Advertisement

निड्स नेपालद्वारा दुर्गाथली गाउँपालिकामा बालबालिकालाई आर्थिक सहयोग

Advertisement

बझाङ ।   बझाङको दुर्गाथली गाउँपालिकाका सीमान्तकृत बालबालिकाहरुलाई निड्स नेपालद्वारा आर्थिक सहयोग गरिएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो ।

दुर्गाथली गाउँपालिकाको टिमले पालिकाका सबै वडाबाट छनौट गरेर १५  जना विपन्न तथा असहाय बालबालिकाहरुलाई नगद प्रदान गरिएको बताइएको छ ।

त्यस्तै, निड्स नेपालका लक्ष्मण चलाउनेले आमाबुबा गुमाएका , अपाङ्गता भएका बालबालिका ,जोखिममा परेका बालबालिका लाई प्रत्येक वडा बाट दुइ वा तिन जनाका दरले नगद दिएको जानकारी दिए । उनले बाल सञ्जालका बालबालिकालाई बालबालिकाका हक र अधिकार समन्धी जानकारी साथै समुदाय क्षेत्रमा हुने छुवाछुत भेदभाव तथा कुप्रथालाई यो बाल क्लबले शसक्त रुपमा समुदायमा परिचालन हुने बताए ।

साथै बाल सञ्जालको कोर टिमलाई २०८२ को वार्षिक कार्ययोजना बनाएर जनचेतनामुलक कार्यक्रम, सडक नाटक , किशोर किशोरी सञ्जाल अभियानलाई जोडेर करिब ३ देखि ५ लाख सम्मको बजेट पालिका संग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्ने पनि  बताएका छन् । आज पालिकामा  गाउँपालिकका कार्यवाहक अध्यक्ष धनराज मिश्र, प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर बिष्ट, वडा अध्यक्ष, कर्मचारी लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज