Advertisement
Sunday, July 13

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्ग्याउन शीर्ष नेताको छलफल

Advertisement

कैलाली – सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्ग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले छलफल गरेका छन् ।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने सन्दर्भमा नेताहरूको छलफल भएको हो ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताबिच छलफल भएको हो । 

छलफलमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार शीर्ष नेताले विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्ने सन्दर्भमा छलफल भएको छ ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडोभन्दा चाँडो टुङ्ग्याएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी छलफल अगाडि बढेको उनले बताए । 

तीन शीर्ष नेताबिच भोलि (सोमबार) दिउँसो साढे चार बजे पुनः बालुवाटारमा बैठक बस्ने प्रमुख सचेतक लेखकले जानकारी दिए । 

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको...
अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

गोविन्द बोहरा, युएई- अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले प्रेमबहादुर बोगटी (भीम) को अध्यक्षत...
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक म...
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपा...
बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी– बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ...
बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बझाङ- बुङ्गल हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले ...
भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनक...
बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडी- बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज