Advertisement

बझाङ

केदारस्यूँको रायल स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दो, टाइफसका केस सर्वाधिक

केदारस्यूँको रायल स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दो, टाइफसका केस सर्वाधिक

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ- केदारस्यूँ गाउँपालिका–१ देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा पछिल्लो समय बिरामीको संख्या तीव्र रूपमा बढ्दै गएको छ। असोज महिनामात्र दुई सयभन्दा बढी बिरामीले उपचार सेवा लिएको स्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रको तथ्यांकअनुसार असोज महिनामा ओपीटीतर्फ १९३ जना र इमर्जेन्सी सेवामा १०४ जनाले उपचार सेवा लिएका छन्। स्वास्थ्य केन्द्र प्रमुख डा. हरिश बहादुर मल्लका अनुसार हाल सबैभन्दा बढी टाइफसका बिरामी आउने गरेका छन्। त्यसपछि स्क्रब टाइफस र भाइरल ज्वरोका केसहरू बढी देखिएका छन्। डा. मल्लका अनुसार टाइफस दूषित खाना तथा पानीका कारण हुने रोग हो भने स्क्रब टाइफस जंगलमा बस्ने क्रिनाको टोकाइबाट सर्ने रोग हो, त्यस्तै भाइरल ज्वरो मौसम परिवर्तन र दुषित बाताबरणका कारणले बढ्ने गर्दछ । यससँगै चोटपटकका बिरामीको संख्या समेत पहिलेको तुलनामा बढेको स्वास्थ केन्द्रको तथ्यांकले देखाएको छ। दशैं पर्व ...
बित्थडचिर गाउँपालिकामा द्याची मेला सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता

बित्थडचिर गाउँपालिकामा द्याची मेला सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–२ स्याँडीमा लाग्ने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक द्याची मेला सम्पन्न भएको छ। परम्परादेखि मनाइँदै आएको यो मेला यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको हो। ललिता गौराको उपमा दिइएको यस मेलामा विभिन्न गाउँबाट जात्रा आउने, भगवतीको विशेष पूजा–आराधना गर्ने, सबै देउताका धामी काप्ने तथा डेउडा, फाग, शिवलिंग चैत, धमारीलगायतका धार्मिक खेल प्रदर्शन गर्ने परम्परा रहिआएको छ। मेलाको मुख्य आकर्षण छलिया खेल, दाइनो नचाउने र धामी काप्ने मानिन्छ। मेलाका विशेष करिया बित्थडचिर गाउँपालिका–१, २, ३, ४ र ५ का स्थानीय मानिन्छन्। यस मेलामा विवाहित महिलाहरू व्रत बस्ने, दुबधालो लगाउनेजस्ता धार्मिक कार्य गर्ने परम्परा पनि छ। मेला भर्नका लागि बित्थडचिर गाउँपालिका, बुङ्गल नगरपालिका, केदारस्युँ गाउँपालिका साथै छिमेकी बैतडी, डडेल्धुरा र डोटी जिल्लाबाट समेत उल्लेखनीय संख्यामा भक्तजन सहभागी...
दशैं विदामा कार्यालयका सवारी साधन प्रयोगमा रोक, असोज १२ भित्र फिर्ता गर्न थलारा गाउँपालिकाको निर्देशन

दशैं विदामा कार्यालयका सवारी साधन प्रयोगमा रोक, असोज १२ भित्र फिर्ता गर्न थलारा गाउँपालिकाको निर्देशन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिकाले दशैं विदाको अवधिमा कार्यालयका सवारी साधन प्रयोग नगर्न निर्देशन दिएको छ। गाउँपालिकाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। पालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरूले प्रयोग गर्दै आएका सबै सवारी साधन असोज १२ गतेभित्र अनिवार्य रूपमा स्टोरमा फिर्ता गर्नुपर्ने समेत भनेको छ । गाउँपालिकाले यस्तो कदम सार्वजनिक सवारी साधनको दुरुपयोग रोक्न, खर्च नियन्त्रण गर्न र सरोकारवाला निकायबीच पारदर्शिता कायम गर्नका लागि उठाएको जनाएको छ। स्थानीय सरकारका अनुसार दशैं जस्ता चाडपर्वमा कार्यालयका सवारी साधन व्यक्तिगत प्रयोजनमा प्रयोग हुने गुनासो पटक–पटक आइरहेकाले यसपटक कडाइ गरिएको हो। कार्यालयको सवारी साधन जनप्रतिनिधि वा कर्मचारीले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नपाउने व्यवस्था रहेको छ। त्यसैले प्रयोगमा रहेका सबै सवारी असोज १२ गतेभित्र अनि...
निड्स नेपालद्वारा दुर्गाथली गाउँपालिकामा बालबालिकालाई आर्थिक सहयोग

निड्स नेपालद्वारा दुर्गाथली गाउँपालिकामा बालबालिकालाई आर्थिक सहयोग

बझाङ, समाचार
बझाङ ।   बझाङको दुर्गाथली गाउँपालिकाका सीमान्तकृत बालबालिकाहरुलाई निड्स नेपालद्वारा आर्थिक सहयोग गरिएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो । दुर्गाथली गाउँपालिकाको टिमले पालिकाका सबै वडाबाट छनौट गरेर १५  जना विपन्न तथा असहाय बालबालिकाहरुलाई नगद प्रदान गरिएको बताइएको छ । त्यस्तै, निड्स नेपालका लक्ष्मण चलाउनेले आमाबुबा गुमाएका , अपाङ्गता भएका बालबालिका ,जोखिममा परेका बालबालिका लाई प्रत्येक वडा बाट दुइ वा तिन जनाका दरले नगद दिएको जानकारी दिए । उनले बाल सञ्जालका बालबालिकालाई बालबालिकाका हक र अधिकार समन्धी जानकारी साथै समुदाय क्षेत्रमा हुने छुवाछुत भेदभाव तथा कुप्रथालाई यो बाल क्लबले शसक्त रुपमा समुदायमा परिचालन हुने बताए । साथै बाल सञ्जालको कोर टिमलाई २०८२ को व...
निड्स नेपालद्वारा दुर्गाथली गाउँपालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षा समन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

निड्स नेपालद्वारा दुर्गाथली गाउँपालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षा समन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ताजा अपडेट, बझाङ, समाचार
बझाङ ।  बझाङको दुर्गाथली गाउँपालिकामा विपद, संवेदनशील सामाजिक सुरक्षा समन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष पालिकाको वडा नं २ का वडा अध्यक्ष धनराज मिश्र रहनुभएको थियो । उहाँले पालिकामा एकल महिला र जोखिममा रहेका बालबालिकाहरुलाई पालिकाले सहयोग गरेको बताउनु भयो । यो कार्यक्रमले पालिका भरीका नागरिक जो अति जोखिम र न्युन वर्गका नागरिकहरुलाई सामाजिक सुरक्षा बाट पनि कसरि उनीहरुलाई माथि उकास्न सकिन्छ भनेर पालिका लागिरहेको बताएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर विष्टका अनुसार विशेष गरेर विपद् शाखालाई मात्र नभएर प्रत्येक समुदायमा यस्ता खालका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेर विपद् ...
“मष्टामा मनपरी भाडा र ओभरलोड, यात्रु मारमा” प्रशासन बेखबर

“मष्टामा मनपरी भाडा र ओभरलोड, यात्रु मारमा” प्रशासन बेखबर

Breaking News 1, ताजा अपडेट, दैनिक, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ, मष्टा — दशैं–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा बझाङको मष्टा गाउँपालिकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन (जिप)हरूले यात्रुहरूलाई थप मारमा पारेका छन्।   गाउँपालिकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन (जिप) ले तोकिएको भन्दा धेरै भाडा असुलेको यात्रुहरूले गुनासो गरेका छन्। यसका साथै यात्रुलाई क्षमता भन्दा बढी चढाएर जोखिमपूर्ण यात्रामा धकेल्ने गरेका छन्।   गाउँपालिकाले सार्वजनिक गरेको सूचीअनुसार छोटो दुरीका लागि रु. २० देखि लामो दुरीका लागि रु. ६३० सम्म भाडा निर्धारण गरिएको छ। तर यात्रुहरूको भनाइमा चालकहरूले डुङ्री देखि घचाया सम्म रु. १०० भाडादर तोकिएको भए पनि रु. १५० देखि २०० सम्म असुल्ने गरेका छन्। यस्तै अन्य यस्तै अन्य थुप्रै ठाउँमा पनि तोकेको भन्दा बढी भाडा असुल्ने गरेको यात्रुहरूलाई दुःख दिने गरेको पाइएको छ। हेर्नुहोस गाउँपालिकाले तोकेको भाडादर :   ...
निड्स नेपालद्वारा मष्टा गाउँपालिकामा नागरिक गुनासो व्यवस्थापनको समिक्षा कार्यक्रम सम्पन्न

निड्स नेपालद्वारा मष्टा गाउँपालिकामा नागरिक गुनासो व्यवस्थापनको समिक्षा कार्यक्रम सम्पन्न

ताजा अपडेट, बझाङ, शिक्षा, समाचार
बझाङ ।    बझाङको मष्टा गाउँपालिकामा नागरिक गुनासो व्यवस्थापनको  समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र मष्टा गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा रहनुभएको थियो । उहाँले पालिकामा हुने गुनासो सुनुवाई समन्धी नागरिकका गुनासाहरु पालिकाले नै सम्बोधन गरेको बताउनु भयो । यो कार्यक्रमले वडा लगायत पालिका सम्म सुशासन क्षेत्रमा जवाफदेही कामहरु मष्टा गाउँपालिकाले गर्दै आएको बताएका छन् । निड्स नेपालका कार्यक्रम प्रबन्धक मिन शाहीले नागरिक गुनासो समन्धी सेसन दिएर उहाँले निड्स नेपालले बझाङका तिन वटा पालिकामा नागरिक गुनासोलाई पारदर्शी र पालिकामा आउने गुनासाहरुलाई टिपोर्ट गरेर नागरिकका गुनासाहरु सहजै रुपमा सम्बोधन गरी यो क्ष...
बझाङका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

बझाङका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरि सञ्चालनमा ल्याइएको छ । दसैं तिहारलाई लक्षित गरि असोज ६ गतेदेखि जिल्लाका ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि सञ्चालनमा ल्याइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले यात्रु सुविधाका लागि सदरमुकाम चैनपुर स्थित बसपार्क, केदारस्युँ गाउँपालिका ९ अस्थायी प्रहरी पोस्ट झोता र वडा नं ४ को बागथामा यात्रु सहायता कक्ष स्थापना गरेकाे  । भाद्र ६ गते दिउँसो करिब १२ बजे विशेष कार्यक्रमका बीच कक्षको उद्घाटन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार यात्रु सहायता कक्ष सञ्चालनमा आएसँगै यात्रुहरूले यात्रा गर्ने क्रममा पर्न सक्ने समस्या, आवश्यक जानकारी र आपत्कालीन सहयोग सहज रूपमा पाउनेछन्। कक्षमार्फत विशेषगरी लामो दूरीका यात्रुहरूलाई यात्रा सम्बन्धी सूचना, बाटोमा पर्न सक्ने सम्भावित जोखिमबारे सचेतना तथा तत्काल ...
देउरामा  पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न,, प्रभावित परिवारलाई न्यायोचित क्षतिपूर्ति, पुनर्वास तथा रोजगारीको अवसर सुनिश्चित गर्नुपर्नेमा जोड

देउरामा पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न,, प्रभावित परिवारलाई न्यायोचित क्षतिपूर्ति, पुनर्वास तथा रोजगारीको अवसर सुनिश्चित गर्नुपर्नेमा जोड

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
बझाङको केदारस्युँ गाउँपालिका–१ देउरामा पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न भएको छ । सोमबार पालिकाको सभाहलमा विभिद बिषयमा छलफल गर्नका लागि आयोजना गरिएको बैंठक सम्पन्न भएको हो । समाजका अध्यक्ष इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले आयोजनाबाट प्रभावित परिवारलाई न्यायोचित क्षतिपूर्ति, पुनर्वास तथा रोजगारीको अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । साथै, आयोजनाको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्माण कार्य छिटो अघि बढाउन सरकार र विकासकर्तालाई दबाब दिने निष्कर्ष लगायका विषयमा छलफल भएको थियो । बैठकले पश्चिम सेती सरोकार संस्था नवीकरण गर्ने, सदस्यता वितरण गर्ने र पुराना सदस्यहरूको सदस्यता नवीकरण गराउने निर्णय गरेको छ। चार दशकदेखि अलपत्र रहेको पश्चिम सेती जलविद्युत् आयोजना हाल भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडमार्फत ८०० मेगावाट क्षमतामा अघि बढ्न थालेको छ। यसको परामर्शदाता जे...
केदारस्यूँ गाउँपालिकाद्धारा दसैं–तिहार लक्षित बजार अनुगमन, २१ हजार बराबरका म्याद नाघेका सामग्री नष्ट

केदारस्यूँ गाउँपालिकाद्धारा दसैं–तिहार लक्षित बजार अनुगमन, २१ हजार बराबरका म्याद नाघेका सामग्री नष्ट

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आउँदै गरेको दसैं–तिहारलाई लक्षित गरी बजार अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक मनिषा धामीको संयोजकत्वमा आज देउरा, झोता र बागथला बजार क्षेत्रमा अनुगमन गरिएको हो । दसैं तिहारका लागि उपभोक्ताले दैनिक उपभोग्य लगायतका सरसामान किन्नका लागि बजारमा भिडभाड हुने गरेको छ । यहीं मौका छोपेर व्यापारीहरूले गुणस्तर हिन् म्याद नाघेको सामान बिक्रीवितरण तथा चर्को मुल्य असुल्न सक्ने भन्दै पालिकाले अनुगमन गरेको उपाध्यक्ष मनिषा धामीले बताए । उनले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पालिकाका मुख्य र अन्य बजार क्षेत्रमा अनुगमन तथा जनचेतना फैलाएको समेत बताए । अनुगमनका क्रममा दैनिक उपभोग्य सामग्री तेल, नुन, चामल, दाल, मसला, ग्यास, तरकारी, फलफूललगायत वस्तुहरूको मूल्य, गुणस्तर र म्याद सम्बन्धी पक्षमा निरीक्षण गरिएको थियो । अनुगमन टोलीले बजारमा म्याद...
केदारस्यूँ १ चौडाममा बाघको आतंक,  शुक्रबार चराउन लगिएका ३ बाख्रा मारिए, स्थानीय त्रसित

केदारस्यूँ १ चौडाममा बाघको आतंक, शुक्रबार चराउन लगिएका ३ बाख्रा मारिए, स्थानीय त्रसित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–१ चौडामका बासिन्दा पछिल्ला दिनमा बाघको त्रासमा बस्न बाध्य भएका छन्। आज दिउँसो करिब २ बजे बसन्ता खड्काका तीन वटा बाख्रा घर नजिकैको वनमा चरिरहेको अवस्थामा बाघले आक्रमण गरी मारिदिएको छ। चराउन लगिएका बाख्रा घर फर्काउने क्रममा घट्टाइजर नजिकै बाघको आक्रमणमा परि मरेका हुन् । यो घटनाले स्थानीय त्रासित बनेका छन्। त्यसो त यसअघि पनि यही क्षेत्रमा बाघको आतंक देखिएको थियो। करिब १५ दिनअघि ६ वटा बाख्रा बेपत्ता भएका थिए भने एक बाख्रा घाइते अवस्थामा फेला परेको थियो। लगातार बाघले बाख्रा मार्ने र बेपत्ता पार्ने घटनाले किसानलाई ठूलो नोक्सानी भएको छ। दिउँसै बाघ गाउँ नजिकै देखिन थालेपछि अब मानिसमाथि पनि आक्रमण गर्नसक्ने आशंका बढेको स्थानीय निराजन खड्काको भनाइ छ। पशुपालनमार्फत घर खर्चको जोहो गरिरहेका गाउँलेलाई अहिले गोरु बाख्रा चराउनसमेत डर लाग्ने अवस्था आएको छ। स्थानीयवासील...
नीड्स नेपालद्वारा मष्टा गाउँपालिकामा बालबालिकाका लागि सार्वजनिक वृत्त तथा नागरिक सहभागिता सम्बन्धी अभिमुखीकरण सम्पन्न

नीड्स नेपालद्वारा मष्टा गाउँपालिकामा बालबालिकाका लागि सार्वजनिक वृत्त तथा नागरिक सहभागिता सम्बन्धी अभिमुखीकरण सम्पन्न

बझाङ
नीड्स नेपाल (NEEDS Nepal) ले बझाङको मष्टा गाउँपालिका, भातेखोला, बझाङमा बालबालिकाका लागि सार्वजनिक वृत्त तथा नागरिक सहभागिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मष्टा गाउँपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा यूरोपियन युनियन, संयुक्त राष्ट्र संघ तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको सहयोग रहेको थियो । कार्यक्रमका प्रशिक्षक विश्व कोइरालाले बालबालिकाका अधिकार, सामाजिक सुरक्षा कार्यक्रम, नागरिक सहभागिता र उत्तरदायित्वबारे विस्तृत जानकारी गराउनुभयो । उहाँले बालमैत्री वातावरण निर्माणका लागि स्थानीय तह, समुदाय र अभिभावक सबैको साझा जिम्मेवारी हुनेमा जोड दिनुभयो । कार्यक्रम सञ्चालन नीड्स नेपालका लक्ष्मण चलाउनेले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले गर्नुभएको थियो । स्थानीय प्रतिनिधि, सरोकारवाला निकायका सदस्य तथा सामुदायि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज