Advertisement

पन्चायती दमनका विरुद्ध राजनीति सुरुवात गरेका शाहीको सुप मा मन्त्री बन्ने चर्चा

Advertisement

राष्ट्रिय राजनीतिमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकार अल्पमतमा छ । केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिईपछि प्रदेश सरकार अल्पमतमा परेको हो
। केन्द्रिय सत्ता गठबन्धनको सहमति अनुरुप सुदूरपश्चिममा काङ्ग्रेस नेतृत्वको सरकार बन्ने भएपछि नेताहरु मन्त्री बन्ने दौडमा छन । नेपाली काङ्ग्रेस बाट मन्त्री बन्ने चर्चा बाजुरा प्रदेश सभा (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद पदमबहादुर शाहीको चर्चा हुन थालेको छ। जतिबेला पन्चायतका विरुद्ध कुरा समेत गर्न मिल्दैन्थ्यो त्यतिखेर देखि नै बहुदलीय ब्यबस्थाका पक्षमा खरो उत्रिएका शाही बहुदलका पक्षमा बिचार सम्प्रेषण गर्थे। २०४६ ताका बहुदलका पक्षमा बोल्ने, नेतृत्व गर्नेको जीवन त्यति सहज थिएन, जीवन मरणको सवाल हुन्थ्यो, त्यतिबेला बहुदलका पक्षमा १६ वर्षकै उम्मेरमा एजेन्ट बसेका शाहीको राजनीतिक जीवन संघर्षमय बित्यो। सुरजपुरा काण्डमा जेलजीवन बिताएका शाही २०४१ साल मा नेपाल विद्यार्थी संघ बाजुरा काठमाडौ सम्पर्क समितिको अध्यक्षको नेतृत्व देखि २०४३ सालमा नेपाल विद्यार्थी संघ बाजुराको अध्यक्ष बाट नेपाली काङ्ग्रेसको राजनीति सुरुवात गरेका हुन् । शाही नेपाली काङ्ग्रेसका कुशल संगठक, निडर, दक्ष , नेताकार्यकर्ताका प्रिय ,जनतामा भिजेका नेतामा पर्दछ्न। नेपाली काङ्ग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि ,महासमिति सदस्य देखि सुदूरपश्चिम प्रदेशको संगठन बिभाग प्रमुखको नेतृत्व सम्हालेका शाही बाजुराको प्रदेश सभा (ख) बाट २० हजार बढी मत पाएर बिजयी भएका थिए। संघीय सरकारको सत्ता गठबन्धन नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच भएपछि यति बेला सुदूरपश्चिम प्रदेश सरकारमा हलचल छाएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री दिर्घ सोडारिको सत्ता बहिर्गमन निश्चित भएपछि काङ्ग्रेस र एमाले बीच सत्ता समीकरणका लागि बाटो खुलेको छ।
सत्ता गठबन्धनमा नेपाली काङ्ग्रेसको नेतृत्व मा सरकार बन्ने सहमति भए पछि मन्त्री बन्नेको चर्चा चलिरहेको छ। पन्चायत काल देखि हालसम्म लामो राजनीतिक पृष्ठभुमि र संघर्ष बाट खारिएका बाजुराको प्रदेश सभा (ख) बाट प्रत्यक्ष निर्वाचित माननीय पदम बहादुर शाही को मन्त्री बन्ने चर्चा छाएको छ।

 काँग्रेस सुदूरपश्चिम प्रदेश समितीका संगठन विभाग प्रमुख समेत रहेका शाही बाजुराका पुराना नेता मध्येमा पर्दर्छ्न। देशकै दुर्गम पिछडिएको जिल्ला बाजुराको विकास र समृद्धिको जग बसाउन लागि पनि बाजुराले राज्य सम्यन्त्रमा नेतृत्व पाउनुपर्ने दाबी आम नेताकार्यकर्ता, बाजुरा बासीको छ।

यतिबेला नेतृत्वले मुल्यांकन गर्ने आशा आम बाजुरा बासीले गरेका छ्न। सिङ्गो सुदूरपश्चिम प्रदेश का नागरिकका समस्या समाधान ,सुशासन,दिगो विकासका लागि स्पष्ट दृष्टिकोण भएका र सुदूरपश्चिम लाई नजिक बाट निहालेका शाहीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भए सुदूरपश्चिमको विकासमा नयाँ आयाम थपिने जानकारहरु बताउन्छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज