
धनगढी – कर्णाली प्रदेशका तीन युवा साईकलमार्फत विश्व भ्रमणमा निस्किएका छन् ।
जसमा मुगुका एक जना अजय मल्ल रहेका छन् भने दैलेखका दुई जना केशव प्रसाद रिजाल र सनत प्रसाद रेग्मी रहेका छन् ।
उनीहरु नेपालको पर्यावरण संरक्षणको साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याई नेपाललाई विश्व सामु चिनाउने उद्देश्यका साथ विश्व साईकल यात्रामा निस्किएका हुन् ।
काठमाडौंको पशुपतिनाथबाट साईकल यात्रा शुरू गरि भारत, पाकिस्तान, लावस, थाइल्याण्ड, भुटान, बंगलादेश, चिन, लगायतका देशहरूको भ्रमण गर्ने कार्यतालिका रहेको बताइएको छ ।

