आज १४ मार्च अर्थात विश्व मिर्गौला दिवस , सर्वप्रथम विश्व मिर्गौला दिवसको हार्दिक शुभकामना । अन्य मुलुकमा जस्तै आज हामीले पनि दिवस मनाई रहेका छौँ ।
मलाई के लाग्छ भने मिर्गौला जोगाउनका लागि भन्दै गरिने जनचेतनामुलक र्याली र प्रवचनले मात्रै अब पुग्दैन । यसका लागि नीगिगत रुपमा लचिलो हुन पनि जरुरी छ ।
किनभने बिरामीको लागि चाहिने रगत जसको पनि लिन पाइन्छ तर मिर्गौला चाँहि आफ्नो परिवार र नातागोताको मात्रै । यस्तो किन ? यसलाई पनि स्वेच्छिक दान गर्न मिल्ने नियम बनाउन सकिदैन ?
किनभने हामी सबैलाई थाहा छ स्वस्थ मान्छेले आफ्नो शरीरमा भएको दुई मिर्गौला मध्ये एक दान गर्दा शरीरलाई कुनै हानी हुँदैन ।
मिर्गौला दान गर्दा पनि व्यक्ति स्वस्थ जीवन जिउन सक्छ भने मिर्गौला दान गर्ने परिपाटीलाई किन साघुँरो घेरामा खुम्च्याउने ? ईच्छा भएकाहरुले दान गर्न किन नपाउने ? हो यसलाई धन्दाको रुपमा वा किनबेचको काम हुनु दिनु भएन । यसका लागि राज्य संयन्त्रले विशेष निगरानी गर्नु पर्दछ ।
मलाई लाग्छ यसो गर्न सकियो भने धेरै मानिसको जीवन जोगाउन सकिन्छ ।
आज विश्व मिर्गौला दिवस मनाई रहँदा एक पटक गम्भीर भएर यस तर्फ पनि सोचौँ है ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३