Advertisement

काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएनन बझाङ जिल्ला नि.अस्पताल प्रमुख जोशी

Advertisement

जिल्ला अस्पताल बझाङका नि. कार्यालय प्रमुख तथा डाक्टर नवराज जाेशी काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएका छैनन ।

विगत १५ महिना देखि जिल्ला अस्पताल बझाङकाे नि. कार्यालय प्रमुख रहेका मे.सु नवराज जाेशीकाे नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज फिर्ता गरेकाे एक महिना बढी भएको छ । तर उनी भने जिल्लामै बसिरहेका छन ।

डा.नवराजलाई काज फिर्तामा लेखिएको छ । डाक्टर नवराज जाेशीकाे सङकेत नम्बर २१८५४७ मन्त्रालयले खुलाउदै उहाँको पद मेडिकल अधिकृत आठौं तह रहेको प्रष्ट पारेको देखिन्छ ।

मन्त्रालयले डक्टर जोशिको काज फिर्ता गरेको एक महिना बितेको आधिकारिक पत्र

काज फिर्तामा लेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौ हाल कामकाज मुख्य मन्त्री तथा मन्त्री परिषदकाे कार्यालय सुदुरपश्चिम प्रदेश वा अन्तर्गत काज फिर्तामा लेखिएको छ । यस मन्त्रालयले सचिव स्तरीय काे मिति २०८०/६ महिना २४ गतेको निर्णय अनुसार तपाईं लाई पदाधिकार रहेको कार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौंमा काज फिर्ता गरिएको व्यहाेरा अनुराेध छ भनेर पत्र पठाएको प्रष्ट देखिन्छ ।

मन्त्रालयले काज फिर्ता गरेको मिति २०८०/६ महिना २४ गते नै हाे । तर काज फिर्ता भएको १ महिना वितिसक्दा पनि डाक्टर नवराज जाेशीले बझाङ जिल्ला अस्पताल छाेड्न मानेका छैनन । उनी जिल्ला अस्पतालमा आएकाे करिव १५ महिना पुगिसकेको छ । उनको काज फिर्ता धेरै पहिले भईसक्नु पर्ने भएता पनि पुर्व वन तथा भु संरक्षण मन्त्री भानुभक्त जाेशीका ज्वाइँ भएको कारण पावर र पहुँचकाे भरमा बझाङमा अड्डा जमाउदै बसेका थिए ।

सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेशका माननीय मन्त्री झपट साउँदले अस्पतालकाे मुहार फेर्ने भन्दै तराईमा सेती प्रादेशिक अस्पताल बाट र पहाडमा बझाङबाट सुधार गर्ने बझाङ जिल्ला अस्पताल पुगेरै निर्देशन दिनु भएको थियाे । जिल्ला आएका धेरै कार्यालय प्रमुखहरु सरुवा भएको अथवा काज फिर्ता भएको बढीमा १ हप्तामा जाने गरेका थिए । अन्यको तुलनामा उनी एक महिना पुगि सक्दा पनि नगएको भन्दै जिल्लामा आलोचना हुन थालेको छ । यता डाक्टर जाेशीलाई विभिन्न आराेप लाग्न थालेका छन । डाक्टर जोशिलाई आरोप लागेपछि मन्त्रालयले काज फिर्ता गर्दा डक्टर जोशिले आफू राम्रो भएको र उल्टै मन्त्रालयले काम गर्न नदिई पावरको आधारमा फिर्ता ल्याएको भन्ने अभिव्यक्ति समेत सामाजिक सञ्जाल मार्फत दिएका थिए ।डाक्टर नवराज जाेशीले मन्त्रालयलाई व्यंग्य हान्दै सामाजिक सञ्जालमा लेखेका छन । मैले राम्रो गरेको कारण मन्त्रालयले मलाई कार्वाही गरेकाे छ ।

काज फिर्तापछी डक्टर जोशिले सामाजिक सञ्जाल मार्फत दिइएको अभिव्यक्ति !


तर यता नवराज जाेशी भने,काज फिर्ता भएको एक महिना बित्दा पनि जिल्ला अस्पतालमै बसिरहेका देखिन्छन । उनलेे हाम्रो अनलाइन प्रमुख तथा कामना अनलाइन टेलिभिजन प्रमुख बचनराज जाेशी सँग कुराकानीमा भने, मन्त्रालयले पत्र संगै आफूभन्दा अब्बल डक्टर पठाए आफू १ सेकेन्ड पनि जिल्ला अस्पतालमा नबस्ने डाक्टर जाेशीकाे भनाइ छ । अहिले डाक्टर जाेशी मन्त्रालयले काज फिर्ता गरेको पत्र जिल्ला अस्पताललाई पठाएकाे एक महिना बित्दा पनि मन्त्रालयलाई अटेर गरेर बसिरहेका छन । तर उनी आएपछि तुलनात्मक रुपमा यसअघि २ नम्बरमा भएपनि २ नम्बर बाट तल झरेर तेस्रो नम्बरमा जिल्ला अस्पताल बझाङ पुगेको छ । निजामती ऐन अनुसार एक स्थान बाट अर्को स्थानमा जानुपर्ने भई कुनै निजामती कर्मचारीकाे सरुवा भएमा त्यस्तो कर्मचारीले बरबुझारथकाे निमित्त एक्काईस दिनमा नबढाई तथा तयारीकाे निमित बाटाेकाे म्याद बाहेक सात दिनको म्याद पाउने छ ।

उत्तम कुमार थापा

उत्तम कुमार थापा यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको बझाङ प्रमुख हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

बझाङ- बझाङको थलारा गाउँपालिकामा खोज तथा उद्वार सामाग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा तय...
रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरम (तमिलनाडु)। दक्षिण भारतको प्रसिद्ध धार्मिक स्थल रामेश्वरम मन्दिर नजिकै रहेको ‘श्री जगदम्बा नेपाली धर्मशाला’ अहिले जीर्...
केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गा...
कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ...
कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाण्डौ– कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आज एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वा...
बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सा...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज