बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
बझाङ- बझाङको केदारस्युँ गाउँपालिका–५ बहोराडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ।
मृत्यु हुनेमा ५९ वर्षीया कमला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बिहीबार घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा उनी अचानक चिप्लिएर करिब १०० मिटर तल खसेकी थिइन्।
घटनापछि स्थानीयवासीको सहयोगमा उनलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएको थियो। तर, उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।...











