Advertisement

हाम्रो बारेमा

सुनिपिपल चौर माविको नयाँ विव्यस अध्यक्षमा ४ मतले सिंह विजयी

सुनिपिपल चौर माविको नयाँ विव्यस अध्यक्षमा ४ मतले सिंह विजयी

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ :  बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वार्ड नम्बर ७ सुवेडामा रहेको सुनिपिपल चौर माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धिरेन्द्र सिंह निर्वाचित भएका छन ।  आज सोमबार अध्यक्षको चुनाव भएको हो । झन्डै दुई दशक अघि आफूले त्यही स्कुलबाट अध्ययन प्राप्त गरेको र अब विद्यालयको शैक्षिक गुणस्तर थप बलियो बनाउन आफू लागिपर्ने सिंहले बताउनु भयो । त्यसैगरी अध्यक्ष पदको प्रतिद्वन्दी रमेश महरले २ मत ल्याएर पराजित भएका थिए ।...
बझाङ प्रदेश सभा उपनिर्वाचन : काँग्रेसले गर्‍यो १० जना उम्मेदवार सिफारिस

बझाङ प्रदेश सभा उपनिर्वाचन : काँग्रेसले गर्‍यो १० जना उम्मेदवार सिफारिस

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ : आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं –१ को लागि हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले पनि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसले उपनिर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको हो । केन्द्रीय समितिको परिपत्र अनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्ने भएपनि बझाङ जिल्ला समितिको बैठकले भने १० जनाको नाम सिफारिस गरेको हो । पार्टीको मर्यादाक्रम अनुसार सिफारिस हुनेमा सत्यराज भण्डारी, शान्ति बोहरा पुजारा, जगत प्रसाद जोशी, अभिषेक बहादुर सिंह, नन्दकृष्ण जोशी, धुर्वराज उपाध्याय, बिष्णु कुमार सिंह (जगत), लोकेन्द्र बहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडा रहेका छन् । पार्टी कार्यालय बझाङमा आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि कसैले आवेदन फिर्ता लिन मानेनन् । सहमतिको प्रयास विफल भएपछि सबै जनाको नाम केन्द्रीय समिति र प्रदेश समितिमा सिफारिस गरिएको ज...
बझाङ काङ्ग्रेसले सत्यराज भण्डारी सहित १० जनालाई गर्यो सिफारिस

बझाङ काङ्ग्रेसले सत्यराज भण्डारी सहित १० जनालाई गर्यो सिफारिस

बझाङ, राजनीति
बझाङ: नेपाली काङ्ग्रेस बझाङले नेता सत्यराज भण्डारी सहित दश जना सिफारिस गरेको छ । बझाङ जिल्ला बाट निर्वाचित साँसद तथा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिँहकाे दुर्घटनामा परि मृत्यु भए पछि खालि भएको क्षेत्रमा निर्वाचन हुन लागेको हाे । सरकारले ईलाम र बझाङ गरि दुई स्थानमा बैशाख १५ गते निर्वाचन मिति तय गरेको छ । त्यसै बिच आज नेपाली काङ्ग्रेस कार्यसमिति बझाङले नेपाली काङ्ग्रेसका बाैद्बिक नेता सत्यराज भण्डारी सहित १० जनाकाे नाम सिफारिस गरेको काङ्ग्रेस नेताले बताउनु भएको छ । यतिबेला टिकटकाे लागि लडिरहेको काङ्ग्रेस बझाङकाे परिक्षाकाे रुपमा पनि याे सिटलाई लिन सकिन्छ । सुदुरपश्चिम प्रदेश सरकार गठन गर्न पनि बझाङकाे सिटले काङ्ग्रेसमा ठुलाे सफलता मिल्ने भएको कारण कतिपय नेताले जित्ने नेता उठाउन पर्ने माग राख्दै आएका छन । प्रदेश सरकार गठनमा यदि बझाङ काङ्ग...
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

राजनीति
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष  एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीमा नियन्त्रणमा लिएको छ । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ। यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । -अनलाइन खबर...
प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा खडका सर्वसम्मत

प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा खडका सर्वसम्मत

समाचार
धनगढी—सुदूरपश्चिम प्रदेश प्रजातान्त्रिक जनस्वास्थ्य संघको अध्यक्षमा महेन्द्र खड्का चयन भएका छन् । शनिबार धनगढीमा भएको प्रजातान्त्रिक जनस्वास्थ्य संघको पहिलो अधिवेशनले खड्कालाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा प्रनिता भट्ट, सचिवमा पदमराज भट्ट, सह—सचिवमा आशिष शाह, कोषाध्यक्षमा प्रकृति पन्त र सह—कोषाध्यक्षमा ममता जोशी चयन चएका छन् । त्यसैगरी, सदस्यहरुमा महेशबहादुर चन्द, दिपेन्द्र जोशी, विनोद भट्ट, सौगात शाह, राजेन्द्र भट्ट, खेम बोगटी, देवीचन्द्र थापा, हेमा भण्डारी, धर्मानन्द जोशी, विनमराज श्रेष्ठ, थानेश्वर पनेरु र आयुशा पाण्डेय चयन भएका छन् । ८ वैशाखमा हुने नेपाल जनस्वास्थ्य संघको निर्वाचनमा सुदूरपश्चिम प्रदेशको अध्यक्षको लागि पेशागत समूहबाट शिवराज सुनारलाई सिफारिस गर्ने निर्णय गरेको छ भने जनस्वास्थ्य संघको केन्द्रीय कार्यसमितिको पदाधिकारी तथा सदस्यको नेपाल जनस्वास्थ...
कैलालिको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव लाग्ने

कैलालिको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव लाग्ने

कैलाली
कैलालिको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० लाग्ने भएको छ । बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा यहि चैत ९ गते देखि १८ गते सम्म महोत्सव हुने आयोजकले जानकारी दिएको छ । "कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास:निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नाराका साथ सुरु हुने महोत्सव चैत १८ गते सम्म सन्चालन हुने आयोजक संस्थाका अध्यक्ष भरत ताम्राकारले जानकारी दिएका छ्न । महोत्सबमा चर्चित राष्ट्रिय कलाकारहरु सहित सुदुरपश्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन । सेती लोकमार्ग संगै बर्दगोरिया धामलाई चिनाउन महोत्सव आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष भरत ताम्राकारले जानकारी दिए । महोत्सव सफल पार्नका लागि स्थानिय तह लगायतका संघ संस्था संग सहकार्य गरिरहेको अध्यक्ष ताम...
गौरिगङ्गा नगर पालिका वार्ड ५ ले तीन दिने व्यावसायिक तरकारी खेती तालिम आज बाट सन्चालन

गौरिगङ्गा नगर पालिका वार्ड ५ ले तीन दिने व्यावसायिक तरकारी खेती तालिम आज बाट सन्चालन

कैलाली, समाचार, सुदूरपश्चिम
कैलाली : कैलाली जिल्ला गौरिगङ्गा नगर पालिका वार्ड ०५ अणडैया मा तीन दिने व्यावसायिक तरकारी खेती तालिम सन्चालन मा आएको छ । उक्त कार्यक्रम मा चैत्र ४ देखि ६ सम्म चल्ने छ । उक्त कार्यक्रम को आयोजक भने शैलेस्वरी रिसर्च एण्ड कन्सल्टिङ ले गरेको हो भने आर्थिक सयोग वडा सयोग को रहेको छ । "हामी कृषि क्षेत्रमा अगाडी छौ तर तालिम अनुभव नभएको ले यो तालिम कार्यक्रम आयोजना गरेको हो र तालिम सकिएको दिन मै तरकारी बीउ हरु बितरण गरिने छ" उक्त कार्यक्रम मा बोल्दै वडा सदस्य दिपक बडैला भने । सो कार्यक्रम मा आयोजक ले कृषि बिज्ञ बाट तालिम दिइने छ । र उक्त तालिम केन्द्र मा १६ वटा कृषि समूह बाट प्रत्येक समूह बाट दुई जना गरि ३२ जनालाइ तालिम दिइने र समूह ले नै मिलि तरकारी खेती गर्ने र फलदायी कार्य गरेमा अगामी दिन मा पनि कृषि समूह लाई तालिम तथा बीउ बिजन बाड्ने वार्ड अध्यक्ष बिष्णु प्रसाद भाट ले प्रतिबद्धता गर...

स्ववियु अध्यक्ष जोशी बने अखिलको केन्द्रीय सदस्य

समाचार
धनगढी - केएमसीका स्ववियु अध्यक्ष यमराज जोशी अनेरास्ववियुको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्ष जोशी नेकपा एमाले सम्बद्ध अनेरास्ववियु केन्द्रिय कमिटी सदस्यमा मनोनीत भएका हुन् । देशका ठूला क्याम्पसमा अनेरास्ववियुको तर्फबाट निर्वाचित स्ववियु अध्यक्षहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने केन्द्रीय सचिवालयको निर्णय अनुसार जोशीलाई मनोनीत गरिएको हो । देशभरका स्ववियु मध्य उत्कृष्ट काम गर्नेमा कैलाली बहुमुखी क्याम्पस अगाडी  रहेको बताइएको छ । कैलाली बहुमुखी क्याम्पसमा हाल स्ववियुले शिक्षासँगै सीप अभियान अन्तर्गत नि:शुल्क लोकसेवा, शिक्षक सेवा, बैङ्किङ तयारी कक्षा, कम्प्युटर लगायतका विभिन्न कक्षा सञ्चालन गरिरहेको छ । त्यस्तै स्ववियुले क्याम्पसमा शिक्षासँगै संस्कार अभियान पनि चलाएको छ । अध्यक्ष जोशी २०७९ चैत ८ गते केएमसीमा भएको स्वविय...

अखिल क्रान्तिकारी धनगढी नगर समितिको अध्यक्षमा पवन सुनार 

समाचार
धनगढी - अखिल क्रान्तिकारी धनगढी नगर समितिको अध्यक्षमा पवन सुनार चयन भएका छन् । अखिल क्रान्तिकारी धनगढी उपमहानगरको दोस्रो नगर सम्मेलनबाट सुनार निर्विरोध चयन अध्यक्ष पदमा चयन भएका हुन् । शनिबार धनगढीमा भएको सम्मेलनबाट ३९ सदस्य नगर कमिटी गठन गरिएको जनाइएको छ । कमिटीको उपाध्यक्षमा विशाल पन्त, दिपेन्द्र बोहरा, किरण मगर, दिनेश हमाल रहेका छन् भने सचिवमा  सुनिल प्रसाद जोशी चयन भएका छन् । त्यस्तै सहसचिव क्षितिज रावल, शिबराज भट्ट, सरोज पाण्डे र कोषाध्यक्षमा पवन कुँवरलाई चयन गरिएको छ ।...
स्थानीयको ८४ लाख खाएर बझाङबाट ठेकेदार फरार

स्थानीयको ८४ लाख खाएर बझाङबाट ठेकेदार फरार

बझाङ
बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीकामा पक्की पुल निर्माण भईरहेकाे छ । खप्तड छान्ना गाउँपालीकाकाे वडा नम्बर ७ गडरायमा निर्माण भईरहेकाे पुलमा काम गर्न आएका ठेकेदारले स्थानीयकाे ८४ लाख रुपैयाँ खाएर फरार भएका छन । गडरायका स्थानीयहरुबाट काम गर्न आएका ठेकेदार भद्र बहादुर शाहीले ८४ लाख रुपैयाँ स्थानीय बाट मागेर फरार भएको स्थानीयहरुकाे आराेप छ । ठेकेदार शाहीले विगत २०७५ सालमा सम्झाैता गरेर २०७८ सालमा काम सम्पन्न गरिसक्नु पर्ने भएता पनि अहिलेसम्म पुलको काम लथालिङ्ग अवस्थामा देखिन्छ । ठेकेदारकाे लापरबाहीले पुल अलपत्र परेको छ । पुल अलपत्र पर्दा बझाङ बाजुरा आवतजावतमा समस्या हुने गरेको स्थानीयहरुले बताउदै आएका छन । अमर कन्टक्सन मार्फत निर्माणाधीन पुल अलपत्र अवस्थामा देखिन्छ भने ठेकेदार शाहीले स्थानीयकाे ८४ लाख रुपैयाँ खाएर फरार रहेको वडा नम्बर ७ का निर्वतमान वडा अध्यक्ष रामबहादुर सिँहले...
मिर्गौला स्वेच्छिक दान गर्न किन नपाउने :- हिमालय तिवारि

मिर्गौला स्वेच्छिक दान गर्न किन नपाउने :- हिमालय तिवारि

समाचार
आज १४ मार्च अर्थात विश्व मिर्गौला दिवस , सर्वप्रथम विश्व मिर्गौला दिवसको हार्दिक शुभकामना । अन्य मुलुकमा जस्तै आज हामीले पनि दिवस मनाई रहेका छौँ । मलाई के लाग्छ भने मिर्गौला जोगाउनका लागि भन्दै गरिने जनचेतनामुलक र्‍याली र प्रवचनले मात्रै अब पुग्दैन । यसका लागि नीगिगत रुपमा लचिलो हुन पनि जरुरी छ । किनभने  बिरामीको लागि चाहिने रगत जसको पनि लिन पाइन्छ तर मिर्गौला चाँहि आफ्नो परिवार र नातागोताको मात्रै । यस्तो  किन ? यसलाई पनि स्वेच्छिक दान गर्न मिल्ने नियम बनाउन सकिदैन ? किनभने हामी सबैलाई थाहा छ स्वस्थ मान्छेले आफ्नो शरीरमा भएको दुई मिर्गौला मध्ये एक दान गर्दा शरीरलाई कुनै हानी हुँदैन । मिर्गौला दान गर्दा पनि व्यक्ति स्वस्थ जीवन जिउन सक्छ भने मिर्गौला दान गर्ने परिपाटीलाई किन साघुँरो घेरामा खुम्च्याउने ? ईच्छा भएकाहरुले दान गर्न किन नपाउने ? हो यसलाई धन्दाको रुपमा वा किनबेचको काम...

साइनिङ्ग स्टार छैटौं खुल्ला राष्ट्रव्यापी भलिबल चैत ९ देखि, विजेतालाई १ लाख १ हजार,

कैलाली, खेलकुद
कैलाली : साइनिङ्ग स्टार युवा क्लबले छैटौं संस्करणको खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । आउँदो चैत ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए । कैलालीको बर्दगोरिया गाउँपालिका–३ मा रहेको साइनिङ्ग स्टार युवा क्लबले स्थापनाकालदेखि हरेक वर्ष फागुपूर्णिमा होली पर्वका अवसरमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ । वडास्थित रामजानकी मन्दिरको खेलमैदानमा प्रतियोगिता आयोजना हुने आयोजक क्लबले जनाएको छ । ‘प्रतियोगिता नहुँदा सबैले किन भएन भनेर सोध्ने गर्थे । अब जसरी भएपनि गर्नुपर्छ भनेर हामी जुटेका छौँ, आगामी दिनमा पनि हामी यसलाई निरन्तरता दिनेछौँ’ उनले भने । खेलकुदको विकासका लागि सबै एकजुट हुनपर्ने उनले बताए ।स्थानीय तथा राष्ट्रिय खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्लबले भलिबल प्रतियोगिता आयोजना गर्दै आ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज