
मिलन साउद, जोशिपुर – बजरंगबली सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारण सभा सम्पन्न भएको छ ।
कैलालिको जोशिपुरमा-१ मा रहेको श्री जय बजरंगबली सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम आज शुक्रबार सम्पन्न भएको हो ।
दुर्गा चौधरी सञ्चालक रहेको उक्त कार्यक्रममा जय बजरंगबली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोक बहादुर कठरियाको अध्यक्षता रहेकोे थियो भने जोशिपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम चन्द्र चौधरीको प्रमुख आतिथ्यता रहेकोे थियो ।
त्यस्तै कार्यक्रममा वन उपभोक्ता समूहका अन्य पदाधिकारी र स्थानीयको उपस्थिति रहेको थियो ।

