काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस– एमाले गठबन्धनको सरकार पूरा कार्यकाल टिक्ने बताएका छन् । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको नेतृत्वमा आज गएको नगरपालिका सङ्घका पदाधिकारीहरुसँगको छलफलमा उपप्रधानमन्त्री पौडेलले अहिलेको सरकार देश र जनताको लागि भएको भन्दै त्यही गतिमा काम गर्न नगर प्रमुखहरुलाई आग्रह गरे
।“राजनीतिक स्थायित्व हुन्न कि भन्ने चिन्ता नलिनुस्”, उपप्रधानमन्त्री पौडेलले भने, “यो सरकार पूरै अवधि रहन्छ, काम गर्दा केही अप्ठ्यारो भयो भने विकल्प खोज्न लागिँदैन, मिलेर काम गर्छौँ ।”
