
धनगढी – कैलालीमा बिहीवार विभिन्न मुद्धामा फरार रहेका छ जना पक्राउ परको छन् ।
बिहीवार तीन जना लागूऔषध मुद्धाका, दुई जना वन मुद्धा र एक जना कुटपिट मुद्धाका गरी छ जना दोषी पक्राउ परेका छन।
वन मुद्धामा दोषी ठहरीयका घोडाघोडी नगरपालिका–८ का ३८ वर्षीय प्रेमलाल चौधरी, कैलारी गाउँपालिका–६ का ४५ वर्षीय गुलिराम चौधरी र कुटपिट मुद्धाका लम्कीचुहा नगरपालिका–९ का ६९ वर्षीय पदमबहादुर विष्ट पक्राउ परेका छन् । प्रेमलाललाई ७० हजार २२०, गुलिरामलाई १७ हजार ५१० र विष्टलाई दुई हजार जरिवाना तोकिएको थियो ।
यस्तै लागूऔषध मुद्धामा दोषी ठहरीयका धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय सुरज राना, धनगढी–१३ का २२ वर्षीय रबि राना र एक नाबालक पक्राउ परेका छन् । सुरज, रबि र उक्त बालक तीनै जनलाई एक महिना २४ दिन कैद सजाय तोकिएको थियो।
सजाय तोकेको दिनबाट फरार रहेका ६ जनालाई शुक्रवार पक्राउ गरिअदालत बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले बताएका छन् ।

