
धनगढी – धनगढीको वडा नम्बर ३ मा सिकल सेल सम्बन्धी स्वास्थ्य शिविर गरिएको छ ।
नेपाल काङ्ग्रेस धनगढी वडा नम्बर ३ को आयोजनामा आज शनिबार उक्त शिविर आयोजना गरिएको हो ।
माया मेट्रो हस्पिटलको सहकार्यमा गरिएको उक्त कार्यक्रममा १६९ जनाले सेवा लिएको नेपाली काङ्ग्रेस धनगढी वडा नम्बर ३ का सभापति गजेन्द्र सिंहले बताएका छन् ।
नेपाली काङ्ग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस धनगढी वडा नम्बर ३ का सभापती गजेन्द्र सिंहको अध्यक्षता रहेकोे थियो । यस्तै, नेपाल विद्यार्थी संघका कैलाली जिल्ला अध्यक्ष मनिष कुंवरको विशिष्ट आतिथ्यता रहेको थियो ।

