Advertisement

अनेरास्ववियु सुदूरपश्चिमको अधिवेशन सुरु , अध्यक्षमा रोकाया र राई को दाबी

Advertisement

कैलाली । नेकपा एकालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय  स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु  सुदूरपश्चिम प्रदेश कमिटीको आजबाट पहिलो प्रदेश अधिवेशन सुरु भएको छ । आज धनगढीमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले अधिवेशनको उद्घाटन गर्ने प्रदेश संयोजक मनोज राईले जानकारी दिए। 

ad

अधिवेशनको उद्घाटन समारोहमा एमालेका स्थायी कमिटी सदस्य सहित अनेरास्ववियुका केन्द्रीय पदाधिकारी समेत धनगढी पुगिसेका छन् । सुदूरपश्चिम प्रदेशका करिब २५० जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने छन् ।  आज र भोली जारी रहने अधिवेशनबाट प्रदेशले नयाँ नेतृत्व पाउने भएको छ। 

अध्यक्षमा दुई जना

अहिले सम्म अनेरास्ववियु अध्यक्षका लागि २ जनाको दाबी देखिको छ । अहिले संयोजक रहेका मनोज राई र सह संयोजक रहेका कमल रोकायाले अध्यक्ष पदमा दाबी गरेको अनेरास्ववियु केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज दीपक धामीले जानकारी दिए । आकांक्षी धेरै भए पनि नेतृत्व सर्वसम्मत रूपले चयन गरिने उनले बताए । 

‘अहिले सम्म २ जनाको दाबी गरिएको छ हामी सर्वसम्मत नेतृत्व  चयन गर्छौ ’उनले भने।

अध्यक्षमा दाबी गरेका अहिलेका संयोजक मनोज राई कैलाली जिल्ला पार्टी सदस्य पनि हुन् । उनले आफूले संयोजक भएर राम्रो काम गरेको भन्दै फेरी पनि सर्वसम्मत नेतृत्व चयन हुने बताए ।   ‘हामीले धेरै नयाँ र सृजनशील काम गरेका छौँ । यसलाई अझै निरन्तरता दिनु छ’ उनले भने ।

अर्का आकांक्षी कमल रोकाया पनि कञ्चनपुर पार्टी जिल्ला कमिटी सदस्य हुन् । उनले सुदूरपश्चिमको अनेरास्ववियुलाई देशमै उत्कृष्ट र नमुना बनाउन आफूले दाबी गरेको बताए । ‘हामी देशभरीनै पहिलो हुनुपर्छ म सुदूरपश्चिम अखिललाई पहिलो बनाउने अभियान सहित अध्यक्षको आकांक्षी हु’ उनले भने ।

श्रावण २८ गते कञ्चनपुरको युवा संघको अधिवेशनमा विवाद भएपछि रोकाया सहितकालाई कारबाही गरिएको थियो । केन्द्रीय सङ्गठन विभागले कारबाही फुकुवा गरेसँगै रोकायाले आफू नेतृत्व लिने गरी तयारी गरेको बताउँछन् ।

‘कञ्चनपुरको युवा संघ विवादमा कारबाही भएको सबैको कारबाही फुकुवा भएको छ’ सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए।

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

धनगढी- अछाममा दुई किशोरीको हत्यामा संलग्न दुई किशोरलाई बाल सुधार गृह पठाएको छ। ढकारी गाउँपालिका-८ पल्साताकी १४ वर्षीया इशरा खड्का ...
विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

डडेल्धुरा- डडेल्धुरामा विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध देखापरेका छन् । जिल्लाको परशुराम नगरपालिका- ६ सिमलखेतमा आज विहान ४ ...
दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

जनकपुरधाम— सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । वडा...
५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । ...
नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

धनगढी- कैलालीमा नवजीवन सहकारी संस्था लिमिटेडले आफैंले उत्पादन गरेको चामल बिक्रि वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशकै ठुलो सहक...
कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

धनगढी- कैलालीमा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ परेका छन्। विद्युत् प्राधिकरणको धनगढी वितरण के...
बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–११ का वडासदस्य पदमराज जोशीले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि आवश्यक पर्ने सुचकहरू पूरा गर्...
आज देशका केही स्थानमा वर्षाको सम्भावना

आज देशका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज