
धनगढी – कञ्चनपुरमा एक फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-९ का धनबहादुर सुनारलाई शुक्रबार पक्राउ गरी कारागार चलान गरिएको हो ।
सुनारलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले बताए ।
सुनारलाई जिल्ला अदालत कञ्चनपुरले २०५० फागुन १५ गते कुटपिट मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो ।

