Advertisement

साइनिङ्ग स्टार छैटौं खुल्ला राष्ट्रव्यापी भलिबल चैत ९ देखि, विजेतालाई १ लाख १ हजार,

Advertisement

कैलाली : साइनिङ्ग स्टार युवा क्लबले छैटौं संस्करणको खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । आउँदो चैत ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए । कैलालीको बर्दगोरिया गाउँपालिका–३ मा रहेको साइनिङ्ग स्टार युवा क्लबले स्थापनाकालदेखि हरेक वर्ष फागुपूर्णिमा होली पर्वका अवसरमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

वडास्थित रामजानकी मन्दिरको खेलमैदानमा प्रतियोगिता आयोजना हुने आयोजक क्लबले जनाएको छ । ‘प्रतियोगिता नहुँदा सबैले किन भएन भनेर सोध्ने गर्थे । अब जसरी भएपनि गर्नुपर्छ भनेर हामी जुटेका छौँ, आगामी दिनमा पनि हामी यसलाई निरन्तरता दिनेछौँ’ उनले भने । खेलकुदको विकासका लागि सबै एकजुट हुनपर्ने उनले बताए ।स्थानीय तथा राष्ट्रिय खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्लबले भलिबल प्रतियोगिता आयोजना गर्दै आएको बताए । खेलकुद क्षेत्रले बहुआयामिक महत्व राख्ने भएकाले स्वास्थ्य, मनोरञ्जन र विकाससँगै सामाजिक एकता, सद्भाव र पहिचान अभिवृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।

गतवर्ष विविध कारणले रोकिए पनि यसवर्षमा भने प्रतियोगितालाई पुनः निरन्तरता दिन लागिएको हो । ‘बर्दगोरियाको पहिचान, युवा तथा खेलकुद विकासको अभियान’ भन्ने मूल नाराका साथ आयोजनामा हुने प्रतियोगितामा नेपाल प्रहरी र सेना लगायतका विभागीय गरी २० टोलीको सहभागिता हुने आयोजकको अपेक्षा छ । प्रतियोगितामा सहभागी टोलीलाई समूह विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने भएको छ । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

यस्तै, उपविजेताले ४५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले २९ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताका विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयासँगै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए । प्रतियोगितामा वेष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रो, प्लेयरलाई नगद पुरस्कार र अनुशासित खेलाडीलाई मायाको चिनोबाट सम्मानित गरिने अध्यक्ष जैसीले जानकारी दिए । बर्दगोरिया गाउँपालिकाको मुख्य प्रवद्र्धकमा हुने प्रतियोगिताको सह–प्रवद्र्धकमा ६ वटै वडा कार्यलयहरु छन् ।

त्यस्तै, विषेश सहयोगीमा मोहन्याल गाउँपालिका–१ मा रहेको कोपिला सामुदायिक वन उपभोक्ता समूह, बर्दगोरिया–३ स्थित दानुफाँटा नमूना र लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । त्यस्तै, सहप्रायोजकमा मोहन्याल गाउँपालिका–१ स्थित दानवीर सामुदायिक वन उपभोक्ता समूह रहेको छ । प्रतियोगितामा सहभागी प्रत्येक समूहले दर्ता शुल्क रु ३ हजार ५ सय तिर्नुपर्ने छ भने खेलाडीहरुले खान, बस्नको व्यवस्थापन आफैले गर्नुपर्नेछ । प्रतियोगिता सञ्चालन गर्न अनुमानित ५ लाख ३९ हजार रुपैयाँ खर्च लाग्ने अध्यक्ष जैसीले जानकारी दिए । उक्त क्लबले २०७४ देखि हरेक वर्ष राष्ट्रिव्यापी खुल्ला भलिबल प्रतियोगिता गर्दै आएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज