Advertisement

बाजुराको विरेखोला झरना आन्तरिक पर्यटकको आकर्षण

Advertisement

बाजुरा- जिल्लाको बडीमालिका नगरपालिका–६ र ८ को सीमास्थित रापका क्षेत्रको विरेखोला झरना पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा चिनिँदै गएको छ।

जिल्ला सदरमुकाम मार्तडीबाट झण्डै ६ किलोमिटर दूरीमा रहेको झरना साफे–मार्तडी सडकखण्डको छेउमै भएकाले सजिलै पुग्न सकिन्छ। अछामबाट करिब ५० किलोमिटर टाढा पर्ने यो झरना विशेषगरी असारदेखि कात्तिक महिनासम्म स्थानीयदेखि अन्य जिल्लाका पर्यटकसम्मको रोजाइमा पर्ने गरेको स्थानीय रुपक थापाले बताए।

बडीमालिका नगरपालिकाले विरेखोला झरनालाई आन्तरिक पर्यटनको प्राथमिक गन्तव्यका रूपमा सूचीकरण गरिसकेको छ। नगरप्रमुख अमर खड्काका अनुसार झरनालाई अझ व्यवस्थित र आकर्षक बनाउन योजना अघि बढाइएको छ।

करिब २०० मिटर लामो झरनामा एक सिजनमा १ लाखभन्दा बढी पर्यटक पुग्ने अनुमान छ। बाजुरासहित अछाम र बझाङबाट पनि पर्यटकको उल्लेख्य उपस्थिति रहने गरेको छ।

झरनाको विकाससँगै स्थानीय व्यापारीहरूलाई आम्दानीको अवसर मिलेको छ। भौतिक पूर्वाधार थप विकास गर्न सकिए विदेशी पर्यटकसमेत आकर्षित गर्न सकिने र यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने स्थानीयको विश्वास छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज