कैलाली – चार देशीय महिला टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएकाे छ ।
याे हारसँगै नेपाल शृङ्खलाकाे फाइनलमा पुग्न असफल भएको छ । हङकङ र तान्जानिया लगातार २ जितसहित फाइनलमा पुगेका छन् ।
आज बिहीवार भएकाे खेलमा नेपाल घरेलु टाेली हङकङसँग ९ विकेटले पराजित भयाे । नेपालले दिएकाे ५७ रनकाे सामान्य लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाएर भेटायाे ।
हङकङका लागि नताशा मिल्सले ३० र शनजीन शाहजदले २० रन बनाइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे नेपाल १८ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो । नेपालकी रुबिना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ हङकङकी इकार सहारले ३ र रुचिथा वेङ्कटेशले २ विकेट लिइन् ।
हिजो बुधवार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि शनिवार जापानसँग खेल्ने छ ।
हङकङमा भैरहेको प्रतियोगितामा आयोजक टोलीसँगै नेपाल, तान्जानिया र जापान छन् । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३