Advertisement
Wednesday, April 30
Shadow

साइनिङ्ग स्टार छैटौं खुल्ला राष्ट्रव्यापी भलिबल चैत ९ देखि, विजेतालाई १ लाख १ हजार,

Advertisement

कैलाली : साइनिङ्ग स्टार युवा क्लबले छैटौं संस्करणको खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । आउँदो चैत ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए । कैलालीको बर्दगोरिया गाउँपालिका–३ मा रहेको साइनिङ्ग स्टार युवा क्लबले स्थापनाकालदेखि हरेक वर्ष फागुपूर्णिमा होली पर्वका अवसरमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

वडास्थित रामजानकी मन्दिरको खेलमैदानमा प्रतियोगिता आयोजना हुने आयोजक क्लबले जनाएको छ । ‘प्रतियोगिता नहुँदा सबैले किन भएन भनेर सोध्ने गर्थे । अब जसरी भएपनि गर्नुपर्छ भनेर हामी जुटेका छौँ, आगामी दिनमा पनि हामी यसलाई निरन्तरता दिनेछौँ’ उनले भने । खेलकुदको विकासका लागि सबै एकजुट हुनपर्ने उनले बताए ।स्थानीय तथा राष्ट्रिय खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्लबले भलिबल प्रतियोगिता आयोजना गर्दै आएको बताए । खेलकुद क्षेत्रले बहुआयामिक महत्व राख्ने भएकाले स्वास्थ्य, मनोरञ्जन र विकाससँगै सामाजिक एकता, सद्भाव र पहिचान अभिवृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।

गतवर्ष विविध कारणले रोकिए पनि यसवर्षमा भने प्रतियोगितालाई पुनः निरन्तरता दिन लागिएको हो । ‘बर्दगोरियाको पहिचान, युवा तथा खेलकुद विकासको अभियान’ भन्ने मूल नाराका साथ आयोजनामा हुने प्रतियोगितामा नेपाल प्रहरी र सेना लगायतका विभागीय गरी २० टोलीको सहभागिता हुने आयोजकको अपेक्षा छ । प्रतियोगितामा सहभागी टोलीलाई समूह विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने भएको छ । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

यस्तै, उपविजेताले ४५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले २९ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताका विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयासँगै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए । प्रतियोगितामा वेष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रो, प्लेयरलाई नगद पुरस्कार र अनुशासित खेलाडीलाई मायाको चिनोबाट सम्मानित गरिने अध्यक्ष जैसीले जानकारी दिए । बर्दगोरिया गाउँपालिकाको मुख्य प्रवद्र्धकमा हुने प्रतियोगिताको सह–प्रवद्र्धकमा ६ वटै वडा कार्यलयहरु छन् ।

त्यस्तै, विषेश सहयोगीमा मोहन्याल गाउँपालिका–१ मा रहेको कोपिला सामुदायिक वन उपभोक्ता समूह, बर्दगोरिया–३ स्थित दानुफाँटा नमूना र लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । त्यस्तै, सहप्रायोजकमा मोहन्याल गाउँपालिका–१ स्थित दानवीर सामुदायिक वन उपभोक्ता समूह रहेको छ । प्रतियोगितामा सहभागी प्रत्येक समूहले दर्ता शुल्क रु ३ हजार ५ सय तिर्नुपर्ने छ भने खेलाडीहरुले खान, बस्नको व्यवस्थापन आफैले गर्नुपर्नेछ । प्रतियोगिता सञ्चालन गर्न अनुमानित ५ लाख ३९ हजार रुपैयाँ खर्च लाग्ने अध्यक्ष जैसीले जानकारी दिए । उक्त क्लबले २०७४ देखि हरेक वर्ष राष्ट्रिव्यापी खुल्ला भलिबल प्रतियोगिता गर्दै आएको छ ।

तपेन्द्र ढुंगाना

तपेन्द्र ढुंगाना कामना टेलिभिजन तथा कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे डिजिटल पत्रीकामा कैलालीको बर्दगोरिया गाउँपालिका क्षेत्र प्रमुख हुनुहुन्छ । उहाँसंग सम्पर्क गर्नको लागि - 9864601909 ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला कञ्चनपुरमा हुनुहुन्छ । हुलाकी ...
वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल डडेल्धुराको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएक...
सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

कञ्चनपुर : सोमबारदेखि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गरेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनत...
आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका स...
हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका ...
बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङ: बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारम...
कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

गर्मी याम सुरु हुनै लाग्दा कैलालीको चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेप...
शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको बताएका छन्। फेसबुकमार्फत उनले आन्दोलनमा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज