प्रधानमन्त्री केपि शर्मा ओलिका पछिल्ला कदम र प्रधानमन्त्री नियुक्तिका बिषयमा प्रतिपक्ष एक जुट भएर सदन देखि सडक सम्म आन्दोलन गर्ने चेतावनी दिएका छ्न पछिल्लो राजनीति घटना क्रमलाई हेर्न हो भने संविधानको नियम बिपरित प्रधानमन्त्री नियुक्ति भएका शर्मा ओलि लाई प्रती पक्ष दल मुलत माओवादि रास्वापा समाजवादि बिच एकरुपता भएर संघर्ष गर्ने माओवादी पार्टीका नेता बर्षमान पुन “अनन्त “ले कामना टिभिलाई जानकारी दिनु भएको छ ।
त्यस्तै गरि रास्वापाका नेता स्वरिण वाग्लेले भनेका छ्न हामिले सरकारमा रहदा जुन सुशासनका एजेन्डा अगाडि बढाएका छौ त्यो सुशासनको एजेन्डामा हाम्रो पुर्ण समर्थन र साथ सरकार लाई रहनेछ तर यो सरकार कसरी किन बनेको भन्ने कुरा सबैलाई थाहा छ। भ्रष्ट र दलाल मुक्त देश बनाउनु नै हाम्रो पार्टीको मुल उदेश्य हो ।
त्यसै गरि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भनेका छन हामी सरकारले गरेका हरेक सकारात्मक काममा हाम्रो समर्थन हुनेछ भने हामी संविधानको पालना गर्ने पार्टी भएकाले संविधान ले दिएको अधिकारको लागि सदन सडक संघर्ष गर्ने हामी प्रती पक्ष एक जुट छौ
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३