प्रेस काउन्सिलको अपील: आचारसंहिता पालना र प्रेस स्वतन्त्रताको सदुपयोग गरौं
काठमाडौँ— प्रेस काउन्सिल नेपालले पत्रकार तथा सञ्चारमाध्यमहरूलाई आचारसंहिता पालना गर्न र प्रेस स्वतन्त्रताको सदुपयोग गर्न अपील गरेको छ। हालै सम्पन्न बोर्ड बैठकले आवश्यकताअनुसार पत्रकारहरूलाई तालिम, प्रशिक्षण र अभिमुखीकरण गराउने निर्णयसमेत गरेको हो।
बैठकले युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत हुने पत्रकारितालाई व्यवस्थित गर्ने निर्णय गरेको छ। साथै, संविधान विपरीत सञ्चारमाध्यमप्रति हुन सक्ने कुनै पनि प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापमा काउन्सिल सहमत नहुने स्पष्ट पारेको छ।
यसैगरी, लामो समयदेखि संशोधन हुन नसकेको कार्यव्यवस्था, आर्थिक प्रशासन र कर्मचारी विनियमावली संशोधनका लागि पहल गर्ने निर्णय पनि बैठकले गरेको छ। काउन्सिललाई थप प्रभावकारी बनाउन सामूहिक धारणा सहित निर्णयहरू एकद्वार प्रणालीमार्फत सार्वजनिक गरिनेछ।...











