बझाङ- बझाङका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरि सञ्चालनमा ल्याइएको छ । दसैं तिहारलाई लक्षित गरि असोज ६ गतेदेखि जिल्लाका ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि सञ्चालनमा ल्याइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले यात्रु सुविधाका लागि सदरमुकाम चैनपुर स्थित बसपार्क, केदारस्युँ गाउँपालिका ९ अस्थायी प्रहरी पोस्ट झोता र वडा नं ४ को बागथामा यात्रु सहायता कक्ष स्थापना गरेकाे ।
भाद्र ६ गते दिउँसो करिब १२ बजे विशेष कार्यक्रमका बीच कक्षको उद्घाटन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
कार्यालयका अनुसार यात्रु सहायता कक्ष सञ्चालनमा आएसँगै यात्रुहरूले यात्रा गर्ने क्रममा पर्न सक्ने समस्या, आवश्यक जानकारी र आपत्कालीन सहयोग सहज रूपमा पाउनेछन्। कक्षमार्फत विशेषगरी लामो दूरीका यात्रुहरूलाई यात्रा सम्बन्धी सूचना, बाटोमा पर्न सक्ने सम्भावित जोखिमबारे सचेतना तथा तत्काल सहयोग उपलब्ध गराइने जनाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले यो पहलले यात्रु सुरक्षामा थप टेवा पु¥याउने विश्वास व्यक्त गरेको छ । साथै, यात्रु सहायता कक्षले यात्रु र सुरक्षाकर्मीबीच सहज सम्पर्क स्थापित गरी आपतकालीन अवस्थामा छिटो सहयोग उपलब्ध गराउने उद्देश्य लिएको बताइएको छ।

