
धनगढी – कैलालीको गोदावरीमा चितुवा मृत फेला परेको छ ।
गोदावरी नगरपालिका-६ लालपुर स्थित चाटिया समुदायिक वनमा मंगलवार दिउँसो चितुवा मृत अवस्थामा फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त मृत चितुवालाई ईलाका वन कार्यालय अत्तरियाको जिम्मा लगाइएको जनाइएको छ ।


