Advertisement

सीमा क्षेत्रमा सशस्त्र र स्थानीयबीच झडप हुँदा सात घाइते

Advertisement

दमक –  झापामा सीमा क्षेत्रमा सशस्त्र र स्थानीयबीच झडप हुँदा सात घाइते भएका छन् ।

झापाको पुर्वी नाका मेचीनगरमा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल–भारत सामान ओेसारपसार गर्ने स्थानीयबीच झडप हुँदा एक सशस्त्र प्रहरी सहित ७ जना घाइते भएपछि तनाव सिर्जना भएको हो । 

सशस्त्र प्रहरीका सवारी चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका नेपाल–भारत सीमा पिलर ९०–२–९०–३ नजिकै भारतबाट अवैध रुपमा सामान ल्याउदै गर्दा सशस्त्र प्रहरीले सामान नियण्त्रणमा लिन खोज्दा झडप भएको प्रहरी स्रोतको भनाई छ । प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि त्यसको प्रतिकारमा घटना भएको बताइन्छ ।

सशस्त्र प्रहरीले धारिलो हतियार प्रहार गरेको खुलेको छ । उपचारका लागि अस्पतालमा भर्ना भएका अधिकांश घाइतेहरुको शरिरमा धारिलो हतियारको चोट लागेको बीएण्डसी अस्पतालका चिकित्सकहरुले बताएका छन् । घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका प्रहरी टोलीसंग स्थानीयको झडप भएको हो । धारिलो हतियार प्रहारबाट दीपा बातर, हरि बातर विषेश राजवंशी, मिलन चापागाईं, दीपक बातर र आनह यादव घाइते हुनु भएको छ । उनीहरुको हात र शरिरमा चोट लागेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । घटना लगत्तै घटनास्थल र आसपासको क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । 

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

एजेन्सी- अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षबाट फर्किएका छन् । भारतीय समयअनुसार बिहान ३ बजेर २७ मिन...
ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

धनगढी- कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसं...
बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २,  एक क्याम्पसमा आज निर्वाचन हुँदै

बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २, एक क्याम्पसमा आज निर्वाचन हुँदै

धनगढी- बैतडीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका ५ वटा क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम नजिता सार्वजनिक भएको छ । सा...
कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

धनगढी-  कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) काे नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ८ क्याम्पसकाे अन्तिम नतिजा सार्वजन...
आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

धनगढी- कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेप...
कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

धनगढी- कञ्चनपुरका ६ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय ...
बझाङको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी, सभापतिमा बोहरा

बझाङको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी, सभापतिमा बोहरा

धनगढी- बझाङकाे बुंगल नगरपालिकामा रहेकाे त्रिवेणी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघको प्यानलनै विजयी भएको छ । मंगलबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज