Advertisement
Sunday, July 13

वैदेशिक रोजगारीमा ठगीको आरोपमा चारजना पक्राउ

Advertisement

काठमाडौं – वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पठाइदिन्छु भनी ठगी गर्ने चारजना पक्राउ परेका छन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार रोजगारका लागि विभिन्न देशमा पठाउने प्रलोभन पारी पटक पटक गरेर रकम ठगी गरेको आरोपमा चारजना पक्राउ गरी अनुसन्धानका लागि पठाइएको छ ।  

पक्राउ पर्नेमा सर्बिया पठाइदिन्छु भनी रकम ठगी गर्ने उदयपुर कटारी नपा वडा न‌ १ घर भई हाल ललितपुरको च्यासल बस्ने ४२ वर्षका विकास कुमार घले र ३९ वर्षीय सञ्जय लामा छन् । लामा र घलेलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाही लागि जिल्ला प्रहरी परिसर टेकु पठाइसकेको रेग्मीले बताए ।

लामा र घलेले टोकियो ओभरसिस दर्ता गरी सरिता घलानलाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाए बापत प्रतिव्यक्ति नौ लाख लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनी एक लाख तलब हुन्छ भनी प्रलोभनमा पारेको आरोप छ । निजले पीडितबाट पटक पटक गरी जम्मा आठ लाख ९० हजार लिएको उल्लेख छ । 

त्यसैगरी, पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने दोलखा भीमेश्वर न.पा. वडा नं.५ घर भई हाल जिल्ला काठमाडौँ तार्केश्वर न.पा. वडा नं. ८ जरंखु बस्ने ३० वर्षीय पूजा श्रेष्ठलाई पनि  पक्राउ गरिएको छ ।श्रेष्ठले कला पुनलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भनी पटक पटक गरी दुई लाख पन्ध्र हजार रुपियाँ लिई सम्पर्क विहीन भई ठगी गरेकाले पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । प्रहरी टोलीले श्रेष्ठलाई नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

त्यस्तै, मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने रौतहट बुद्धावन न पा वडा नं‍ ४ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका वडा नं‍‍ ३१ शान्तिनगर बस्ने ३२ वर्षीय विन्दालाल शाह कानुले नरेश शाह कानुलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको छ । शाहलाई सिनामंगलबाट पक्राउ गरिएको हो । 

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको...
अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

गोविन्द बोहरा, युएई- अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले प्रेमबहादुर बोगटी (भीम) को अध्यक्षत...
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक म...
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपा...
बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी– बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ...
बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बझाङ- बुङ्गल हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले ...
भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनक...
बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडी- बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज