Advertisement

हाम्रो बारेमा

बससँग ठोक्किएर मोटरसाइकल सवार २ जनाको मृत्यु

समाचार
कैलाली - वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान सवा आठ बजे बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए । बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।...

‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ : राष्ट्रपति

समाचार
कैलाली - राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् ।  ‘क्रिसमस डे’ का अवसरमा उनले आज  यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए ।  राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए । विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने बताएका छन् ।...

बाजुरामा मिलको सापटमा चुन्नी बेरिँदा एक बालिकाको मृत्यु 

समाचार
धनगढी - बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु भएको छ ।  बुढिगंगा नगरपालिका-८ देउलिसैनका लोकेन्द्र रावलकी ५ वर्षीया छोरी आचल रावलको आइतवार साँझ मृत्यु भएको हो । सोही ठाँउ स्थित भरत नेपालीले सञ्चालन गरेको मिलको पछाडीको सापटमा बालिकाकोे चुन्नी बेरीई टाउकोमा चोट लागेर उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।...

बझाङमा एक युवक आफ्नै कोठामा मृत फेला

समाचार
बझाङ - बझाङमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बझाङको मष्टा गाउँपालिका- ४ घर भई हाल सदरमुकाम चैनपुरमा डेरा गरि बस्ने २२ वर्षीय कलक कठायत मृत फेला परेका हुन् । आइतबार साँझ साढे आठ बजे तिर उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएपछि मृतकका दाई सुशिल कठायतले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु

समाचार
डडेल्धुरा - डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलमा करेन्ट लागेर अन्दाजी ५० वर्षीय मकरबहादुर शाहीको मृत्यु भएको हो । रुखमा चढेर घाँस काट्ने क्रममा आइतबार साझ विद्युतको लाइनमा छुन गई करेन्ट लागेर रुखबाट खसेर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार
धनगढी - कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  आइतबार साँझ मोटरसाइकल चालक कैलारी गाउँपालिका ९ गदरियाका ४३ वर्षीय रतीराम चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो । भजनी नगरपालिका ७ हिम्मतपुर स्थित हुलाकी सडक–खण्डमा सुदूरपश्चिम प्रदेश ०१००११ प ८०४० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटना सम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको  छ ।...

आज क्रिसमस : क्रिश्चियन धर्मावलम्बीले धुमधामकासाथ मनाउँदै

समाचार
धनगढी - क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।  दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा ईस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।...

कञ्चनपुरको पुरैनी तालमा २८ प्रजातिका आगन्तुक चरा

समाचार
धनगढी - कञ्चनपुरस्थित पुरैनी तालमा यस वर्ष २८ प्रजातिका आगन्तुक चरा भेटिएका छन् ।  उत्तरी चीन, मङ्गोलिया, रुसलगायतबाट हिउँदे आगन्तुक जलपन्छी यहाँ आएका हुन् ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिर बेलौरी नगरपालिका–६ स्थित भुराकोटमा रहेको यो ताल २८ बिघा जमिनमा फैलिएको छ ।  तालमा सुनजुरे हाँस, मालक, कालीजुरे, हरियो टाउके, सिन्दुरे, बिजुलागैरो, खडखडे, बेल्चाठुँडे हाँससहित श्वेताँखीभौं, सुईरो, सिउरे डुबुल्की चरा, ठुलो जलेवा लगायतका आगन्तुक चरा यसवर्ष आएको चराविद् हिरुलाल डङ्गौराले जनाए ।  पुरैनी तालमा आगन्तुक र स्थानीयस्तरमा पाइने गरेर ५५ प्रजातिका जलपन्छी पाइने गरेको जनाइएको छ । यो तालमा देखिएकामध्ये कैलेटाउके हाँस, सारस विश्वमै दुर्लभ र भुँडीफोर गरुड सङ्कटको नजिक रहेको पन्छी हुन् ।    “ठुला सिमसारभन्दा तुलनात्मक रूपमा कम क्षेत्रफल रहेको पुरैनी ...

बर्दगोरियाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीको बिदाई

समाचार
तपेन्द्र ढुङ्गाना, बर्दगोरिया - बर्दगोरिया गाउँपालिकाका सेवा निवृत्त भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीको बिदाई गरिएको छ । आईतवार गाउँपालिकाको  कार्यालयमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष गणेश राज गिरिले मायाको चिनो र दोसल्ला ओढाएर प्रमुख प्रशासकीय अधिकृत कार्कीको बिदाई गरेका हुन् । बिदाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले प्रमुख प्रशासकीय अधिकृत कार्कीको कार्यकालको प्रसंशा गरेका छन् ।  उनले आगामी दिनमा सल्लाह सुझाव सहित सहयोग जारी राख्न आग्रह गर्दै करिब ५ बर्ष ७ महिना प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दा कार्कीको महत्वपूर्ण भूमिका रहेको बताए ।  सेवा निवृत्त प्रमुख प्रशासकीय अधिकृत कार्कीले आगामी दिनमा पालिकालाई अझ विकासका दृष्टिकोणले नमूना भएको हेर्ने चाहना रहेको बताएका छन् । कार्क...

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : सुदूरपश्चिम र बाग्मती विजयी

समाचार
कैलाली - सुदूरपश्चिम र बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार जित निकालेका छन् ।  त्रिवि मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ८१ रनले हरायो । सुदूरपश्चिमको यो दोस्रो जित हो । कर्णालीले लगातार तेस्रो हार खेपेको छ ।  जितको लागि १ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ७० रन बनायो ।  यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । यस्तै मूलपानी मैदानमा भएको अर्को खेलमा बागमतीले गण्डकी प्रदेशलाई चार विकेटले हरायो ।  बागमतीको यो दोस्रो जित हो । जितको लागि १ सय १३ रनको मध्यम लक्ष्य पछ्याएको बागमतीले १८.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २०...

एमाले सांसद काेइरीकाे निलम्बन फुकुवा

समाचार
कैलाली – नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको सांसद पदको निलम्बन फुकुवा भएको छ ।  सभामुख देवराज घिमिरेले आज आइतवार सांसद कोइरीको निलम्बन फुकुवा गरेका हुन् । हत्या अभियोग लागेका सांसद कोइरीलाई सभामुख घिमिरेले गएको वैशाख १९ गते निलम्बन गरेका थिए । त्यति बेला हत्या अभियोगमा सांसद कोइरीविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा विचाराधीन थियो । त्याे मुद्दामा जिल्ला अदालतले पुस ४ गते सांसद कोइरीलाई सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए । कोइरी गएको वर्ष भएको प्रतिनिधिसभाको चुनावमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।...

रविलाई मकैको खोया हान्ने युवकलाई १० दिन हिरासतमा राखिने

समाचार
कैलाली - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार पोखरामा खोया प्रहार गर्ने युवकलाई प्रहरीले १० दिन हिरासतमा राख्ने भएको छ ।  सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । शनिबार सभामा रविले बोल्दै गर्दा लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए । प्रहरीले राइनासबाट उनको विवरण मगाएर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । रास्वपा सभापति रवि लामिछानेले खोया हान्ने व्यक्तिलाई केही नगर्न आग्रह गरेका थिए ।  तर, प्रहरीले रास्वपा वा कुनै व्यक्तिको उजुरीका आधारमा नभई प्रहरी प्रतिवेदनका आधारमा मुद्दा अगाडि बढाइएको एसपी थापाले बताए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज