Advertisement

हाम्रो बारेमा

पन्चायती दमनका विरुद्ध राजनीति सुरुवात गरेका शाहीको सुप मा मन्त्री बन्ने चर्चा

पन्चायती दमनका विरुद्ध राजनीति सुरुवात गरेका शाहीको सुप मा मन्त्री बन्ने चर्चा

समाचार
राष्ट्रिय राजनीतिमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकार अल्पमतमा छ । केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिईपछि प्रदेश सरकार अल्पमतमा परेको हो। केन्द्रिय सत्ता गठबन्धनको सहमति अनुरुप सुदूरपश्चिममा काङ्ग्रेस नेतृत्वको सरकार बन्ने भएपछि नेताहरु मन्त्री बन्ने दौडमा छन । नेपाली काङ्ग्रेस बाट मन्त्री बन्ने चर्चा बाजुरा प्रदेश सभा (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद पदमबहादुर शाहीको चर्चा हुन थालेको छ। जतिबेला पन्चायतका विरुद्ध कुरा समेत गर्न मिल्दैन्थ्यो त्यतिखेर देखि नै बहुदलीय ब्यबस्थाका पक्षमा खरो उत्रिएका शाही बहुदलका पक्षमा बिचार सम्प्रेषण गर्थे। २०४६ ताका बहुदलका पक्षमा बोल्ने, नेतृत्व गर्नेको जीवन त्यति सहज थिएन, जीवन मरणको सवाल हुन्थ्यो, त्यतिबेला बहुदलका पक्षम...
प्रधानमन्त्री ओलि विरुद्ध सदन देखि सडक संघर्ष गर्ने प्रतिपक्षको एकरुपता

प्रधानमन्त्री ओलि विरुद्ध सदन देखि सडक संघर्ष गर्ने प्रतिपक्षको एकरुपता

समाचार
प्रधानमन्त्री केपि शर्मा ओलिका पछिल्ला कदम र प्रधानमन्त्री नियुक्तिका बिषयमा प्रतिपक्ष एक जुट भएर सदन देखि सडक सम्म आन्दोलन गर्ने चेतावनी दिएका छ्न पछिल्लो राजनीति घटना क्रमलाई हेर्न हो भने संविधानको नियम बिपरित प्रधानमन्त्री नियुक्ति भएका शर्मा ओलि लाई प्रती पक्ष दल मुलत माओवादि रास्वापा समाजवादि बिच एकरुपता भएर संघर्ष गर्ने माओवादी पार्टीका नेता बर्षमान पुन "अनन्त "ले कामना टिभिलाई जानकारी दिनु भएको छ । त्यस्तै गरि रास्वापाका नेता स्वरिण वाग्लेले भनेका छ्न हामिले सरकारमा रहदा जुन सुशासनका एजेन्डा अगाडि बढाएका छौ त्यो सुशासनको एजेन्डामा हाम्रो पुर्ण समर्थन र साथ सरकार लाई रहनेछ तर यो सरकार कसरी किन बनेको भन्ने कुरा सबैलाई थाहा छ। भ्रष्ट र दलाल मुक्त देश बनाउनु नै हाम्रो पार्टीको मुल उदेश्य हो । त्यसै गरि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भनेका छन हामी सरकारले गरेका हरेक सकार...
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस– एमाले गठबन्धनको सरकार पूरा कार्यकाल टिक्ने बताएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस– एमाले गठबन्धनको सरकार पूरा कार्यकाल टिक्ने बताएका छन् ।

दैनिक, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस– एमाले गठबन्धनको सरकार पूरा कार्यकाल टिक्ने बताएका छन् । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको नेतृत्वमा आज गएको नगरपालिका सङ्घका पदाधिकारीहरुसँगको छलफलमा उपप्रधानमन्त्री पौडेलले अहिलेको सरकार देश र जनताको लागि भएको भन्दै त्यही गतिमा काम गर्न नगर प्रमुखहरुलाई आग्रह गरे ।“राजनीतिक स्थायित्व हुन्न कि भन्ने चिन्ता नलिनुस्”, उपप्रधानमन्त्री पौडेलले भने, “यो सरकार पूरै अवधि रहन्छ, काम गर्दा केही अप्ठ्यारो भयो भने विकल्प खोज्न लागिँदैन, मिलेर काम गर्छौँ ।”...
गौरिगंगा कि मनिसाले भुटानमा जारी साफ च्याम्पियनसिप मा कराते बाट रास्ट्र लाई स्वर्ण पदक दिलाएकि छन ।

गौरिगंगा कि मनिसाले भुटानमा जारी साफ च्याम्पियनसिप मा कराते बाट रास्ट्र लाई स्वर्ण पदक दिलाएकि छन ।

अन्तर्राष्ट्रिय, खेलकुद, दैनिक, मुख्य समाचार
२०८१ श्रावण ०४भुटानको राजधानि थिम्पुमा हुदैगरेको ८ औँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै कैलाली जिल्ला गौरिगंगा कराँते कि खेलाडी मनिषा बोहराले देशको लागि स्वर्ण पदक दिलाउन सफल भएकि छन्। भुटानमा भएको ५६ औँ राष्ट्रिय कराँते प्रतियोगिता तथा ८ औँ दक्षिण एसियाली कराँते प्रतियोगितामा जिल्ला र प्रदेश बाट स्वर्णपदक जित्दै राष्ट्रिय प्रतियोगितामा गौरिगंगाका कराँते खेलाडी १४/१५ बर्ष मुनिका ६१ केजि तौलमा मनिषा बोहरा र ४० केजि तौलमा कंचन बोहरा भएका थिए । जसमध्ये ५६ औँ राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्णपदक जितेर राष्ट्रिय टोलिमा पर्न सफल मनिषा बोहरा ८ औँ साफ च्याम्पियनसिप सहभागी हुने अवसर प्राप्त गरेकि हुन्। कंचन बोहरा फाइनलमा अन्तिम ६ सेकेन्डमा १ अंक को फरकमा हार बेहर्नु परेको थियो ।भने उनले सुदुरपश्चिमलाइ रजत पदक दिलाउन सफल भएकि थिइन। मनिषा बोहरा र कंचन बोहरा एकदमै होनह...
आर्थिक वर्ष २०८०-०८१ मा अधिकांश नेपाली चलचित्रले पाए ‘यु’ सर्टिफिकेट, विदेशीमा ‘पीजी’ धेरै

आर्थिक वर्ष २०८०-०८१ मा अधिकांश नेपाली चलचित्रले पाए ‘यु’ सर्टिफिकेट, विदेशीमा ‘पीजी’ धेरै

दैनिक, मुख्य समाचार, समाचार, सूचना प्रविधि
काठमाडौंँ । नेपालमा प्रदर्शन हुने धेरैजसो चलचित्र स्कुल उमेरका बालबालिकाले अभिभावकको साथविना हेर्न नमिल्ने खालका हुन्छन् । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०औ०८१ मा सेन्सर भएका चलचित्रमध्ये धेरैजसोले ‘पीजी’ अर्थात् ‘प्यारेन्ट्स गाइड’ सर्टिफिकेट पाएका छन् । यस्ता चलचित्र १६ वर्ष मुनि उमेर भएकाले अभिभावकको निगरानीमा मात्र हेर्न मिल्छ । बोर्डको तथ्याङ्क अनुसार नेपालमा स्वदेशी र विदेशी गरेर वार्षिक डेढ सयभन्दा बढी चलचित्र रिलिज हुँदा ५० प्रतिशतभन्दा बढीले ‘पीजी’ सर्टिफिकेट पाएका हुन् ।[1चलचित्र प्रदर्शन अगाडि नेपालमा सेन्सर बोर्डले हेर्ने प्रावधान छ । सेन्सर बोर्डले चलचित्र हेरेर त्यसमा भएका विषयवस्तु, संवाद, दृश्य आदिका आधारमा तीन भागमा वर्गीकरण गर्दछ र सोही अनुसार सर्टिफिकेट दिन्छ । सामान्य चलचित्रलाई ‘यु’ (युनिभर्सल), हिंसात्मक चलचित्रलाई...
कामना टेलिभिजनले आफ्नो वार्षिकोत्सबको अवसरमा गौरिगंगा ८ बढैपुरमा शाखा कार्यालय समुद्धाटन गरियो

कामना टेलिभिजनले आफ्नो वार्षिकोत्सबको अवसरमा गौरिगंगा ८ बढैपुरमा शाखा कार्यालय समुद्धाटन गरियो

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कामना टेलिभिजनको दोस्रो बार्षिक उत्सव तथा शाखा उद्घाटन कार्यक्रम हिजो सम्पन्न भएको छ । हिजो कामना टिभीले आफ्नो वार्षिकोत्सबको अवसर पारी कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा नं.८ बढैपुरमा शाखा कार्यालय समुद्धाटन गरिएको हो । कामना टिभीका अध्यक्ष वचन राज जोशीको सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथी गौरिगङ्ग नगरपालिका का उपप्रमुख भोज बहादुर बम रहनु भएको थियो । त्यस्तै प्रमुख अतिथिमा केबि सौगात पोलि क्लिनिकका संचालक तथा नेपाल औषधि ब्यबशायि सघं का सह कोषाध्यक्ष खेम भट्ट र शुरो नेपाल सुप अध्यक्ष शुशिला खड्का रहनु भएको थियो । बिशिस्ट अतिथिमा गौरिगंगा नगरपालिका वडा न १ का वडा अध्यक्ष डबल बहादुर दियाकोटी, गौरिगंगा नगरपालिका वडा न १० का वडा अध्यक्ष नर सिंह सार्की ,वडा न ८ कि कार्यबाहक वडा अध्यक्ष कल्पना रोका लगायत थुप्रै पार्टी प्रतिनिधि समाजसेवि बुद्धिजीवी युवा शिक्षक सुरक्षाकर्मी पत्रकार...
धनगढीमा रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालयमा भर्ना कार्यक्रम शुरु

धनगढीमा रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालयमा भर्ना कार्यक्रम शुरु

कैलाली, दैनिक, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालयमा भर्ना कार्यक्रम शुरु भएको छ । शैक्षिक सत्र ०८०/०८१ का लागि सिभिल इन्जिनियरिङ र जियोमेटिक्स इन्जिनियरिङमा भर्ना खुला गरेको छ। "सीप हुन्छ हातमारोजगारी साथमा"धनगढीको सुन्दर सहरमा CTEVT सङ साझेदारीमा संचालित यस "रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालय"ले शैक्षिक सत्र ०८०/०८१ का लागि सिभिल इन्जिनियरिङ र जियोमेटिक्स इन्जिनियरिङमा भर्ना खुला गरेको छ। कार्यक्रमहरू: सिभिल इन्जिनियरिङ (Civil Engineering): तीन वर्षे डिप्लोमा।-जियोमेटिक्स इन्जिनियरिङ (Geomatics Engineering): तीन वर्षे डिप्लोमा। योग्यता:मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई. परीक्षामा अंग्रेजी, गणित र विज्ञान विषय लिई न्यूनतम १.६ जि.पि.ए। वाप्राविधिक एस.एल.सी./प्रि-डिप्लोमा तहमा कुल प्राप्ताङ्कमा ६८.३३% अंक। आवेदन फाराम तथा प्रवेश परीक्षा सम्बन्धमा१.प्रवेश परीक्षा शुल्क:...
बालमैत्री स्थानीय शासन सम्वन्धि एक दिने अन्तरक्रिया सम्पन्न

बालमैत्री स्थानीय शासन सम्वन्धि एक दिने अन्तरक्रिया सम्पन्न

बझाङ, मुख्य समाचार
बझाङ : बालमैत्री स्थानीय शासन सम्वन्धि एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नाैरामा बालमैत्री स्थानीय शासन सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । वडा अध्यक्ष नरेन्द्र सिँहकाे अध्यक्षतामा सुरु भएको गाेष्ठी प्रगतिशील युवा समाज बझाङ र वल्र्डभिजन ईन्टरनेशनल नेपालकाे आयाेजनामा बालक्लव वालसञ्जाल समिति र सराेकारवाला बिच अन्तरक्रिया भएको थियाे । प्रगतिशील युवा समाज बझाङका कर्मचारी रामबहादुर शार्कीले कार्यक्रम सञ्चालन गर्दै कामना टेलिभिजन लाई फलर हस्तान्तरण गरेका थिए । बालमैत्री स्थानीय वडा घाेषणा गर्न ५१ वटा सुचक पार गर्नु पर्ने भएकोले स्थानीय सरकार र सँघसस्था विच हातेमालो गर्दै अगाडि बढ्नु पर्ने वडा अध्यक्ष नरेन्द्र सिहले बताउनु भयाे । पछिल्लो समय सरकारले धेरै सुचक पूरा गरिसकेको र बालक्लवले विभिन्न कार्यक्रम गर्दै समाजमा सकारात्मक ...
बसको झ्यालबाट हामफालेका यात्रुको बयान- म त बाँचेँ, सँगैका साथी बेपत्ता भए

बसको झ्यालबाट हामफालेका यात्रुको बयान- म त बाँचेँ, सँगैका साथी बेपत्ता भए

घटना, मुख्य समाचार
रौतहट । काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् । रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना छन् । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्‍याइएको छ । अर्को बस चढेर नारायणगढतर्फ जाँदै गर्दा सिसवाधमौराका एक यात्रुले घटनाबारे भनेको भिडियो कामनाटुडेलाई प्राप्त भएको छ । ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाएका छन् । ती यात्रुका अनुसार उनीसँगै क्याबिनमा चार जना पनि थिए । उनले आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको बताएका छन् । एक भिडियोमा उनलाई अरु यात्रुहरुले ‘सामानको के कुरा ज्यान जोगिनु ठूलो कुरा हो’ भन्दै सम...
सिमताल पहिरो अपडेट : दुइटा बसका ६५ यात्रु बेपत्ता, पहिरोमा अड्किए गोताखोर

सिमताल पहिरो अपडेट : दुइटा बसका ६५ यात्रु बेपत्ता, पहिरोमा अड्किए गोताखोर

घटना, मुख्य समाचार
चितवन । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको उनले बताइन् । दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको उनले बताइन् । पहिरोका कारण सडक अवरुद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको उनको भनाई छ । घटनास्थलमा उद्धार कार्य सुरु हुन नसकेको उनले बताइन् । त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको तर, त्यहाँसम्म जान सक्ने अवस्था नरहेको उनले बताइन् । उनका अनुसार बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको र उनीहरूको अवस्था अज्...
बेपत्ता यात्रुहरूको खोजी एवम् प्रभावकारी उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

बेपत्ता यात्रुहरूको खोजी एवम् प्रभावकारी उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

दैनिक, मुख्य समाचार, समाचार
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएको जानकारी गराएका छन् । साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपिल पनि प्रधानमन्त्रीले गरेका छन् । चितवनको सिमतालमा पहिरो जाँदा दुई बस बगाएको अनुमान प्रहरीको छ । साथै अन्य स्थानमा पनि अविरल वर्षाका कारण बाढी पहिरोबाट जनधनको क्षति भएको छ ।...
जिल्ला अस्पताल बझाङमा मेसुको मनोमानी, चिकित्सक नियुक्त गर्न अर्को चलखेल

जिल्ला अस्पताल बझाङमा मेसुको मनोमानी, चिकित्सक नियुक्त गर्न अर्को चलखेल

समाचार
बझाङ: जिल्ला अस्पताल बझाङमा कर्मचारी नियुक्तिमा मनोमानी भएको पाइएको छ । अस्पतालमा छैटौं तहका कर्मचारी हुँदाहुँदै राजनीतिक चलखेल र आपसी मिलेमतोमा पाँचौ तहको करारको कर्मचारीलाई ल्याब इन्चार्जको नियुक्ति दिएको पाईएको हो ।  जिल्ला अस्पताल बझाङमा विगत १० वर्ष देखि छैटौं तह स्थाई रुपमा कार्यरत जनक राज जैसी गएको ३ वर्ष यता बझाङ जिल्ला अस्पतालको ल्याब इन्चार्जको रुपमा कार्यरत हुनुहुन्थ्यो । अस्पताल प्रशासनको नियम भित्र रहेर नियमित रुपमा आफ्नो जिम्मेवारी पूरा गरिरहेका जैसीको यहि असार १७ गते जिम्मेवारी खोसियो । उहाँको सट्टामा पाँचौ तहको अस्थाई कर्मचारी किशोर बहादुर विष्टलाई ल्याब इन्चार्जमा नियुक्त गरियो । अस्पताल प्रशासन ले आफूलाई जानकारी नै नगराएर आफ्नो सट्टामा विष्टलाई नियुक्त गरेको जनक जैसीले बताउनु भयो । अस्पतालमा माथिल्लो दर्जाको कर्मचारी हुँदाहुँदै करारको नयाँ कर्मचारीलाई जिम्मेवारी द...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज