
बर्दगोरिया – कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ र ६ मा रहेको छतिवना सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारण सभा सम्पन्न भएको छ ।
समूहका अध्यक्ष करन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बिशिस्ट अतिथिमा वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु रहेका थिए ।
सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष लाल बहादुर कठरियाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा समाजसेवी, डाक्टर राम बहादुर चौधरी, सामुदायिक वन उपभोक्ता महासंघका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष टेक बहादुर थापाको उपस्थिति रहेको थियो ।
समूहका कार्यालय सचिव लहानु चौधरीले आर्थिक वर्ष २०७९/०८० को ७ लाख, ८२ हजार बराबरको आय व्यय प्रस्तुत गरेका थिए ।

साधारण सभाले करन चौधरीलाई पुन: अध्यक्ष पदमा चयन गरेको छ । यसैगरी उपाध्यक्षमा रिता चौधरी, सचिवमा सिमा चौधरी, कोषाध्यक्षमा श्रीमती देवि कठरिया र सह-सचिवमा सागर चौधरी चयन भएका छन् ।
सामुदायिक वन उपभोक्ता समुहको १५ सदस्यीय कार्यसमिति सदस्य चयन भएको हो । सामुदायिक बनको सदस्यहरुमा प्रतिभा डगौरा, परशुराम चौधरी, चुन्की देवि चौधरी , जनका देवि चौधरी, वीर बहादुर चौधरी, सीता देवि चौधरी, शान्ती देवि चौधरी, श्याम दयाल चौधरी, सिताराम चौधरी, दिल बहादुर भुल र गौरा अवस्थी चयन भएका छन् ।