बझाङ: नेपाली काङ्ग्रेस बझाङले नेता सत्यराज भण्डारी सहित दश जना सिफारिस गरेको छ ।
बझाङ जिल्ला बाट निर्वाचित साँसद तथा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिँहकाे दुर्घटनामा परि मृत्यु भए पछि खालि भएको क्षेत्रमा निर्वाचन हुन लागेको हाे ।
सरकारले ईलाम र बझाङ गरि दुई स्थानमा बैशाख १५ गते निर्वाचन मिति तय गरेको छ । त्यसै बिच आज नेपाली काङ्ग्रेस कार्यसमिति बझाङले नेपाली काङ्ग्रेसका बाैद्बिक नेता सत्यराज भण्डारी सहित १० जनाकाे नाम सिफारिस गरेको काङ्ग्रेस नेताले बताउनु भएको छ ।
यतिबेला टिकटकाे लागि लडिरहेको काङ्ग्रेस बझाङकाे परिक्षाकाे रुपमा पनि याे सिटलाई लिन सकिन्छ । सुदुरपश्चिम प्रदेश सरकार गठन गर्न पनि बझाङकाे सिटले काङ्ग्रेसमा ठुलाे सफलता मिल्ने भएको कारण कतिपय नेताले जित्ने नेता उठाउन पर्ने माग राख्दै आएका छन ।
प्रदेश सरकार गठनमा यदि बझाङ काङ्ग्रेसले विजयी भएमा नागरिक उन्मुक्ति पार्टीले साथ दिएमा सरलै सरकार बन्न सक्ने देखिन्छ । जनमतमा हेर्ने हाे भने सबै भन्दा बलियाे उम्मेदवार र जित्न सक्ने उम्मेदवार सत्यराज भण्डारी रहेको काङ्ग्रेस बझाङका नाम नबताउने सर्तमा एक नेताले बताउनु भयाे ।
फेरि थप्दै नेता सत्यराज भण्डारी जनताको मनमनमा बस्न सफल छन भने अरु भन्दा प्रभाकारी नेता रहेको पनि उनले बताए । यता एक युवा पक्ष भने,मन्त्री सिँह लगायत उहाँको धर्मपत्नी र भाउजुकाे एकै साथ दुर्घटनामा मृत्युु भएको भन्दै उनका छाेरा अभिषेक सिँहलाई टिकट दिनु पर्ने दावि गरिरहेका छन । उनले पाए,न्याय हुने,उनी निकट एक युवा नेताले बताए ।
यता अर्को पक्षले भने खप्तड छान्नाका जगत प्रशाद जाेशीले पाउनु पर्ने माग राखेका छन भने उनले टिकट पाएमा पनि न्याय हुने बताउदै आएका छन । बैशाख १५ गते निर्वाचनका लागि काङ्ग्रेस बाट सत्य राज भण्डारी ,शान्ति कुमारी बोहरा,जगत प्रसाद जोशी, अभिषेक बहादुर सिँह, नन्द कृष्ण जोशी , ध्रुव राज उपाध्याय, विष्णु कुमार सिंह, लोकेन्द्र बहादुर रोकाया, नारायण हमाल , अर्जुन स्याडा नाम सिफारिस गरिएको स्राेतकाे भनाइ छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३