राष्ट्रिय राजनीतिमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकार अल्पमतमा छ । केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिईपछि प्रदेश सरकार अल्पमतमा परेको हो
। केन्द्रिय सत्ता गठबन्धनको सहमति अनुरुप सुदूरपश्चिममा काङ्ग्रेस नेतृत्वको सरकार बन्ने भएपछि नेताहरु मन्त्री बन्ने दौडमा छन । नेपाली काङ्ग्रेस बाट मन्त्री बन्ने चर्चा बाजुरा प्रदेश सभा (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद पदमबहादुर शाहीको चर्चा हुन थालेको छ। जतिबेला पन्चायतका विरुद्ध कुरा समेत गर्न मिल्दैन्थ्यो त्यतिखेर देखि नै बहुदलीय ब्यबस्थाका पक्षमा खरो उत्रिएका शाही बहुदलका पक्षमा बिचार सम्प्रेषण गर्थे। २०४६ ताका बहुदलका पक्षमा बोल्ने, नेतृत्व गर्नेको जीवन त्यति सहज थिएन, जीवन मरणको सवाल हुन्थ्यो, त्यतिबेला बहुदलका पक्षमा १६ वर्षकै उम्मेरमा एजेन्ट बसेका शाहीको राजनीतिक जीवन संघर्षमय बित्यो। सुरजपुरा काण्डमा जेलजीवन बिताएका शाही २०४१ साल मा नेपाल विद्यार्थी संघ बाजुरा काठमाडौ सम्पर्क समितिको अध्यक्षको नेतृत्व देखि २०४३ सालमा नेपाल विद्यार्थी संघ बाजुराको अध्यक्ष बाट नेपाली काङ्ग्रेसको राजनीति सुरुवात गरेका हुन् । शाही नेपाली काङ्ग्रेसका कुशल संगठक, निडर, दक्ष , नेताकार्यकर्ताका प्रिय ,जनतामा भिजेका नेतामा पर्दछ्न। नेपाली काङ्ग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि ,महासमिति सदस्य देखि सुदूरपश्चिम प्रदेशको संगठन बिभाग प्रमुखको नेतृत्व सम्हालेका शाही बाजुराको प्रदेश सभा (ख) बाट २० हजार बढी मत पाएर बिजयी भएका थिए। संघीय सरकारको सत्ता गठबन्धन नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच भएपछि यति बेला सुदूरपश्चिम प्रदेश सरकारमा हलचल छाएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री दिर्घ सोडारिको सत्ता बहिर्गमन निश्चित भएपछि काङ्ग्रेस र एमाले बीच सत्ता समीकरणका लागि बाटो खुलेको छ।
सत्ता गठबन्धनमा नेपाली काङ्ग्रेसको नेतृत्व मा सरकार बन्ने सहमति भए पछि मन्त्री बन्नेको चर्चा चलिरहेको छ। पन्चायत काल देखि हालसम्म लामो राजनीतिक पृष्ठभुमि र संघर्ष बाट खारिएका बाजुराको प्रदेश सभा (ख) बाट प्रत्यक्ष निर्वाचित माननीय पदम बहादुर शाही को मन्त्री बन्ने चर्चा छाएको छ।
काँग्रेस सुदूरपश्चिम प्रदेश समितीका संगठन विभाग प्रमुख समेत रहेका शाही बाजुराका पुराना नेता मध्येमा पर्दर्छ्न। देशकै दुर्गम पिछडिएको जिल्ला बाजुराको विकास र समृद्धिको जग बसाउन लागि पनि बाजुराले राज्य सम्यन्त्रमा नेतृत्व पाउनुपर्ने दाबी आम नेताकार्यकर्ता, बाजुरा बासीको छ।
यतिबेला नेतृत्वले मुल्यांकन गर्ने आशा आम बाजुरा बासीले गरेका छ्न। सिङ्गो सुदूरपश्चिम प्रदेश का नागरिकका समस्या समाधान ,सुशासन,दिगो विकासका लागि स्पष्ट दृष्टिकोण भएका र सुदूरपश्चिम लाई नजिक बाट निहालेका शाहीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भए सुदूरपश्चिमको विकासमा नयाँ आयाम थपिने जानकारहरु बताउन्छन् ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३