
दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–४ सुन्सेराको डोकटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन शिलान्यास गरिएको छ ।
२०८० वैशाख २५ गते सुन्सेरामा स्थापना भएको बीओपीको भवन निर्माणका लागि बिहीबार शिलान्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक लिलीबहादुर चन्दले बताए ।
भवन निर्माणका लागि सरस्वती रिठगडे जेभीसँग एक करोड ५९ लाखमा ठेक्का सम्झौता भएको बताइएको छ । सशस्त्र प्रहरी बल बैजनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार पाण्डेले भवन शिलान्यास गरेका हुन् ।