बझाङ : बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वार्ड नम्बर ७ सुवेडामा रहेको सुनिपिपल चौर माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धिरेन्द्र सिंह निर्वाचित भएका छन ।

आज सोमबार अध्यक्षको चुनाव भएको हो । झन्डै दुई दशक अघि आफूले त्यही स्कुलबाट अध्ययन प्राप्त गरेको र अब विद्यालयको शैक्षिक गुणस्तर थप बलियो बनाउन आफू लागिपर्ने सिंहले बताउनु भयो । त्यसैगरी अध्यक्ष पदको प्रतिद्वन्दी रमेश महरले २ मत ल्याएर पराजित भएका थिए ।

