बझाङ: भूमि अधिकार तथा श्रमिक संगठन जिल्ला समिति बझाङ र अखिल नेपाल किसान महासंघ जिल्ला समिति बझाङले संयुक्त रूपमा आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
उक्त ज्ञापनपत्रमा सरकारद्वारा २०८२ असोज २२ गते गठन गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोगको पुनर्गठन गरी भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा श्रमिक वर्गका जनताको दीर्घकालीन समस्या तत्काल समाधान गर्न माग गरिएको छ।
संगठनका अनुसार आयोग विघटनपछि भूमिहीन र सुकुम्बासी समुदाय पुनः अनिश्चिततामा परेको कारण सरकारले छिटो कदम चाल्नुपर्ने आवश्यकता महसुस गरिएको हो।
ज्ञापनपत्र बुझाउने टोलीमा भूमि आयोगका केन्द्रीय महासचिव लोकेन्द्र सिंहको नेतृत्व रहेको थियो। टोलीमा भूमि आयोग बझाङका पदाधिकारीहरू समेत सहभागी थिए।

