Advertisement

काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएनन बझाङ जिल्ला नि.अस्पताल प्रमुख जोशी

Advertisement

जिल्ला अस्पताल बझाङका नि. कार्यालय प्रमुख तथा डाक्टर नवराज जाेशी काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएका छैनन ।

विगत १५ महिना देखि जिल्ला अस्पताल बझाङकाे नि. कार्यालय प्रमुख रहेका मे.सु नवराज जाेशीकाे नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज फिर्ता गरेकाे एक महिना बढी भएको छ । तर उनी भने जिल्लामै बसिरहेका छन ।

डा.नवराजलाई काज फिर्तामा लेखिएको छ । डाक्टर नवराज जाेशीकाे सङकेत नम्बर २१८५४७ मन्त्रालयले खुलाउदै उहाँको पद मेडिकल अधिकृत आठौं तह रहेको प्रष्ट पारेको देखिन्छ ।

मन्त्रालयले डक्टर जोशिको काज फिर्ता गरेको एक महिना बितेको आधिकारिक पत्र

काज फिर्तामा लेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौ हाल कामकाज मुख्य मन्त्री तथा मन्त्री परिषदकाे कार्यालय सुदुरपश्चिम प्रदेश वा अन्तर्गत काज फिर्तामा लेखिएको छ । यस मन्त्रालयले सचिव स्तरीय काे मिति २०८०/६ महिना २४ गतेको निर्णय अनुसार तपाईं लाई पदाधिकार रहेको कार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौंमा काज फिर्ता गरिएको व्यहाेरा अनुराेध छ भनेर पत्र पठाएको प्रष्ट देखिन्छ ।

मन्त्रालयले काज फिर्ता गरेको मिति २०८०/६ महिना २४ गते नै हाे । तर काज फिर्ता भएको १ महिना वितिसक्दा पनि डाक्टर नवराज जाेशीले बझाङ जिल्ला अस्पताल छाेड्न मानेका छैनन । उनी जिल्ला अस्पतालमा आएकाे करिव १५ महिना पुगिसकेको छ । उनको काज फिर्ता धेरै पहिले भईसक्नु पर्ने भएता पनि पुर्व वन तथा भु संरक्षण मन्त्री भानुभक्त जाेशीका ज्वाइँ भएको कारण पावर र पहुँचकाे भरमा बझाङमा अड्डा जमाउदै बसेका थिए ।

सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेशका माननीय मन्त्री झपट साउँदले अस्पतालकाे मुहार फेर्ने भन्दै तराईमा सेती प्रादेशिक अस्पताल बाट र पहाडमा बझाङबाट सुधार गर्ने बझाङ जिल्ला अस्पताल पुगेरै निर्देशन दिनु भएको थियाे । जिल्ला आएका धेरै कार्यालय प्रमुखहरु सरुवा भएको अथवा काज फिर्ता भएको बढीमा १ हप्तामा जाने गरेका थिए । अन्यको तुलनामा उनी एक महिना पुगि सक्दा पनि नगएको भन्दै जिल्लामा आलोचना हुन थालेको छ । यता डाक्टर जाेशीलाई विभिन्न आराेप लाग्न थालेका छन । डाक्टर जोशिलाई आरोप लागेपछि मन्त्रालयले काज फिर्ता गर्दा डक्टर जोशिले आफू राम्रो भएको र उल्टै मन्त्रालयले काम गर्न नदिई पावरको आधारमा फिर्ता ल्याएको भन्ने अभिव्यक्ति समेत सामाजिक सञ्जाल मार्फत दिएका थिए ।डाक्टर नवराज जाेशीले मन्त्रालयलाई व्यंग्य हान्दै सामाजिक सञ्जालमा लेखेका छन । मैले राम्रो गरेको कारण मन्त्रालयले मलाई कार्वाही गरेकाे छ ।

काज फिर्तापछी डक्टर जोशिले सामाजिक सञ्जाल मार्फत दिइएको अभिव्यक्ति !


तर यता नवराज जाेशी भने,काज फिर्ता भएको एक महिना बित्दा पनि जिल्ला अस्पतालमै बसिरहेका देखिन्छन । उनलेे हाम्रो अनलाइन प्रमुख तथा कामना अनलाइन टेलिभिजन प्रमुख बचनराज जाेशी सँग कुराकानीमा भने, मन्त्रालयले पत्र संगै आफूभन्दा अब्बल डक्टर पठाए आफू १ सेकेन्ड पनि जिल्ला अस्पतालमा नबस्ने डाक्टर जाेशीकाे भनाइ छ । अहिले डाक्टर जाेशी मन्त्रालयले काज फिर्ता गरेको पत्र जिल्ला अस्पताललाई पठाएकाे एक महिना बित्दा पनि मन्त्रालयलाई अटेर गरेर बसिरहेका छन । तर उनी आएपछि तुलनात्मक रुपमा यसअघि २ नम्बरमा भएपनि २ नम्बर बाट तल झरेर तेस्रो नम्बरमा जिल्ला अस्पताल बझाङ पुगेको छ । निजामती ऐन अनुसार एक स्थान बाट अर्को स्थानमा जानुपर्ने भई कुनै निजामती कर्मचारीकाे सरुवा भएमा त्यस्तो कर्मचारीले बरबुझारथकाे निमित्त एक्काईस दिनमा नबढाई तथा तयारीकाे निमित बाटाेकाे म्याद बाहेक सात दिनको म्याद पाउने छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

बझाङ- बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्युु भएको छ ।जिल्लाको बुंगल नगरपालिका-२ मलेराकी १७ वर्षीया डम्मरा धामी भीरबाट लडेर मृत्यु ...
बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

बझाङ- बझाङमा रातिकाे समयमा सवारी साधन आवागमन बन्द  गरिएकाे छ । अविरल वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशास...
कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

धनगढी- कञ्चनपुरमा च्याउ टिप्न भन्दै जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित दशरथ टोलका त...
डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

डोटी- डोटीका प्रथम पत्रकार, वरिष्ठ साहित्यकार, मूर्तिकार तथा पूर्व शिक्षक धनबहादुर मल्लको निधन भएको छ। दिपायल सिलगढी नगरपालिका-६, ...
बझाङको चैनपुरबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ, ५३ हजार ९९० रुपैयाँ नगद बरामद

बझाङको चैनपुरबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ, ५३ हजार ९९० रुपैयाँ नगद बरामद

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...
धादिङमा राति सवारी सञ्चालनमा रोक, बाढी–पहिरोको जोखिमपछि प्रशासनको निर्णय

धादिङमा राति सवारी सञ्चालनमा रोक, बाढी–पहिरोको जोखिमपछि प्रशासनको निर्णय

काठमाडौँ- बाढी, पहिरो तथा सडक अवरोधको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार राति अत्यावश्यक बाहेकका स...
गौरीफन्टा सीमानाकामा रुख ढल्यो, बझाङका अटोरिक्सा चालक गम्भीर घाइते

गौरीफन्टा सीमानाकामा रुख ढल्यो, बझाङका अटोरिक्सा चालक गम्भीर घाइते

धनगढी- नेपाली-भारतीय सीमानाका गौरीफन्टामा रुख ढल्दा एक नेपाली अटोरिक्सा चालक गम्भीर घाइते भएका छन्। आइतबार बिहान गौरीफन्टास्थित क्...
दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुला- जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २ र ३ गते सम्भावित अति भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज