Advertisement

बित्थडचिर गाउँपालिकामा द्याची मेला सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता

Advertisement

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–२ स्याँडीमा लाग्ने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक द्याची मेला सम्पन्न भएको छ। परम्परादेखि मनाइँदै आएको यो मेला यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको हो।
ललिता गौराको उपमा दिइएको यस मेलामा विभिन्न गाउँबाट जात्रा आउने, भगवतीको विशेष पूजा–आराधना गर्ने, सबै देउताका धामी काप्ने तथा डेउडा, फाग, शिवलिंग चैत, धमारीलगायतका धार्मिक खेल प्रदर्शन गर्ने परम्परा रहिआएको छ। मेलाको मुख्य आकर्षण छलिया खेल, दाइनो नचाउने र धामी काप्ने मानिन्छ।
मेलाका विशेष करिया बित्थडचिर गाउँपालिका–१, २, ३, ४ र ५ का स्थानीय मानिन्छन्। यस मेलामा विवाहित महिलाहरू व्रत बस्ने, दुबधालो लगाउनेजस्ता धार्मिक कार्य गर्ने परम्परा पनि छ। मेला भर्नका लागि बित्थडचिर गाउँपालिका, बुङ्गल नगरपालिका, केदारस्युँ गाउँपालिका साथै छिमेकी बैतडी, डडेल्धुरा र डोटी जिल्लाबाट समेत उल्लेखनीय संख्यामा भक्तजन सहभागी हुने गरेका छन्।
गौरा पर्व परम्परागत रूपमा भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म मनाइन्छ। तर स्याँडी क्षेत्रमा एक समय ७ वर्षसम्म विभिन्न कारणले गौरा रोकिएको थियो। त्यसपछि धामीसँग गरिएको सोधपुछमा नवरात्रिको पञ्चमीका दिन द्याची मेला अर्थात् ललिता गौरा मनाउन सुझाव दिएपछि द्याची मेला मनाउन लागेको शिक्षक तथा स्थानीय मुरलीधर अवस्थीले बताए। त्यसयता त्यहाँका स्थानीयले हरेक वर्ष आश्विन शुक्ल पञ्चमीमा विधिवत् रूपमा हरेक वर्ष द्याची मेला मनाउँदै आएका छन्।
द्याची मेला धार्मिक र सांस्कृतिक मात्र नभई स्थानीयका लागि व्यापारीक अवसर पनि हो। मेलामा स्थानीय उत्पादनलाई राम्रो बजार पाइने भएकाले यसले स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउने गरेको छ। आपसी सद्भाव बढाउने र भगवतीको पूजा आराधनाले सुख–शान्ति प्राप्त हुने विश्वाससहित मनाइने यस मेलामा यस वर्ष १० हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको वडाध्यक्ष मानबहादुर बोहराले जानकारी दिए

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज