
धनगढी – बैतडीमा खसी चोर्दै गर्दा एक युवक पक्राउ परेका छन्।
डिलाशैनी गाउँपालिका वडा नम्बर ५ बिनाबस्तीका देवसिंह साउँदको गोठबाट खसी चोर्दै गर्दा सोही वडाको लेट्ठेकोठका २२ वर्षीय गोपाल नाथ पक्राउ परेका हुन्।
बिहिवार राति ९ बजेतिर साउँदको गोठबाट खसी चोर्न लागेका नाथलाई स्थानीयहरूको सहयोगमा साउँदले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नाथलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान थालिएको छ।