Advertisement

समाचार

कारागारमा रहेका एक थुनुवाको मृत्यु

समाचार
कैलाली - सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको प्रहरीले बताएको हो । बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको बताइएको छ । बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै रिखएको छ । पोष्टमार्टमपछि थप अनुसन्धान हुने जनाइएको छ । मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।...

भारतको जम्मु-कश्मिरमा बस दुर्घटना : ३९ जनाको मृत्यु

समाचार
कैलाली - भारतको जम्मु-कश्मिरको डोडा भन्ने स्थानमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् । बस दुर्घटनाको अनुसन्धान जारी छ।...

अछाममा अटोरिक्सा दुर्घटना हुँदा २ जनाको मृत्युु

समाचार
धनगढी - अछाममा अटोरिक्सा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५५४५ नम्बरको अटोरिक्सा गएराति करिब १२ बजे मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अटोरिक्सा चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । त्यस्तै दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरुको कमलबजार स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।...

कैलालीमा एक युवती बलात्कृत, एक जना पक्राउ

समाचार
धनगढी - कैलालीमा एक युवतीको करणी भएको छ। लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारकी मानसिक सन्तुलन ठिक नभएकी ३० वर्षीया एक युवतीको करणी भएको हो। करणी गरेको आरोपमा स्थानीय ४५ वर्षीय प्रकाश जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मानसिक सन्तुलन ठिक नभएकी ती युवतीलाई घरमा कोही नभएको मौका छोपी बुधवार साँझ करीव ६ बजे जैसीले करणी गरेको प्रहरीले जनाएको छ। घट्नाको जानकारी पाएपछि प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा खटिएको टोलीले जैसलाई पक्राउ गरेको छ।...

पाकिस्तान क्रिकेट टिमको कप्तानबाट बाबरले दिए राजीनामा

समाचार
कैलाली - पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले तीनवटै क्रिकेटको संरचनाको कप्तान पदबाट राजीनामा दिएका छन् । बाबरले बुधबार राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन् । "आज, म सबै ढाँचामा पाकिस्तानको कप्तानबाट राजीनामा गर्दै छु। यो कठिन निर्णय हो । तर मलाई लाग्छ कि यो निर्णयको लागि सही समय हो । म तीनवटै ढाँचामा खेलाडीको रूपमा पाकिस्तानको प्रतिनिधित्व गरिरहने छु," बाबरले भने, "म आफ्नो अनुभव र समर्पणका साथ नयाँ कप्तान र टोलीलाई समर्थन गर्न यहाँ आएको छु। मलाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिनुभएकोमा म पाकिस्तान क्रिकेट बोर्डलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।" भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले खराब प्रदर्शन गरेपछि कप्तान बाबरको चर्को आलोचना भएको थियो ।...

जिम्बावेमा बस र ट्रक ठोकिँदा २२ जनाको मृत्यु

समाचार
कैलाली - जिम्बावेकाे दोस्रो ठूलो सहर बुलावायो नजिकै मङ्गलवार राति एउटा मिनीबस ट्रकसँग ठोकिँदा २२ जनाको ज्यान गएकाे छ । बुलावायो–बिटब्रिज रोडमा २१ जना यात्रु बाेकेकाे मिनीबस र यात्रुसहितकाे ट्रक ठाेकिँदा अन्य दुई जना घाइते भएका छन् । मिनिबसका चालकसहित २२ जनाको घटनास्थलमै ज्यान गएकाे र ट्रकमा सवार दुई जना घाइते भएका जिम्बावेकाे सबैभन्दा ठूलो दैनिक पत्रिका द हेराल्डले रिपोर्ट गरेको छ । घाइते दुई जनाकाे दक्षिण–पश्चिमी सहर बुलावायाेमा उपचार भइरहेकाे खबरमा उल्लेख छ । जिम्बावे सडक दुर्घटना बारम्बार भइरहन्छ, जहाँ कच्ची सडकमा गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने गरेकाे आराेप चालकहरूलाई लाग्ने गरेकाे छ ।...

गाजाको अल सिफा अस्पतालमा प्रवेश गर्‍यो इजरायली सेना

समाचार
काठमाडौं - इजरायली सेनाले गाजाको ठूलोमध्येको एक अल सिफा अस्पतालमा प्रवेश गरेको छ । इजरायली सेनाले अस्पताल प्रवेश गरेर त्यहाँको सबै तला र कोठाहरुमा सर्च गरेको छ । इजरायली सेनाले यो अस्पतालमा हमासले आफ्नो हतियारहरु लुकाएको जिकिर गरेको छ । अस्पतालमुनिको सुरुङबाट हमासले आफ्नो कमाण्ड सञ्चालन गरेको पनि इजरायली सेनाको दाबी छ । हमासले भने यो दाबी अस्वीकार गर्दै अस्पताल कब्जामा लिनु युद्ध अपराध भएको बताएको छ । उक्त अस्पतालमा सयौं सर्वसाधारण, बिरामी र स्वास्थ्यकर्मी रहेका छन् । बीबीसीका अनुसार इजरायली सेनाले अस्पतालको प्रत्येक कोठामा छापा मारेको छ । तर त्यहाँ गोली चलाएको छैन । अल सिफा अस्पतालका एक चिकित्सकका अनुसार अस्पतालमा विजुली, पानी र अक्सिजन छैन । यही कारण ६ जना नवजात शिशुको मृत्यु भएको अस्पतालका चिकित्सक डा. अहमद मोखाल्लालत्तीले बीबीसीसँग बताएका छन् ।...

ओडीआईमा कोहलीले बनाए ५० शतकको कीर्तिमान

समाचार
धनगढी - भारतीय ब्याटर विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका छन् । विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले बुधबार शतक पूरा गर्दै यसअघि सचिन तेन्दुलकरले बनाएको ४९ शतकको कीर्तिमान भंग गरेका हुन् । तेन्दुलकरले ४५१ औं एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ शतक बनाएका थिए भने कोहलीले २७७ औं खेलमा दक्षिण अफ्रिकाविरुद्ध यही विश्वकपमा शतक हान्दै ४९ शतकको कीर्तिमान बराबरी गरेका थिए । न्युजिल्याण्डविरुद्धको खेलमा उनले ११३ बलमा ९ चौका र २ छक्काको मद्दतमा ११७ रन बनाएर आउट भए । कोहलीले बुधबारको शतकसँगै विश्वकप क्रिकेटमा ७०० रन पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् ।...

विश्वकप क्रिकेट सेमिफाइनल : भारतले टस जितेर ब्याटिङ राेज्याे

समाचार
कैलाली – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलमा न्युजिल्यान्डसँगकाे खेलमा भारतले टस जितेकाे छ । मुम्बईकाे वानखेडे स्टेडियममा भारतका कप्तान राेहित शर्माले टस जितेर ब्याटिङ राेजेका छन् । रातकाे समयमा मैदानमा शीत पर्ने सम्भावनाका कारण याे खेलमा टसकाे भूमिकालाई महत्त्वपूर्ण मानिएकाे थियाे । याे विश्वकपमा मुम्बईमा भएकाे चार खेलमा पहिले ब्याटिङ गर्ने टिमले ३ पटक र पहिले बलिङ गर्ने टिमले १ पटक जितेका छन् । भारत याे विश्वकपमा सबै खेल जित्दै सेमिफाइनलमा पुगेकाे हाे भने न्युजिल्यान्ड ९ मध्ये ५ खेल जितेर चाैथाे स्थानमा रहँदै अन्तिम ४ मा पुगेकाे हाे । समूह चरणकाे खेलमा धर्मशालामा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हराएकाे थियाे ।...

प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते

समाचार
कैलाली – महोत्तरीमा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । गएराति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो । तर प्रहरीको गाडीबाट भागेपछि चलाएको गोली लागेर सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । पक्राउ परेका दुवै जना महोत्तरी ल्याउँदै गर्दा राति सर्लाहीको सङ्ग्रामपुरबाट भाग्न खोजेपछि प्रहरीले चलाएको गोलीबाट घाइते भएका उनले बताए । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । गएको कात्तिक २० गते जलेश्वर नगरपालिका–८ का जयकिशोर चौधरीको घरबाट एक लाख नगद, सुनका गहना, चाँदी तथा एक थान मोबाइल लुटेको आरोपमा शक्तिकपुर र अजयलाई प्रहरीले खोजी गरिरहेको थियो। उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, गोली चार राउन्ड, मोब...

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही हुने

समाचार
धनगढी – नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले हिजो एक विज्ञप्ति निकालेर निर्देशनको पालना नगरे कारबाही हुने चेतावनी दिएको हो । प्राधिकरणले निर्देशनको पालना नगरे दूरसञ्चार ऐन, २०५३ अनुसार कारबाही हुने उल्लेख गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।...

धनगढी–२ का वडा अध्यक्षको घरमा चोरी

समाचार
धनगढी - कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाको घरमा चोरी भएको छ। गए राति उनको घरमा जडान गरिएका दुईवटा पानी तान्ने मोटर चोरी भएको हो। वडा नम्बर २ भारतसँग जोडिएको क्षेत्र हो। खुला सिमानाका कारण चोरी हुने गरेको अध्यक्ष ओझा बताउँछन्। बिहानसम्म प्रहरी टोलीले कुनै चासो नदिएको वडाअध्यक्ष ओझाले बताए। उनले भने, ‘भतिजाले चोरी भएको प्रहरीलाई जानकारी दिँदासमेत कुनै टोली आएन। अहिले प्रहरी आएको छ। मुचुल्का तयार गरेको छ।’...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज