सामाजिक संजालमा बैंकदेखि व्यवसायसम्म विवादै विवादका प्रश्न: प्रतिनिधिसभा दौडमा सिंहमाथि विश्वासको संकटhttps://kamanatoday.com/2026/02/13/10/18/00/18406/
बझाङ : प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट उम्मेदवार बनेका शैलेस सिंह यतिबेला सामाजिक सञ्जाल र स्थानीय तहमा विभिन्न आर्थिक, व्यावसायिक तथा पारदर्शितासम्बन्धी प्रश्नहरूको घेरामा परेका छन् ।
सिंहले हालै सामाजिक सञ्जालमार्फत आफू सामान्य परिवारबाट संघर्ष गर्दै सफल व्यवसायी बनेको, इमान्दार कमाइबाट सम्पत्ति आर्जन गरेको, सयौँलाई रोजगारी र छात्रवृत्ति दिएको तथा आफूमाथि लगाइएका आरोपहरू ‘भ्रमपूर्ण’ भएको दाबी गरेका छन् । उनले बैंक सेवाकाल उत्कृष्ट रहेको भन्दै प्रमाणसमेत सार्वजनिक गरेका छन् । तर, उनको दाबी र सामाजिक सञ्जालमा उठिरहेका आरोपबीच स्पष्टता नआउँदा थप प्रश्न जन्मिएका छन् ।
सिंह केही वर्ष अघि मेघा बैंक लिमिटेडमा कार्यरत थिए । उनले छोटो समयमा पदोन्नति र पुरस्कार पाएको दाबी गर्दै आफू उत्कृष्ट कर्मचारी रहेको बताएका छन् । उनले सार्वजनिक गरेको अनुभव प्रमाणपत्रमा भ...


