२०८१ श्रावण ०४
भुटानको राजधानि थिम्पुमा हुदैगरेको ८ औँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै कैलाली जिल्ला गौरिगंगा कराँते कि खेलाडी मनिषा बोहराले देशको लागि स्वर्ण पदक दिलाउन सफल भएकि छन्। भुटानमा भएको ५६ औँ राष्ट्रिय कराँते प्रतियोगिता तथा ८ औँ दक्षिण एसियाली कराँते प्रतियोगितामा जिल्ला र प्रदेश बाट स्वर्णपदक जित्दै राष्ट्रिय प्रतियोगितामा गौरिगंगाका कराँते खेलाडी १४/१५ बर्ष मुनिका ६१ केजि तौलमा मनिषा बोहरा र ४० केजि तौलमा कंचन बोहरा भएका थिए । जसमध्ये ५६ औँ राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्णपदक जितेर राष्ट्रिय टोलिमा पर्न सफल मनिषा बोहरा ८ औँ साफ च्याम्पियनसिप सहभागी हुने अवसर प्राप्त गरेकि हुन्। कंचन बोहरा फाइनलमा अन्तिम ६ सेकेन्डमा १ अंक को फरकमा हार बेहर्नु परेको थियो ।भने उनले सुदुरपश्चिमलाइ रजत पदक दिलाउन सफल भएकि थिइन। मनिषा बोहरा र कंचन बोहरा एकदमै होनहार अनुशासित खेलाडी भएको कराँते प्रशिक्षक अशोक चन्दले बताएका हुन् । यस अघि पनि मनिषा बोहरा र कंचन बोहराले गौरिगंगाका लागि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा अहिले सम्मकै पहिलो दुइ स्वर्णपदक जिल्लामा र प्रदेशमा २ कांस्य पदक दिलाएका थिए ।कंचन बोहरा यस अघि एसियाली गोजुरियो कराँते प्रतियोगिता कासय र इन्डोनेपाल प्रतियोगिता स्वर्ण पदक दिलाइ सकेकि थिइन। नेपाल ओपन अन्तराष्ट्रिय कराँते प्रतियोगिता बाट पनि ३ वटा पदक दिलाएका छन्।
प्रशिक्षक अशोक चन्द यसो भन्छन् ।
गौरिगंगा नगरपालिकामा कराँते प्रशिक्षण गराउन लागेको करिब २ बर्ष हुन लाग्यो मैले यस पालिकामा कराते खेलाउँदै गर्दा आज सम्म मैले कुनै खेलाडि बाट मासिक पैसा उठाएको छैन। मैले उत्पादन गरेका खेलाडीले देशका खेल्नु मेरा लागि गौरवको हो । तर दुःख को कुरा यतिका पदक आफै जसोतसो गरेर भोकै प्यासै यस पालिकालाइ पदक दिलाउदा पनि एउटा खेलाडीलाइ धन्यवाद दिन पनि सकेको छैन ।
गौरिगंगा नगरपालिकाले खेलकुदमा यति धेरै बजेट छुट्याइएको हुन्छ तर आज सम्म कराँते खेल यसपालिकाको खेल भित्र पर्न सकेको छैन । यस अगाडि छनोट खेलकुदमा जादा २० हजार नगर प्रमुखले यस पालिका बाट सहयोग गर्नुभएको थियो। तेस बेला पनि साथि भाइ बाट चन्दा संकलन गरेर खेलाडि लगेको थिए। अहिले छनोट भइसकेपछि पनि पालिकामा निबेदन दिएको थिए। तर सहयोगको लागि केहि सुनुवाइ नभएपछि फेरि साथिभाइ ,सामुदायिक वन तथा खेलाडी प्रेमीहरु बाट चन्दा संकलन गरेर खेलाडिलाइ भुटान पठाएको थिएँ। खेल समाग्री नै महंगो पर्ने हुदा पनि हामिलाई गार्हो भएको थियो।


