Advertisement

हाम्रो बारेमा

भारत घुम्न गएका एक नेपाली तीर्थयात्रीको मृत्यु

समाचार
धनगढी - भारतका विभिन्न तीर्थस्थल पुगी फर्कने क्रममा बाराका एक तीर्थयात्रीको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले मृत्यु हुनेमा महागढीमाई नगरपालिका-६ लक्षुमनवा टोलका ७५ वर्षे गणेशप्रसाद कुशवाहा रहेको जानकारी दिए ।   करिब एक सय जनाको समूहसहित कुशवाह २५ दिनअघि धार्मिक यात्रामा निस्किएको थिए । भारतका विभिन्न तीर्थस्थल पुगी भारतको आदापुरबाट पैदल फर्किने क्रममा उनी कलैया उपमहानगरपालिका-१२ स्थित नेरा आधारभूत विद्यालयमा विश्राम गरेका थिए । उनी हिजो खाना खाएर सुतेको र आज बिहान नित्यकर्म तथा पूजापाठ गरिसकेपछि बिरामी परेका थियो र उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । उनको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

नेपालले आयरल्यान्ड ‘ए’ टिमसँग आठ खेल खेल्ने

समाचार
धनगढी - नेपाल राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोलीसँग आठ खेल खेल्ने भएको छ।  नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ टोली नेपाल भ्रमणमा आउने र आठ खेल हुने जनाएको छ। नेपालको सिनियर टोली र ‘ए’ टिमले आठ खेल खेल्नेछन्।  आइसिसी वरीयताको टेस्टतर्फ आयरल्यान्ड १२औँ स्थानमा छ। एकदिवसीयतर्फ १३औँ स्थानमा छ। नेपाल भने एकदिवसीयतर्फ १५औँ स्थानमा छ।  क्यानका अनुसार नेपालको सिनियर टोलीले पहिलो दुई खेल टी–२० फर्म्याटमा खेल्नेछ। खेल ११ र १२ चैतमा हुनेछ।  दुई दिनको विश्रामपछि नेपालको ‘ए’ टिमले तीन टी–२० खेल खेल्नेछन्। चैत १५, १६ र १७ गते लगातार हुनेछ।  यस्तै, नेपालको ‘ए’ टिमले २१ चैतदेखि ६ दिनको बीचमा तीन एकदिवसीय खेल खेल्ने तालिका छ। खेल २१, २३ र २५ चैतमा हुनेछन्। क्यानले कुन मैदानमा खेलाउने भनेर निर्णय गरेको छैन।...

देशका अधिकांश स्थानमा वर्षा, सोमबारदेखि मौसममा सुधार हुने 

समाचार
धनगढी - आज देशभर प्रिमनसुन वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो । महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भू–भागबाहेक देशभर वर्षा भएको छ । “मार्च १ तारिखदेखि नै प्रिमनसुन सुरु भइसकेकाले यो प्रिमनसुन वर्षा हो । आज प्रिमनसुन गतिविधि पनि देखियो, चट्याङसहित वर्षा भएको छ ।” प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन/चट्याङसहित वर्षा हुने मौसमविद् पुडासैनीको भनाइ छ । मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन महिना मानिन्छ। नेपालमा सामान्यतयाः मनसुन भित्रिने समय जुन १० तारिख भए पनि कुनै वर्ष केही दिन ढिलो वा चाँडो मनसुन भित्रिने गरेको मौसमविद्को भनाइ छ। अघिल्लो वर्ष जुन १४ तारिखमा नेपालमा मनसुन भित्रिएको थियो। महाशाखाका...

संरक्षणको प्रतीक्षामा कञ्चनपुरको पुरैनी ताल

समाचार
कञ्चनपुर - बेलौरी नगरपालिका( ६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन्।  ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ। ताल वरिपरिको सीमसार क्षेत्रमा आहार खोज्दै गरेका बथानका बथान चरा अवलोकनसँगै मोबाइलमा सेल्फी खिच्नेहरू पनि ताल क्षेत्रमा पुग्ने गर्दछन्।  तालमा डुबुल्की मार्दै आहारा खोज्दै गरेका चराको गतिविधि हेर्न लायक हुने गरेको छ। चराको अनुसन्धान गर्नेहरूका लागि यो तालले विशेष महत्त्व राख्दछ। ताल २९ बिघा क्षेत्रफलमा फैलिएको छ। ताल क्षेत्रमा आगन्तुक चराहरू उत्तरी ध्रुवमा चिसो बढ्दै गएपछि घण्टाको उडान गरी हिमाल छिचोल्दै पुग्ने गर्दछन्।  कात्तिक महिनादेखि नै प्रवासी चराको ताल क्षेत्रमा चहलपहल सुरु हुने गरेको स्थानीय बासिन्दा वीरबहादुर रावलले बताए। ‘तालमा धेरै चराका प...

सुदूरपश्चिमसहित तीन विश्वविद्यालय उपकुलपतिविहीन

समाचार
धनगढी - तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् ।  यसअघि नियुक्त भएका उपकुलपतिको चारवर्षे कार्यकाल समाप्त भएका कारण ती विश्वविद्यालय शनिबारदेखि नेतृत्वविहीन भएका हुन् ।  कार्यकाल समाप्त भएका उपकुलपतिमा पूर्वाञ्चल विश्वविद्यालका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जोशी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राडा नन्दबहादुर सिंह रहेका छन् । उनिहरूलाई चार वर्षअघि तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले २०७६ साल फागुन १९ गते उपकुलपति नियुक्त गरेका थिए ।  यी विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गर्न शिक्षा मन्त्रालयले प्रक्रिया आरम्भ गरे पनि हाललाई स्थगित भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफारिस समिति गठन गरेर माघको अन्तिम साता सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका ला...
सुदूरपश्चिम प्रदेशका सभामुख भण्डारीद्वारा कामना टेलिभिजनको कार्यालय उद्घाटन

सुदूरपश्चिम प्रदेशका सभामुख भण्डारीद्वारा कामना टेलिभिजनको कार्यालय उद्घाटन

कैलाली, मुख्य समाचार, सूचना प्रविधि
कैलाली : कैलालीको धनगढीमा कामना टेलिभिजनको कार्यालय उद्घाटन गरिएको छ । शनिबार सुदूरपश्चिम प्रदेशका सभामुख भिम भण्डारीद्वारा एक ओैपचारिक कार्यक्रमका बिच डिजिटल अनलाइन टेलिभिजनको उद्घाटन गरिएको हो । विगत एक वर्ष देखि "सधैं सत्यसँग नजिक रहेर" भन्ने मुल भनाइका साथ सञ्चालित डिजिटल अनलाइन टेलिभिजनको शनिबार भव्य कार्यक्रमका साथ धनगढी उपमहानगरपालिका - २ सन्तोषी टोलमा कार्यालय उद्घाटन गरिएको सञ्चालक बचनराज जोशीले बताउनुभयो । कैलालीमा प्रादेशिक कार्यालय रहको अनलाइन टेलिभिजनको केही समयमै बझाङमा समेत सम्पर्क कार्यालय राखिने सञ्चालक जोशीले बताउनुभयो । आफुले टेलिभिजन स्थापनाकाल देखि नै पत्रकारीताको आचारसंहिता पालना गरेर हरेक विषयमा खबरदारी गरिरहेको बताउदै आगामी दिनहरूमा पनि विशेषतः भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज उठाउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा ब‍ोल्दै उद्घाटन समारोहका प्रमुख अतिथि ...

धनगढी-३ मा सिकलसेल सम्बन्धी स्वास्थ्य शिविर आयोजना 

समाचार
धनगढी - धनगढीको वडा नम्बर ३ मा सिकल सेल सम्बन्धी स्वास्थ्य शिविर गरिएको छ । नेपाल काङ्ग्रेस धनगढी वडा नम्बर ३ को आयोजनामा आज शनिबार उक्त शिविर आयोजना गरिएको हो । माया मेट्रो हस्पिटलको सहकार्यमा गरिएको उक्त कार्यक्रममा १६९ जनाले सेवा लिएको नेपाली काङ्ग्रेस धनगढी वडा नम्बर ३ का सभापति गजेन्द्र सिंहले बताएका छन् । नेपाली काङ्ग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस धनगढी वडा नम्बर ३ का सभापती गजेन्द्र सिंहको अध्यक्षता रहेकोे थियो । यस्तै, नेपाल विद्यार्थी संघका कैलाली जिल्ला अध्यक्ष मनिष कुंवरको विशिष्ट आतिथ्यता रहेको थियो ।...

कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ

समाचार
कञ्चनपुर - कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका-८ कलकत्ताबाट २.०२ ग्राम लागूऔषधसहित बेल्डाडी गाउँपालिका-३ बैवाह बस्ने १९ वर्षीय सुदिप चौधरीलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो ।  चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताइएको छ । यस्तै भीमदत्त नगरपालिका-१३ भाईरल रोडबाट ४० ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका-१२ र १३ बस्ने ३ जना किशोरलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित उनीहरुको साथबाट खुकुरी १ थानसमेत फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ...

सीमा क्षेत्रमा सशस्त्र र स्थानीयबीच झडप हुँदा सात घाइते

समाचार
दमक -  झापामा सीमा क्षेत्रमा सशस्त्र र स्थानीयबीच झडप हुँदा सात घाइते भएका छन् । झापाको पुर्वी नाका मेचीनगरमा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल–भारत सामान ओेसारपसार गर्ने स्थानीयबीच झडप हुँदा एक सशस्त्र प्रहरी सहित ७ जना घाइते भएपछि तनाव सिर्जना भएको हो ।  सशस्त्र प्रहरीका सवारी चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका नेपाल–भारत सीमा पिलर ९०–२–९०–३ नजिकै भारतबाट अवैध रुपमा सामान ल्याउदै गर्दा सशस्त्र प्रहरीले सामान नियण्त्रणमा लिन खोज्दा झडप भएको प्रहरी स्रोतको भनाई छ । प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि त्यसको प्रतिकारमा घटना भएको बताइन्छ । सशस्त्र प्रहरीले धारिलो हतियार प्रहार गरेको खुलेको छ । उपचारका लागि अस्पतालमा भर्ना भएका अधिकांश घाइतेहरुको शरिरमा धारिलो हतियारको चोट लागेको बीएण्डसी अस्पतालका चिकित्सकहरुले बताएका छन् । घाइतेहरु...

कैलालीमा छ जना फरार प्रतिवादी पक्राउ

समाचार
धनगढी - कैलालीमा बिहीवार विभिन्न मुद्धामा फरार रहेका छ जना पक्राउ परको छन् । बिहीवार तीन जना लागूऔषध मुद्धाका, दुई जना वन मुद्धा र एक जना कुटपिट मुद्धाका गरी छ जना दोषी पक्राउ परेका छन। वन मुद्धामा दोषी ठहरीयका घोडाघोडी नगरपालिका–८ का ३८ वर्षीय प्रेमलाल चौधरी, कैलारी गाउँपालिका–६ का ४५ वर्षीय गुलिराम चौधरी र कुटपिट मुद्धाका लम्कीचुहा नगरपालिका–९ का ६९ वर्षीय पदमबहादुर विष्ट पक्राउ परेका छन् । प्रेमलाललाई ७० हजार २२०, गुलिरामलाई १७ हजार ५१० र विष्टलाई दुई हजार जरिवाना तोकिएको थियो ।  यस्तै लागूऔषध मुद्धामा दोषी ठहरीयका धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय सुरज राना, धनगढी–१३ का २२ वर्षीय रबि राना र एक नाबालक पक्राउ परेका छन् । सुरज, रबि र उक्त बालक तीनै जनलाई  एक महिना २४ दिन कैद सजाय तोकिएको थियो। सजाय तोकेको दिनबाट फरार रहेका ६ जनालाई शुक्रवार पक्राउ गरिअदालत बुझाएको...

केएमसीमा अनशनरत विद्यार्थी र क्याम्पस प्रशासनको ८ बुँदे सहमती

समाचार
धनगढी - कैलाली बहुमुखी क्याम्पसमा अनशनरत विद्यार्थी र क्याम्पस प्रशासन बीच सहमती भएको छ ।  संघर्ष समिति र क्याम्पस प्रशासन बीच विद्यार्थीले भोग्दै आएका विभिन्न समस्याहरूका सन्दर्भमा वार्ता गरी आज सहमती भएको हो । क्याम्पस प्रशासनमा भएको सहमतिसँगै रिले अनशन कार्यक्रम स्थगन गरेको अनशनको नेतृत्व गरेका विद्यार्थी तेजजङ् मल्लले बताए । यस्तो छ ८ बुँदे सहमती पत्र...

दार्चुलामा सशस्त्रको बीओपी भवन शिलान्यास

समाचार
दार्चुला - दार्चुलाको व्यास गाउँपालिका–४ सुन्सेराको डोकटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन शिलान्यास गरिएको छ ।  २०८० वैशाख २५ गते सुन्सेरामा स्थापना भएको बीओपीको भवन निर्माणका लागि बिहीबार शिलान्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक लिलीबहादुर चन्दले बताए । भवन निर्माणका लागि सरस्वती रिठगडे जेभीसँग एक करोड ५९ लाखमा ठेक्का सम्झौता भएको बताइएको छ । सशस्त्र प्रहरी बल बैजनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार पाण्डेले भवन शिलान्यास गरेका हुन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज