देशभर सक्रिय मनसुनी प्रणाली, केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सामान्यभन्दा केही उत्तरमा रहेको छ। यसको प्रभावस्वरूप देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानहरूमा वर्षा भइरहेको छ।
बागमती प्रदेशका केही स्थानहरूमा, साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
दिउँसोको अवस्था:
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स...












