
कैलाली – अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान प्रकाउ परेका छन् ।
जिल्लाको मंगलसेन नगरपालिका–३ लाछिमानाकी ४० वर्षिया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेरबहादुर भण्डारी प्रकाउ परेका हुन् ।
प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा कुटपिट भएको, टाउको र शरीरमा चोट लागेको छ। घटनाबारे प्रहरीलाई बुधवार बिहान साढे १० बजे मात्रै खबर भएको थियो।
मृतकका श्रीमान शेरबहादुर भण्डारीले मदिरा सेवन गरी हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।