Advertisement

हाम्रो बारेमा

कैलालीमा एक लाख बढीका अवैध सामानसहित एक युवक पक्राउ 

समाचार
धनगढी - कैलालीमा एक लाख बढीका अवैध सामानसहित एक युवक पक्राउ परेका छन् ।  जिल्लाको कैलारी गाउँपालिका-३ शिवरत्नपुरका २२ वर्षीय डिगम्बर चौधरी मंगलवार दिउँसो अवैध सामानसहित पक्राउ परेका हुन् । भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ११ हजार ३ सय ५० मूल्य बराबरको चप्पल, जुत्ता, मोजा, हातको पन्जा, लेडीज कपडा, मोटरसाईकल १ थानसहित चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...

धनगढीका लागि उडेका जहाज सुर्खेतमा अवतरण

समाचार
धनगढी - काठमाडौंबाट धनगढीका लागि उडेका जहाज सुर्खेतमा अवतरण गरिएको छ । धनगढीका लागि उडेको बुद्ध र श्री एयरको जहाज सुर्खेतमा अवतरण गरिएको हो । खराब मौसमका कारण ती जहाजहरुको अवतरण सुर्खेतमा गरिएको हो । १० बजेतिर धनगढीमा अवतरण गर्ने समय भए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ । मौसमी खराबीका कारण ती जहाजहरु धनगढीमा अवतरण हुन नसकेर उतै सुर्खेतमा आकस्मिक अवतरण गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए ।...
अनेरास्ववियु सुदूरपश्चिमको अधिवेशन सुरु , अध्यक्षमा रोकाया र राई को दाबी

अनेरास्ववियु सुदूरपश्चिमको अधिवेशन सुरु , अध्यक्षमा रोकाया र राई को दाबी

समाचार
कैलाली । नेकपा एकालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय  स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु  सुदूरपश्चिम प्रदेश कमिटीको आजबाट पहिलो प्रदेश अधिवेशन सुरु भएको छ । आज धनगढीमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले अधिवेशनको उद्घाटन गर्ने प्रदेश संयोजक मनोज राईले जानकारी दिए।  अधिवेशनको उद्घाटन समारोहमा एमालेका स्थायी कमिटी सदस्य सहित अनेरास्ववियुका केन्द्रीय पदाधिकारी समेत धनगढी पुगिसेका छन् । सुदूरपश्चिम प्रदेशका करिब २५० जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने छन् ।  आज र भोली जारी रहने अधिवेशनबाट प्रदेशले नयाँ नेतृत्व पाउने भएको छ।  अध्यक्षमा दुई जना अहिले सम्म अनेरास्ववियु अध्यक्षका लागि २ जनाको दाबी देखिको छ । अहिले संयोजक रहेका मनोज राई र सह संयोजक रहेका कमल रोकायाले अध्यक्ष पदमा दाबी गरेको ...

विश्व साइकल यात्रामा निस्किए कर्णालीका तीन युवा 

समाचार
धनगढी - कर्णाली प्रदेशका तीन युवा साईकलमार्फत विश्व भ्रमणमा निस्किएका छन्  ।  जसमा मुगुका एक जना अजय मल्ल रहेका छन् भने दैलेखका दुई जना केशव प्रसाद रिजाल र सनत प्रसाद रेग्मी रहेका छन् ।  उनीहरु नेपालको पर्यावरण संरक्षणको साथै  पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याई  नेपाललाई विश्व सामु चिनाउने उद्देश्यका साथ विश्व साईकल यात्रामा निस्किएका हुन् । काठमाडौंको पशुपतिनाथबाट साईकल यात्रा शुरू गरि भारत, पाकिस्तान, लावस, थाइल्याण्ड, भुटान, बंगलादेश, चिन, लगायतका देशहरूको भ्रमण गर्ने कार्यतालिका रहेको बताइएको छ ।...

सुदूरपश्चिम प्रदेशसभा : विषयगत समितिका सभापति चयन आज

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो । प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार समितिका सभापति पदका प्रत्यासीले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभामा सार्वजनिक लेखा, विधायन तथा प्रदेश मामिला, अर्थ विकास तथा प्राकृतिक स्रोत र सामाजिक समिति छन् । यसबाहेक ‘विषेश अधिकार’ समिति थप गर्ने तयारी भएको जनाइएको छ । प्रमुख दलहरूबीच भएको सहमतिअनुसार विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका देवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)की माया पन्त, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सार्वजनिक लेखा समितिक...

बलात्कार मुद्दामा दोषी ठहर लामिछानेको सजाय आज तोकिँदै

समाचार
काठमाडौँ - बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय आज तोकिँदै छ ।  काठमाडौँ जिल्ला अदालतले आज उनीमाथि सजाय तोक्ने अदालत स्राेतले जनाएकाे हो ।  यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।  लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।...

कैलालीको गोदावरीमा चितुवा मृत फेला 

समाचार
धनगढी - कैलालीको गोदावरीमा चितुवा मृत फेला परेको छ । गोदावरी नगरपालिका-६ लालपुर स्थित चाटिया समुदायिक वनमा मंगलवार दिउँसो चितुवा मृत अवस्थामा फेला परेको हो ।  ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त मृत चितुवालाई ईलाका वन कार्यालय अत्तरियाको जिम्मा लगाइएको जनाइएको छ ।

धनगढीका सामुदायिक विद्यालय नमुना बनाउन केयूसँग पाँच वर्षको सम्झौता

समाचार
धनगढी - धनगढीका सामुदायिक विद्यालय नमुना बनाउन काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरिएको छ ।  यो वर्ष घोषणा गरिएका पाँच र आगामी वर्षबाट नमुना बनाउने पाँच विद्यालयको गुणस्तरीय तथा प्राविधिक शिक्षालाई प्रभावकारी कार्यान्वयन गर्न सम्झौता गरिएको हो । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र काठमाडौँ विश्व विद्यालयका उप–कुलपति प्रा. डा. भोला थापाले पाँच वर्षको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । गुणस्तरीय तथा समावेशी शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन र धनगढी उप–महानगरपालिकाबिच सहमति भएको हो । पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि आज दुई संस्थाबीच सहमति भएको छ । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सीपीईसी युनिट मार्फत कार्यक्रमलाई कार्यान्वयन गर्ने छ । कार्यक्रमको सुरुवातमा सीपीईसी युनिटले धनगढी उप–महानगरपालिका अन्तर्गतका विद्यालयहरूमा...

धनगढीको एक फर्ममा आगलागी हुँदा ६ लाखको क्षति 

समाचार
धनगढी - कैलालीको धनगढीमा रहेको एक कृषि तथा पशुपंक्षी फर्ममा आगलागी भएको छ ।  धनगढी उपमहानगरपालिका-१३ एकता टोल स्थित जंगबहादुर चौधरीले सञ्चालन गरेको सुदूरपश्चिम कृषि तथा पशुपंक्षी फर्ममा अचानक विद्युतको तार सर्ट भएर मंगलवार साँझ आगलागी भएको हो । आगलागी हुँदा फर्म भित्र रहेका बोईलर कुखुराको चल्ला, दाना, भुसा, चारो खुवाउने भाँडा लगायतका सामान ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएर आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...

बाजुरामा सुत्केरीको उपचारका क्रममा मृत्यु

समाचार
बाजुरा - बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ ।  बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो ।  हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा.रञ्जित शाहले जानकारी दिए ।  उनी यही पुस १२ गते गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् । सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उनको परिवारले थप उपचारका लागि कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको डा.शाहले बताए । सुत्केरीपछि बुढामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो । समयमै उपचारका लागि सुविधायुक्त अस्पताल लैजान सकेको भए उनलाई बचाउन सकिने चिकित्सकको भनाइ छ । शिशुको अवस्था भने सामान्य रहेको डा.शाहले बता...

वैदेशिक रोजगारीमा ठगीको आरोपमा चारजना पक्राउ

समाचार
काठमाडौं - वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पठाइदिन्छु भनी ठगी गर्ने चारजना पक्राउ परेका छन् ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार रोजगारका लागि विभिन्न देशमा पठाउने प्रलोभन पारी पटक पटक गरेर रकम ठगी गरेको आरोपमा चारजना पक्राउ गरी अनुसन्धानका लागि पठाइएको छ ।   पक्राउ पर्नेमा सर्बिया पठाइदिन्छु भनी रकम ठगी गर्ने उदयपुर कटारी नपा वडा न‌ १ घर भई हाल ललितपुरको च्यासल बस्ने ४२ वर्षका विकास कुमार घले र ३९ वर्षीय सञ्जय लामा छन् । लामा र घलेलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाही लागि जिल्ला प्रहरी परिसर टेकु पठाइसकेको रेग्मीले बताए । लामा र घलेले टोकियो ओभरसिस दर्ता गरी सरिता घलानलाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाए बापत प्रतिव्यक्ति नौ लाख लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनी एक ल...

बर्दगोरियाको छतिवना वनको २२ औं साधारण सभा सम्पन्न, अध्यक्षमा करन चौधरी पुनः चयन 

समाचार
बर्दगोरिया - कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ र ६ मा रहेको छतिवना सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारण सभा सम्पन्न भएको छ ।  समूहका अध्यक्ष करन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका  बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बिशिस्ट अतिथिमा वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु रहेका थिए । सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष लाल बहादुर कठरियाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा समाजसेवी, डाक्टर राम बहादुर चौधरी, सामुदायिक वन उपभोक्ता महासंघका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष टेक बहादुर थापाको उपस्थिति रहेको थियो । समूहका कार्यालय सचिव लहानु चौधरीले आर्थिक वर्ष २०७९/०८० को ७ लाख, ८२ हजार बराबरको आय व्यय प्रस्तुत गरेका थिए । साधारण सभाले करन चौधरीलाई पुन: अध्यक्ष पदमा चयन गरेको छ । यसैगरी उपाध्यक्षम...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज