
धनगढी – धनगढीमा मानवसेवा आश्रम द्वारा आयोजित आमा सेमिनार सम्पन्न भएको छ ।
धनगढी उपमहानगरपालिका-४ मा रहेको रिद्धी सिद्धी पार्टी प्यालेसमा शनिबार आमा सेमिनार सम्पन्न भएको हो ।
मानवता प्रवर्द्धन महाअभियान लाई जोड दिएर आमा सेमिनार को आयोजना गरिएको मानव सेवा आश्रमका सुदूरपश्चिम संयोजक आदर्श ढकालले बताए ।
देशका विभिन्न स्थानमा गरिएको आमा सेमिनार शनिबार धनगढीमा पनि गरिएको उनले बताए ।
उक्त सेमिनारमा मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारी प्रमुख वक्ता रहेका थिए ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ७ सयभन्दा बढीको उपस्थित रहेको थियो ।