
धनगढी – कैलालीमा एक लाख बढीका अवैध सामानसहित एक युवक पक्राउ परेका छन् ।
जिल्लाको कैलारी गाउँपालिका-३ शिवरत्नपुरका २२ वर्षीय डिगम्बर चौधरी मंगलवार दिउँसो अवैध सामानसहित पक्राउ परेका हुन् ।
भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ११ हजार ३ सय ५० मूल्य बराबरको चप्पल, जुत्ता, मोजा, हातको पन्जा, लेडीज कपडा, मोटरसाईकल १ थानसहित चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


