Advertisement

हाम्रो बारेमा

बझाङमा एक शिक्षक मृत अवस्थामा फेला

बझाङमा एक शिक्षक मृत अवस्थामा फेला

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्ने व्यक्ति मष्टा गाउँपालिका–२ स्थित ढँडार आधारभूत विद्यालयका शिक्षक तथा मष्टा–४ बास्तोलीका करिब ४५ वर्षीय मोतीराम थापा भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। शिक्षक थापा असोज २९ गतेदेखि घर नआएका र कार्तिक १ गते साँझ आफ्नै घरबाट करिब एक किलोमिटर टाढा रहेको घट्टेखोलामा मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार घट्टेखोलास्थित पानी घाँटीभन्दा तल उनको आधा शरीर खोलामा डुबेको अवस्थामा भेटिएको थियो। टाउको जनावरले टोकेको जस्तो देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।...
पश्चिम सेती कप–२०८२ : खदारी मष्टा युवा समाजको शानदार जित

पश्चिम सेती कप–२०८२ : खदारी मष्टा युवा समाजको शानदार जित

खेलकुद, बझाङ, समाचार
बझाङ।  जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ अन्तर्गत आज भएको खेलमा खदारी मष्टा युवा समाजले सुवेडा युथ स्टारलाई ३–१ गोलको अन्तरले पराजित गर्दै शानदार जित हात पारेको छ । खदारी मष्टा युवा समाजका कप्तान स्माइल खड्काले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल हानेका थिए भने अर्को एक गोल अशोक खड्काले हाने  । प्रारम्भदेखि नै बलियो प्रदर्शन गरेको खदारी मष्टा टोलीले खेलमा अग्रता कायम राख्दै अन्ततः जित सुनिश्चित गरेको हो । दर्शकहरूको उत्साहपूर्ण उपस्थितिमा सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो । सुवेडा युथ स्टारले पनि बलियो चुनौती पेश गरे पनि गोलका अवसरलाई सदुपयोग गर्न नसकेपछि पराजित हुनुपर्‍यो । खजारी मष्टा युवा समाजको मुख्य प्रायोजक बुढानिलकण्ठ स्विमिङ एण्ड मनोरञ्जन सेन्टर, हेटौंडा–७, काठमाडौं रहेको आयोजकले जनाएको छ । आजका दिन कुल ७ वटा खेलहरू सम्पन्न भएका छन् भने अन्य खेलहरू भोलि बि...
ओलीले सरकारको विरोध गर्नुको अर्थ छैन : प्रचण्ड

ओलीले सरकारको विरोध गर्नुको अर्थ छैन : प्रचण्ड

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेको भन्दै अहिले विरोध गर्नुको अर्थ नहुने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले अन्तरिम सरकारमा टेकेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले चुनाव सफल पार्न सबैलाई आग्रह गरे । त्यसरी अगाडि नबढ्ने हो भने अराजकता र दुर्घटना निम्तिन सक्ने उनले चेतावनी दिए । ‘कुनै वितण्डा नगरौँ । हिजो पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनस्र्थापनाको कुरा उठाउनुजस्तो हास्यास्पद अरू केही हुँदैन । निर्वाचन सफल पार्नका लागि म आग्रह गर्न चाहन्छु,’ उनले भने । राष्ट्रिय सहमतिका साथ अगाडि बढ्दा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने प्रचण्डले बताए । अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल पार्न भूमिका खेल्ने उनले बताए । ...
जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ आज भव्य रूपमा उद्घाटन

जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ आज भव्य रूपमा उद्घाटन

खेलकुद, बझाङ, समाचार
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका ९ मा रजनिस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा आयोजित जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ फुटबल प्रतियोगिता आज एक भव्य समारोहका साथ उद्घाटन गरिएको छ । कार्यक्रम सुरेश खड्का (मारा) को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाए रहनुभएको थियो । उहाँले उद्घाटन गर्दै खेलकुदले युवाहरूलाई अनुशासन, एकता र सकारात्मक सोचतर्फ डो¥याउने बताउनुभयो । कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी रियास खड्काले स्वागत मन्तव्य राख्दै बझाङको फुटबल जगतलाई यहाँसम्म ल्याउनमा जयपृथ्वी नगरपालिका–९ का युवाहरूको मुख्य भूमिका रहेको बताए । साथै, खेलकुद नै अहिलेको समयको युवाहरूको रोजाइ भएको भन्दै उनले युवाहरूप्रति धन्यवाद प्रकट गरे । उद्घाटन समारोह जयपृथ्वी नगरपालिका–९ स्थित जाल्पा माध्यमिक विद्यालय (जाल्पा मावी)को खेलमैदानमा सम्पन्...
छबिसपाथिभेरा- ७ बुड्खोरीका १५ वर्षीय अशोक धामी तीन दिनदेखि बेपत्ता, खोजीमा सहयोग गर्न आग्रह

छबिसपाथिभेरा- ७ बुड्खोरीका १५ वर्षीय अशोक धामी तीन दिनदेखि बेपत्ता, खोजीमा सहयोग गर्न आग्रह

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ७ बुड्खोरी टोलका एक किशोर ३ दिनदेखि बेपत्ता भएका छन्। सेरीका राम बहादुर धामी र शिला देवी धामीका छोरा, करिब १५ वर्षीय अशोक धामी यही असोज ३० गते बेलुकी घरबाट हिँडेका थिए। त्यसयता उनी परिवारसँग सम्पर्कमा छैनन्। परिवारका अनुसार अशोक कक्षा १० मा अध्ययनरत थिए। हराउने बेला उनले सेतो जिन्स पाइन्ट, रातो टिसर्ट र कालो जकेट लगाएका थिए। केही समयअघि उनको टाउकोमा चोट लागेका कारण अझै पूर्ण रूपमा ठिक नभएको असोकका काका प्रकाश धामीले जानकारी दिए। उनलाई देख्ने भेट्ने जो–कोही महानुभावले ९८६८७७८५९९, वा नजिकै प्रहरी कार्यालय खबर गरि सहयोग गरिदिन अनुरोध गरिएको छ।...
बझाङमा अटो दुर्घटना, दुई महिला घाइते

बझाङमा अटो दुर्घटना, दुई महिला घाइते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिका- ६ सेरालागाउँमा अटो दुर्घटना हुँदा दुई महिला घाइते भएका छन्। दुर्गाथलि गाउँपालिकाको झनानाबाट थलारा गाउँपालिकाको खोलीतर्फ गइरहेको सुप–०१–००१ ह ६०१८ नम्बरको अटो शुक्रबार कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परि थलारा गाउँपालिका- ५ खोलीकी ३५ वर्षीया चन्द्रकला बादी गम्भीर र अमृता बादी सामान्य घाइते भएको बताइएको छ । घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। चन्द्रकला बादीको दुबै खुट्टा र बायाँ हातमा, तथा अमृता बादीको दायाँ हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ। घटनापछि अटो चालक दुर्गाथली- १ जुजीका प्रकाश खातीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।...
नेपालको ऐतिहासिक प्रदर्शन, टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्यो

नेपालको ऐतिहासिक प्रदर्शन, टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ। आज ओमनमा सम्पन्न अन्तिम खेलमा नेपालले सामोआलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । नेपाल शीर्ष स्थानमा रहँदै सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउन सफल भएको छ। ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका छन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रनको विशाल योगफल बनायो। नेपालका लागि आसिफ शेखले ४१ बलमा ६९ रन र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए। कप्तान रोहित पौडेलले १२ बलमा २१ रन र लोकेश बमले १२ बलमा ३९ रन अविजित रहँदै टीमको योगफल बढाए। २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो। सामोआका सेन सोलियाले सर्वाधिक ४० रन बनाए। बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने...
बझाङमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बझाङमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित प्रकाश बोहराको घरमा यही असोज २६ गते राति करिब ८ बजे तलकोट गाउँपालिका–२ ढुङगाना गाउँका २० वर्षीय राजेश ऐडीले मष्टा गाउँपालिका–२ की १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप लागेको हो। पीडित किशोरीका दाइले असोज २९ गते साँझ करिब ४ः५० बजे प्रहरीमा जाहेरी दर्ता गरेका थिए। त्यसपछि प्रहरी नायब निरीक्षक अशोक खड्काको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको थियाे । पीडित किशोरीलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल बझाङ पठाइएको र आरोपी राजेश ऐडीलाई सदरमुकाम चैनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।...
च्याम्पियन बन्ने लक्ष्यसहित नेपाल आज सामोआसँग भिड्दै

च्याम्पियन बन्ने लक्ष्यसहित नेपाल आज सामोआसँग भिड्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गत नेपाल आज सामोआसँग खेल्दैछ। नेपाल यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ र अब च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रिन लागेको हो। खेल आज दिउँसो सवा ४ बजे सुरु हुनेछ। तुलनात्मक रूपमा कमजोर मानिएको सामोआलाई हराएमा नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने छ। नेपाल र सामोआबीच यो पहिलो अन्तर्राष्ट्रिय भिडन्त हुनेछ। नेपाल अहिले सुपर सिक्समा ८ अंकका साथ शीर्ष स्थानमा छ भने ओमान ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ। अन्तिम दिन ओमानले जापानसँग खेल्नेछ। यदि नेपाल सामोआसँग हार्यो र ओमानले जित्यो भने रनरेटको आधारमा विजेता टुंगो लाग्ने छ। गत खेलमा नेपालले ओमानलाई ८ रनले पराजित गरेको थियो। खेलपछि कप्तान रोहित पौडेलले टिमको नजर अब ट्रफीमा रहेको बताए। उनका अनुसार “हामीले गरेको मेहनतको फल राम्रो नतिजामा देखिएको छ।” आग...
ओमानमाथि नेपालको शानदार जित, ३८ रनले पराजित गर्दै शीर्षस्थानमा उक्लियो

ओमानमाथि नेपालको शानदार जित, ३८ रनले पराजित गर्दै शीर्षस्थानमा उक्लियो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । यस जितसँगै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिँदै छनोट उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । गएराति सम्पन्न खेलमा नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याउँदै ओमान २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रनमै समेटियो । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । यो खेलअघि नै नेपाल सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी–२० विश्वकपका लागि छनोट भइसकेको छ । विश्वकपमा २० टोली सहभागी हुनेछन् । नेपालले यसअघि सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो । नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो । टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले अब अन्तिम खेलमा भोलि सामोआसँग प्रतिस्पर्धा गर्नेछ ।...
दार्चुलामा अनलाइनमार्फत नागरिकताको सिफारिस व्यवस्था सुरू

दार्चुलामा अनलाइनमार्फत नागरिकताको सिफारिस व्यवस्था सुरू

Breaking News 2, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुलामा वडातहबाटै अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस दिने व्यवस्था सुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका ९ स्थानीय तहका ६१ वडामध्ये हालसम्म ३३ वडाबाट यो प्रणाली सञ्चालनमा आएको छ। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार नौगाड गाउँपालिकाका सबै ६ वडाबाट, मालिकार्जुनका ८ मध्ये ७, महाकाली र शैल्यशिखर नगरपालिकाका ९,९ वडामध्ये ५,५ वडाबाट अनलाइन सिफारिस सेवा सुरू गरिएको हो। त्यस्तै, दुहुँ गाउँपालिकाका ५ मध्ये २, लेखमका ६ मध्ये ३, व्यासका ६ मध्ये १ र मार्मा तथा अपीहिमाल गाउँपालिकाका समान २,२ वडाबाट सेवा उपलब्ध भएको छ। प्रजिअ पौडेलका अनुसार अनलाइन प्रणाली सुरू भएपछि कागजात अभावका कारण सेवाग्राही खाली हात फर्किनुपर्ने समस्या हटेको छ। यसले अभिलेखीकरण र सेवा प्रवाह दुवैमा सहजता ल्याएको प्रशासनले जनाएको छ।...
भूमि अधिकार तथा श्रमिक संगठन र किसान महासंघ बझाङद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भूमि अधिकार तथा श्रमिक संगठन र किसान महासंघ बझाङद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: भूमि अधिकार तथा श्रमिक संगठन जिल्ला समिति बझाङ र अखिल नेपाल किसान महासंघ जिल्ला समिति बझाङले संयुक्त रूपमा आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। उक्त ज्ञापनपत्रमा सरकारद्वारा २०८२ असोज २२ गते गठन गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोगको पुनर्गठन गरी भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा श्रमिक वर्गका जनताको दीर्घकालीन समस्या तत्काल समाधान गर्न माग गरिएको छ। संगठनका अनुसार आयोग विघटनपछि भूमिहीन र सुकुम्बासी समुदाय पुनः अनिश्चिततामा परेको कारण सरकारले छिटो कदम चाल्नुपर्ने आवश्यकता महसुस गरिएको हो। ज्ञापनपत्र बुझाउने टोलीमा भूमि आयोगका केन्द्रीय महासचिव लोकेन्द्र सिंहको नेतृत्व रहेको थियो। टोलीमा भूमि आयोग बझाङका पदाधिकारीहरू समेत सहभागी थिए।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज