Advertisement

हाम्रो बारेमा

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्ग्याउन शीर्ष नेताको छलफल

समाचार
कैलाली - सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्ग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले छलफल गरेका छन् । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने सन्दर्भमा नेताहरूको छलफल भएको हो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताबिच छलफल भएको हो ।  छलफलमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार शीर्ष नेताले विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्ने सन्दर्भमा छलफल भएको छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडोभन्दा चाँडो टुङ्ग्याएर शान्ति प्रक्रियालाई निष्...

गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ : देउवा

समाचार
कैलाली -  नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताएका छन् ।   आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।   उनले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताए ।  उनले नेता स्व. भट्टराई कुनै पनि बद्नामले नछोएको व्यक्ति भएको बताए ।    उनले भने, "हाम्रो पार्टी प्रजातन्त्रप्रति आस्थावान् मात्रै होइन, प्रजातन्त्रलाई अझ सुदृढ गर्दै लगेर, गणतन्त्रलाई सुदृढ गर्दै लैजानका लागि अहिले पनि विभिन्न किसिमका कुराहरू आइरहेका छन् ।  अहिले पनि गणतन्त्रलाई कमजोर गर्नेकुरा भइरहेको छ ।  यस्ता विषयमा हामीले ध्यान दिनुपर्छ ।  गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न हाम्रो मुख्य...

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार
धनगढी - कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  धनगढी उपमहानगरपालिका–१८ इ गाउँमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाका २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार  चालक स्वयंले चलाएको से ५ प ४७७५ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते कामीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । टाउकोमा गम्भीर चोट लागेका कामीको उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता चन्दले बताए ।  दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।...

धनगढी उपमहानगरपालिका विरुद्ध सर्वोच्चमा रिट

समाचार
कैलाली - धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि २०८० विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।  कैलाली जग्गा तथा आवास विकास सङ्का अध्यक्ष उपेन्द्र अवस्थीले सो कार्यविधिविरुद्ध धनगढी उपमहानगरपालिकाको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका हुन् ।  नगर प्रमुखको एकलौटी निर्णयप्रति असन्तुष्टि जनाउँदै १९ वटै वडाका वडा अध्यक्ष एवम् कार्यपालिका सदस्यहरुले कार्यविधि खारेजीको माग गरेको र यसले जग्गा व्यवसायीलगायत धनगढीवासीलाई समेत अप्ठ्यारोमा पार्ने किसिमले निर्णय भएकोले रिट दिएको अवस्थीले उल्लेख गरे । मुद्दाको पेशी पुस ११ गते तोकिएको छ ।  यसैबीच, धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरुले प्रक्रिया विपरित कार्यविधि आएको भन्दै विरोध जनाएका छन् । उनीहरुले आज धनगढी उपमहानगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यविधि चोर बाटोबाट ल्याइएको जिकिर गरेका...

धनगढीमा मानवसेवा आश्रमद्वारा आयोजित आमा सेमिनार सम्पन्न

समाचार
धनगढी - धनगढीमा मानवसेवा आश्रम द्वारा आयोजित आमा सेमिनार सम्पन्न भएको छ ।  धनगढी उपमहानगरपालिका-४ मा रहेको रिद्धी सिद्धी पार्टी प्यालेसमा शनिबार आमा सेमिनार सम्पन्न भएको हो । मानवता प्रवर्द्धन महाअभियान लाई जोड दिएर आमा सेमिनार को आयोजना गरिएको मानव सेवा आश्रमका सुदूरपश्चिम संयोजक आदर्श ढकालले बताए । देशका विभिन्न स्थानमा गरिएको आमा सेमिनार शनिबार धनगढीमा पनि गरिएको उनले बताए । उक्त सेमिनारमा मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारी प्रमुख वक्ता रहेका थिए । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा  ७ सयभन्दा बढीको उपस्थित रहेको थियो ।...

धनगढी फुटबल लिग (डिएफएल) २०८० हुने

समाचार
धनगढी - कैलालीको धनगढीमा धनगढी फुटबल लिग (डिएफएल) हुने भएको छ ।  लिटल फ्लावर स्पोर्ट्स क्लब धनगढीले फागुन दोस्रो सातादेखि धनगढी फुटबल लिग (डिएफएल) २०८० को आयोजना गर्ने भएको हो । प्रतियोगिता विद्यालय स्तरीय हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सुदूरपश्चिमका १६ वटा विद्यालय टिमहरूको सहभागिता रहने छ ।  प्रतियोगिता लिग कम नक–आउट फर्म्याटमा खेलाइने आयोजकले जनाएको छ ।...
सञ्जिवनीले ल्यायो अत्याधुनिक प्रविधिको ‘थ्री टेस्ला एमआरआई’ मेसिन

सञ्जिवनीले ल्यायो अत्याधुनिक प्रविधिको ‘थ्री टेस्ला एमआरआई’ मेसिन

समाचार
काठमाडौं । महाराजगञ्जस्थित सञ्जिवनी इम्याजिङ हाउस प्रा.लिले अत्याधुनिक प्रविधिको ‘थ्री टेस्ला एमआरआई’ मेसिन सञ्चालनमा ल्याएको छ । सञ्जिबनीले आज (शनिबार)बाट एमआरआई मेसिन सञ्चालनमा ल्याएको हो । सञ्जिवनीका अनुसार यो मेसिन उच्च प्रविधिमा आधारित छ । जसले रोगको अवस्था तथा रोग पहिचानका लागि निकै उपयोगी हुने जनाइएको छ । सञ्जिवनीले सिटी स्क्यानको सेवा विगत २ वर्षदेखि दिँदै आइरहेको थियो । अब सिटी र एमआरआईलाई प्राथमिकतामा राख्दै सेवा दिँने सञ्निवनीले जनाएको छ ।...
फिजिसियन  डा. निराजन दत्त शर्मा सम्मानित !

फिजिसियन डा. निराजन दत्त शर्मा सम्मानित !

समाचार
धनगढि :- एनआरएनए छैटौँ फारवेस्ट पशुपति कपमा फिजीसियन डाक्टर नीराजन शर्मा सम्मानित भएका छन् ।  उनलाई शुक्रवार फारवेस्ट पशुपति कप उद्घाटन समारोहमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले सम्मान गरेका हुन्। ‘कैलालीको सेती प्रादेशिक अस्पतालमा कार्यरत शर्मालाई सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा योगदान गरेको भन्दै शर्मालाई सम्मान गरेको हो । उनको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गरी आगामी दिनमा समेत निरन्तर सहयोग प्राप्त हुने अपेक्षा आयोजक संस्थाले लिएको सम्मान पत्रमा उल्लेख छ।...

कैलालीलाई लागूऔषध हब बन्न नदिन प्रयास गर्नेछु : प्रजिअ मिश्र

समाचार
धनगढी - लागूऔषध दुर्व्यसन बढेको कैलालीलाई हब बन्न नदिने गरी आफूले हरसम्भव प्रयास गर्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले प्रतिबद्धता जनाएका छन् ।  कैलालीको जिम्मेवारी सम्हालेलगत्तै आज पत्रकारसँग भेटघाट गर्दै उनले लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन् । “मलाई थाहा छ, यो जिल्ला लागुऔषधको हब बन्दैछ । प्रयोगकर्ता र कारोबारी बढेका छन्” उनले भने, “लागुऔषधको हब बन्न नदिन मेरो हरसम्भव प्रयास रहनेछ ।” प्रमुख जिल्ला अधिकारी मिश्रले जिल्लाको शान्ति, सुरक्षा, सुव्यवस्था र सुशासनलाई कायम राख्न आफू यहाँ आएको बताए ।  प्रमुख जिल्ला अधिकारीले सार्वजनिक सेवालाई गुणस्तरीय बनाउनु आफ्नो दायित्व रहेको र त्यसको सुरुवात आफ्नै कार्यालयबाट गर्ने उल्लेख गरे ।  यसैगरी १०१ किलोमिटर नेपाल–भारत खुला सिमाना रहेकाले यहाँ भइरहेको अवैध चोरी, पैठारी नियन्त्रण गरे...

केएमसी सिर्जनशील क्लबद्वारा निबन्ध प्रतियोगिता सम्पन्न 

समाचार
धनगढी - केएमसी सिर्जनशील क्लबद्वारा निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा रहेको उक्त क्लबले आज शुक्रबार निबन्ध प्रतियोगिता गरेको हो । २४ जना सहभागी रहेको निबन्ध प्रतियोगितामा शिवराज उपाध्याय प्रथम भएका छन्  । त्यस्तै निर्मल भण्डारी दोस्रो, किरन कुमारी बुचामगर तेस्रो र अम्बिका महराले सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन् । क्लबकी अध्यक्ष निर्मला भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कैलाली बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष यमराज जोशीको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको निर्णायकमा कैलाली बहुमुखी क्याम्पसका उप-प्राध्यापक बासुदेव बिष्ट रहेका थिए ।...

बजरंगबली सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारण सभा सम्पन्न 

समाचार
मिलन साउद, जोशिपुर - बजरंगबली सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारण सभा सम्पन्न भएको छ । कैलालिको जोशिपुरमा-१ मा रहेको श्री जय बजरंगबली सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारण सभा तथा सार्वजनिक  सुनुवाइ कार्यक्रम आज शुक्रबार सम्पन्न भएको हो । दुर्गा चौधरी सञ्चालक रहेको उक्त कार्यक्रममा जय बजरंगबली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोक बहादुर कठरियाको अध्यक्षता रहेकोे थियो भने जोशिपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम चन्द्र चौधरीको प्रमुख आतिथ्यता रहेकोे थियो । त्यस्तै कार्यक्रममा वन उपभोक्ता समूहका अन्य पदाधिकारी र स्थानीयको उपस्थिति रहेको थियो ।...
नेपाल औषधि उत्पादक संघ को आयोजनामा नवौं फर्मा एक्स्पो भरतपुरमा हुँदै,

नेपाल औषधि उत्पादक संघ को आयोजनामा नवौं फर्मा एक्स्पो भरतपुरमा हुँदै,

समाचार
नवौं नेपाल फर्मा एक्स्पो भरतपुरमा हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा नवौं फर्मा एक्स्पो २०२४ चितवन एक्स्पो सेन्टर, भरतपुरमा मार्च ८ देखि १० सम्म (२०८० फाल्गुन २५ देखि २७) सम्म आयोजना हुने भएको छ। एक्स्पो तीन दिन सञ्चालन हुनेछ।   धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई एक्स्पोमा देखाइने छ। एक्स्पोमा नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिको अगुवाईलाई मुख्य नारा बनाइएको छ। एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहने  र जसमध्ये नेपाल, भारत, सिंगापुर, बंगलादेशका प्रदर्शन बढी हुने आयोजकले जनाएको छ। प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पो  नेपालका औषधि उद्योगलाई अगाडि बढाउनको लागि समर्पित रहेको आयोजकले दाबी गरेको छ। 'एक्स्पो ज्ञान आदनप्रदान, सहकार्यसँगै यस क्षेत्रको बृद्धि र विकासको लागि नवीनतम प्रयोगको रुपमा रहने छ' एक्स्पो संयोजक प्रभा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज