Advertisement

सुदूरपश्चिम प्रदेशका सभामुख भण्डारीद्वारा कामना टेलिभिजनको कार्यालय उद्घाटन

Advertisement

कैलाली : कैलालीको धनगढीमा कामना टेलिभिजनको कार्यालय उद्घाटन गरिएको छ । शनिबार सुदूरपश्चिम प्रदेशका सभामुख भिम भण्डारीद्वारा एक ओैपचारिक कार्यक्रमका बिच डिजिटल अनलाइन टेलिभिजनको उद्घाटन गरिएको हो ।

विगत एक वर्ष देखि “सधैं सत्यसँग नजिक रहेर” भन्ने मुल भनाइका साथ सञ्चालित डिजिटल अनलाइन टेलिभिजनको शनिबार भव्य कार्यक्रमका साथ धनगढी उपमहानगरपालिका – २ सन्तोषी टोलमा कार्यालय उद्घाटन गरिएको सञ्चालक बचनराज जोशीले बताउनुभयो । कैलालीमा प्रादेशिक कार्यालय रहको अनलाइन टेलिभिजनको केही समयमै बझाङमा समेत सम्पर्क कार्यालय राखिने सञ्चालक जोशीले बताउनुभयो । आफुले टेलिभिजन स्थापनाकाल देखि नै पत्रकारीताको आचारसंहिता पालना गरेर हरेक विषयमा खबरदारी गरिरहेको बताउदै आगामी दिनहरूमा पनि विशेषतः भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज उठाउने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा ब‍ोल्दै उद्घाटन समारोहका प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेशका सभामुख भिम भण्डारीले पछिल्लो समय सञ्चार क्षेत्रमा नयाँ नयाँ अनलाइन माध्यमहरु स्थापित हुनु खुशीको कुरा रहेको बताउनुभयो । उहाँले सबै सञ्चारमाध्यमले सत्यतथ्य समाचार र जानकारी दिनुपर्ने भएपनि कतिपय मिडियाहरु पत्रकारीताको नियम बाहिर गइरहेको र त्यसबाट समग्र सञ्चार क्षेत्रमा विश्वसनीयता घट्दै गएको बताउनुभयो । सभामुख भण्डारीले सञ्चार माध्यमहरु निष्पक्ष हुन सके मात्रै सुशासन कायम हुने बताउदै कामना टेलिभिजनले पनि सत्यतथ्य कुराहरुलाई प्राथमिकता दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले पनि टेलिभिजन सफलताको कामना व्यक्त गर्नुभयो ।

टेलिभिजनका सञ्चालक एवं अध्यक्ष बचनराज जोशीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन समारोहमा सभामुख भिम भण्डारी प्रमुख अतिथि रहनुभएको थियोे । विशिष्ट अतिथिमा सामाजिक विकास मन्त्री झपट साउँद र जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी कुलदिप चन्द रहनुभएको थियोे । अतिथिमा पत्रकार महासंघका प्रदेश अध्यक्ष योगेश रावल, सचिव हरि जोशी, पुर्व अध्यक्ष अर्जुन शाह, टेलिभिजनका सम्पादक महा ओमराज जोशी, बझाङ संवाददाता उत्तम कुमार थापा लगाएत पत्रकारहरु रहनुभएको थियोे ।

कार्यक्रममा सफल युवा व्यवसायी शैलेस सिंह, रुमिना फार्मेशि सचाँलक तथा फार्मेशि संघ सचिब राम धामी, प्रहरी निरिक्षक जनक ढुङ्गाना लगाएतको उपस्थिति रहेको थियोे । कार्यक्रम सञ्चालन भने अमृत पाण्डेले गर्नुभएको थियोे ।उद्घाटन समारोहका केही तस्बिरहरू

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज