
बझाङ जिल्लामा महिला तथा लैङ्गकि हिँसा बालविवाह छाउपडीप्रथा र जातिय छुवाछूत सम्वन्धि धार्मिक प्रवचन सम्पन्न भएको छ ।


जिल्लामा रहेको बुङगल नगरपालिकामा विभिन्न कार्यक्रम सहित धार्मिक प्रवचन कार्यक्रम गरिएको हाे । जिल्लामा रहेकाे दलित सहयाेग समिति बझाङकाे आयाेजनामा समान व्यावहार (EVE) परियोले महिला तथा लैङ्गकि हिँसा बालविवाह छाउपडीप्रथा र जातिय छुवाछूत सम्वन्धि धार्मिक प्रवचन कार्यक्रम यहीँ कार्तिक २५ गते बुङगल नगरपालिकाकाे वडा नम्बर ११ मा र २६ गते बुङगलकाे वडा नम्बर ९/१० काे नाै कार्यालयमा गरिएको थियाे ।

जनचेतनामूलक र समाजमा देखापरेको विभिन्न विकृति हटाउन दलित सहयाेग नामक सस्था बिगत देखि नै समाज रुपान्तरणमा देखिन्छ । वडा नम्बर ११ काे कार्यालयमा सञ्चालन गरिएको धार्मिक प्रवचन कार्यक्रममा गुरु भिमकान्त भगवतले भने,हामी सबै नेपाली हाै । हामी भाइ भाइ हाै । तर समाजको रुणिवादीलाई हमालले हटाउनु पर्छ । म गरु भएता पनि मैले दलितको हातबाट टीका लगाउनु पर्छ दलित पनि मेराे भाइ नै हाे । समाजमा बसेका दलित जातिको दाजुभाइ दिदीबहिनी काटेपनि राताे रगत आउन्छ मलाई काटेपनि राताे रगत आउन्छ । त्यसैले जाति विभेद अनत्य गर्नु पर्छ । उनले भने, मन्दिरमा दलित जानू हाेस, छाउपडी भएको समयमा सरसफाइ गरेर ४ दिनमा भित्र जानुपर्छ र राम्रो ठाउँमा सुरक्षित ठाउँमा बस्नु पर्छ । पर सरेको महिलाले दूध दहि महि र घिउ दिनु पर्छ । नत्र महिला कम्जोर हुन्छन भनेका थिए ।


सुदुरपश्चिम प्रदेशमा विभिन्न जातियताकाे नाममा भेदभाव हुने गरेकाे र यसलाई जरै बाट उखेल्नु पर्ने भन्दै दमाई कामी नेपाली भुल दलित जातिलाई मन्दिरमा जान धार्मिक प्रवचनमा भनेका थिए । गुरु भिमाकान्त भगवतले भने, तपाईं मन्दिरमा जानू केही पाप लागे म जिम्मेवार हुने छु । दमाईले सिलाएकाे लुगा लगाउन हुने बजाएकाे बाजामा धामी काम्न हुने, दलितले बनाएकाे घण्टी मन्दिरमा चढ्ने तर दलितले मन्दिर छुन नहुने कुनै पुराणमा लेखेको छैन भन्दै धर्मगुरुले मन्दिर गएर पुजा गर्न सबैलाई आग्रह गर्नु भएको हाे ।

बुङगल नगरपालिकामा सञ्चालन भएको कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष हरिश सिह ठकुरीकाे अध्यतामा बुङगल नगरपालिका प्रमुख मेयर जय बहादुर धामी प्रमुख अतिथि रहनु भएको थियाे भने बिशिस्ट अतिथिमा बुङगल नगरपालिका पुर्व मेयर धन बहादुर बिष्ट विशिष्ट अतिथिमा सस्थाका अध्यक्ष माेहनलाल विक दलित सहयाेग समाजका कार्यकारी सुनिल नेपाली सहित विभिन्न समुदायका मान्छेकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।


