Advertisement

आर्थिक वर्ष २०८०-०८१ मा अधिकांश नेपाली चलचित्रले पाए ‘यु’ सर्टिफिकेट, विदेशीमा ‘पीजी’ धेरै

Advertisement

काठमाडौंँ । नेपालमा प्रदर्शन हुने धेरैजसो चलचित्र स्कुल उमेरका बालबालिकाले अभिभावकको साथविना हेर्न नमिल्ने खालका हुन्छन् ।


केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०औ०८१ मा सेन्सर भएका चलचित्रमध्ये धेरैजसोले ‘पीजी’ अर्थात् ‘प्यारेन्ट्स गाइड’ सर्टिफिकेट पाएका छन् । यस्ता चलचित्र १६ वर्ष मुनि उमेर भएकाले अभिभावकको निगरानीमा मात्र हेर्न मिल्छ ।


बोर्डको तथ्याङ्क अनुसार नेपालमा स्वदेशी र विदेशी गरेर वार्षिक डेढ सयभन्दा बढी चलचित्र रिलिज हुँदा ५० प्रतिशतभन्दा बढीले ‘पीजी’ सर्टिफिकेट पाएका हुन् ।
[1चलचित्र प्रदर्शन अगाडि नेपालमा सेन्सर बोर्डले हेर्ने प्रावधान छ । सेन्सर बोर्डले चलचित्र हेरेर त्यसमा भएका विषयवस्तु, संवाद, दृश्य आदिका आधारमा तीन भागमा वर्गीकरण गर्दछ र सोही अनुसार सर्टिफिकेट दिन्छ ।

सामान्य चलचित्रलाई ‘यु’ (युनिभर्सल), हिंसात्मक चलचित्रलाई ‘पीजी’ (प्यारेन्ट्स गाइड) र अश्लीलता भएका चलचित्रलाई ‘ए’ (एडल्ट) वर्गको सर्टिफिकेट दिने प्रचलन छ । ‘यु’ (युनिभर्सल) चलचित्र सबैले हेर्न मिल्ने खालको हो । ‘पीजी’ (प्यारेन्ट्स गाइड) चलचित्र १६ वर्ष मुनिका बच्चाले अभिभावकको निगरानीमा हेर्नुपर्ने हुन्छ । ‘ए’ (एडल्ट) भन्नाले १८ वर्ष माथिकाले मात्र हेर्न मिल्ने चलचित्र हो ।

आर्थिक वर्ष २०८०-०८१ मा १६४ वटा चलचित्र सेन्सर भएकोमा नेपाली ८१, हिन्दी ४६, अंग्रेजी ३५ र अन्य २ छन् । तीमध्ये ८२ वटा चलचित्रले ‘पीजी’ सर्टिफिकेट पाएका हुन् । तथ्याङ्क अनुसार ६२ चलचित्रले ‘यु’ (युनिभर्सल) र २० चलचित्रले ‘ए’ (एडल्ट) सर्टिफिकेट पाएका छन् ।

नेपाली चलचित्रमा धेरैजसोलाई ‘यु’ सर्टिफिकेट

आर्थिक वर्ष २०८०-८१ को सेन्सर तथ्याङ्क अनुसार प्रदर्शनमा आउने फिल्ममध्ये धेरै युनिभर्सल ‘यु’ छन् । त्यसपछिको धेरै ‘पीजी’ (प्यारेन्ट्स गाइड) र थोरैले ‘ए’ एडल्ट सर्टिफिकेट पाएका छन् ।

समीक्षा अवधिमा कुल ८१ नेपाली चलचित्र सेन्सर भएकोमा ५२ वटाले ‘यु’ (युनिभर्सल) सर्टिफिकेट पाएका छन् । तथ्याङ्कअनुसार २६ वटा नेपाली चलचित्रले ‘पीजी’ (प्यारेन्ट्स गाइड)को सर्टिफिकेट पाएका छन् । तीन वटा चलचित्रले ‘ए’ अर्थात् ‘एडल्ट’ वर्गको सर्टिफिकेट पाएका छन् ।

हिन्दीमा कुन बढी ?

आर्थिक वर्ष २०८०-०८१ मा नेपालमा सेन्सर भएका हिल्दी चलचित्रमा सबैले हेर्न मिल्ने ‘यु’ (युनिभर्सल) कम संख्यामा छन् । तथ्याङ्कले नेपाल भित्रिएर सेन्सर भएका हिन्दी चलचित्रमध्ये धेरैजसोले ‘पीजी’ (प्यारेन्ट्स गाइड) सर्टिफिकेट पाएका छन् । यो वर्ष ४६ हिन्दी चलचित्रले सेन्सर बोर्डबाट प्रमाणपत्र लिएकोमा ३५ वटाले ‘पीजी’ (प्यारेन्ट्स गाइड) सर्टिफिकेट पाएका छन् ।
यस्तै ‘यु’ अर्थात् युनिभर्सल वर्गको सर्टिफिकेट पाउने हिन्दी चलचित्रको सङ्ख्या ९ छ । चार वटा हिन्दी चलचित्रले समीक्षा अवधिमा ‘ए’ अर्थात् एडल्ट सर्टिफिकेट पाएका छन् ।

अंग्रेजी चलचित्रमा पनि ‘पीजी’ धेरै

नेपालमा प्रदर्शन हुने अंग्रेजी चलचित्रमा पनि अधिकांशले ‘पीजी’ (प्यारेन्ट्स गाइड) सर्टिफिकेट पाएका छन् । समीक्षा अवधिमा कुल ३५ अंग्रेजी चलचित्र सेन्सर भएकोमा २० वटाले ‘पीजी’ सर्टिफिकेट पाएका छन् ।

यस्तै १० चलचित्रले ‘ए’ सर्टिफिकेट पाउँदा ५ चलचित्रले ‘यु’ सर्टिफिकेट पाएका छन् ।

हंसराज साउँद (हिमाल)

हंसराज साउँद (हिमाल) यस कामना टेलिभिजन र कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा कैलाली जिल्लाको पुर्वी क्षेत्र गौरिगंगाबाट शाखा प्रमुखको रुपमा काम गर्नुहुन्छ । उहाँ विभिन्न सामाजिक कार्यमा पनि अग्रसर हुनुहुन्छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

धनगढी- अछाममा दुई किशोरीको हत्यामा संलग्न दुई किशोरलाई बाल सुधार गृह पठाएको छ। ढकारी गाउँपालिका-८ पल्साताकी १४ वर्षीया इशरा खड्का ...
विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

डडेल्धुरा- डडेल्धुरामा विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध देखापरेका छन् । जिल्लाको परशुराम नगरपालिका- ६ सिमलखेतमा आज विहान ४ ...
दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

जनकपुरधाम— सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । वडा...
५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । ...
नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

धनगढी- कैलालीमा नवजीवन सहकारी संस्था लिमिटेडले आफैंले उत्पादन गरेको चामल बिक्रि वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशकै ठुलो सहक...
कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

धनगढी- कैलालीमा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ परेका छन्। विद्युत् प्राधिकरणको धनगढी वितरण के...
बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–११ का वडासदस्य पदमराज जोशीले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि आवश्यक पर्ने सुचकहरू पूरा गर्...
आज देशका केही स्थानमा वर्षाको सम्भावना

आज देशका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज