बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सिमा क्षेत्रमा राखेको स्वागत बोर्ड तोडफोड गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमा क्षेत्र मौरीबगर र भाँडे बजारको बीच भागमा राखिएको स्वागत बोर्ड तोडफोड गरिएको हो । पालिकाले केही वर्षअघि मात्रै जयपृथ्वी राजमार्ग अन्तर्गत सिमा क्षेत्रमा छबिसपाथिभेरा गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौं र छबिसपाथिभेरामा गाउँपालिकाका भ्रमण गर्नुभएकोमा धन्यवाद भन्ने बोर्ड टासेको थियोे । तर उक्त बोर्ड अहिले तोडफोड गरिएको पाइएको छ । स्थानीयले उक्त बोर्डलाई तोडफोड गरेको हुनसक्ने अनुमान गरिएको छ । स्वागत बोर्ड तोडफोड गरिएको महिनौं बितिसक्दा पनि अहिलेसम्म मर्मत सम्भार भने गरिएको छैन ।

