक्रम यहीँ कार्तिक २५ गते बुङगल नगरपालिकाकाे वडा नम्बर ११ मा र २६ गते बुङगलकाे वडा नम्बर ९/१० काे नाै कार्यालयमा गरिएको थियाे । जनचेतनामूलक र समाजमा देखापरेको विभिन्न विकृति हटाउन दलित सहयाेग नामक सस्था बिगत देखि नै समाज रुपान्तरणमा देखिन्छ । वडा नम्बर ११ काे कार्यालयमा सञ्चालन गरिएको धार्मिक प्रवचन कार्यक्रममा गुरु भिमकान्त भगवतले भने,हामी सबै नेपाली हाै । हामी भाइ भाइ हाै । तर समाजको रुणिवादीलाई हम...
एमाले दुर्गाथलि गाँउकमिटि को अगुवाईमा पहिरो ले अबरुद्द बाटो बनाईयो! !

एमाले दुर्गाथलि गाँउकमिटि को अगुवाईमा पहिरो ले अबरुद्द बाटो बनाईयो! !

समाचार
बझाँङ , पहिरोले अबरुद्ध रहेको दुर्गाथली गाउपालिका ३ र ४ को बिचमा पर्ने डाडा हुदै मटेला सम्मको २ सय मिटर गोरेटो बाटो निर्माण गरीएको छ । आज नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य दल बहादुर धामीे ,दुर्गाथली गाउपालिका वडा नमबर ३ का वडा अध्यक्ष रमेश बहादुर बोहरा,नेकपा एमाले जिलला कमिटी सदस्य महेश प्रशाद जोशी, दुर्गाथली गाउपालिका वडा नमबर ४ का वडा अध्यक्ष शिबराज जोशी, नेकपा एमाले दुर्गाथली गाउकमिटी उपाध्यक्ष बिष्णु भक्त जोशी, बझाङदिप क्याम्पसका स्वबियु सदस्य हेमराज रोकाया नेतृत्वमा गोरेटोबाटो निर्माण गरीएको हो । उक्त निर्माण कार्यमा स्थानीयहरुसहित ४० जनाको सहभागीता रहेको थियो ।यहि साउन २२ गते आएको अबिरल बर्षाले दुर्गाथली गाउँ पालिका वडा नम्बर ४ र ३ को बिचमा पर्ने डाडा हुदै मटेला सम्मको गोरेटो बाटो अबरुद्ध भएको थियो । बाटो अबरुद्ध हुदा स्थानीयहरुलाइ सो ठाउमा बाटो अबरुद्ध हुदा स्थाीय...
काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएनन बझाङ जिल्ला नि.अस्पताल प्रमुख जोशी

काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएनन बझाङ जिल्ला नि.अस्पताल प्रमुख जोशी

अन्तर्राष्ट्रिय, बझाङ, मुख्य समाचार, समाचार, स्वास्थ्य
जिल्ला अस्पताल बझाङका नि. कार्यालय प्रमुख तथा डाक्टर नवराज जाेशी काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएका छैनन । विगत १५ महिना देखि जिल्ला अस्पताल बझाङकाे नि. कार्यालय प्रमुख रहेका मे.सु नवराज जाेशीकाे नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज फिर्ता गरेकाे एक महिना बढी भएको छ । तर उनी भने जिल्लामै बसिरहेका छन । डा.नवराजलाई काज फिर्तामा लेखिएको छ । डाक्टर नवराज जाेशीकाे सङकेत नम्बर २१८५४७ मन्त्रालयले खुलाउदै उहाँको पद मेडिकल अधिकृत आठौं तह रहेको प्रष्ट पारेको देखिन्छ । मन्त्रालयले डक्टर जोशिको काज फिर्ता गरेको एक महिना बितेको आधिकारिक पत्र काज फिर्तामा लेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौ हाल कामकाज मुख्य मन्त्री तथा मन्त्री परिषदकाे कार्यालय सुदुरपश्चिम प्रदेश वा अन्तर्गत काज फिर्तामा लेखिएको छ । यस मन्त्रालयले सचिव स्तरीय काे मिति २०८०/६ म...

हङकङसँग नेपाल ९ विकेटले पराजित

समाचार
कैलाली – चार देशीय महिला टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएकाे छ ।  याे हारसँगै नेपाल शृङ्खलाकाे फाइनलमा पुग्न असफल भएको छ । हङकङ र तान्जानिया लगातार २ जितसहित फाइनलमा पुगेका छन् ।  आज बिहीवार भएकाे खेलमा नेपाल घरेलु टाेली हङकङसँग ९ विकेटले पराजित भयाे । नेपालले दिएकाे ५७ रनकाे सामान्य लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाएर भेटायाे ।  हङकङका लागि नताशा मिल्सले ३० र शनजीन शाहजदले २० रन बनाइन् ।  यसअघि टस जितेर ब्याटिङ गरेकाे नेपाल १८ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो । नेपालकी रुबिना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ हङकङकी इकार सहारले ३ र रुचिथा वेङ्कटेशले २ विकेट लिइन् । हिजो बुधवार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि शनिवार जापानसँग खेल्ने छ । हङकङमा भैरहेको प्रतियोग...

भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

समाचार
कैलाली - झापामा भैँसीसित मोटरसाइकल ठोक्किंदा एक जनाको युवको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैंसीसँग ठोक्किएको हो ।  उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका-४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतीका कारण मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।...

बर्दियामा एक युवकको हत्या प्रकरणमा ८ जना पक्राउ

समाचार
कैलाली - बर्दियामा एक युवकको हत्या भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका-६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरिएको बर्दियाका एसपी सुधिरराज शाहीले जानकारी दिए। घटनामा संलग्न ३ जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए। प्रहरीले पक्राउ पर्नेको नाम भने गोप्य राखिएको छ।...

आजबाट छठ पर्व सुरु

समाचार
कैलाली - आजबाट छठ पर्वको रौनक सुरु भएको छ । विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिईन्छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् । छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले तराई–मधेशका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भिडभाड छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पान...

अछाममा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

समाचार
कैलाली – अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान प्रकाउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिका–३ लाछिमानाकी ४० वर्षिया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेरबहादुर भण्डारी प्रकाउ परेका हुन् । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा कुटपिट भएको, टाउको र शरीरमा चोट लागेको छ। घटनाबारे प्रहरीलाई बुधवार बिहान साढे १० बजे मात्रै खबर भएको थियो। मृतकका श्रीमान शेरबहादुर भण्डारीले मदिरा सेवन गरी हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज